कविता : गर्भ

नाम :छैन
उमेर: तीन महिना
ठेगाना : गर्भ
समाजले छोरी भनेकी
म चाहेर पनि जन्मिन नपाएकि
किनकि ,
डाक्टरले तीन महिना मै
पत्ता लगाइदियो
कि म छोरि भन्ने
अनि घरमा कलह
आमालाई त सायद म प्रती
प्रेम नै थियो होला
तर बुबा आमालाई नै गाली गर्ने,
एउटा छोरो पनि पाउन सक्दिनस
बिचरी आमा मौन
बाको अगाडि के बोल्ने ?

किनकि उनलाई त एउटा
भुत सवार थियो
छोरो,छोरो,छोरो
मिल्ने भएत सायद आमाले
दिनहु छोरो जन्माइ दिन्थिन
केवल बाउको लागी
तर मिल्दैन र पो
बल्ल बल्ल एउटा सन्तान पेटमा
छिरेको हुन्छ
बडदो आधुनिकताले
तिनै महिना मा छोरा कि छोरी ?

नम्रता ढुंगाना

छुट्टयाइदिन्छ
अनि हुन्छ भ्रुणहत्या
यस्तो एउटा मेरि आमको जिबनमा
मात्रै होइन कतिपय आमाको जिबनमा पनि
भएको छ
किनकि बा लाई चाइएको छोरो थियो केबल छोरो,
उसले बंश चलाउछ
स्वर्गको ढोका खोल्छ
बा लाई पिण्ड दिन्छ तर
तर म छोरी
म मा ती गुण छैनन्
र म फालिन्छु कलिलो उमेरमा ,
हुन त बा स्कुल छिरेनन
तर गिता र स्वस्थानीको पुस्तक
मज्जाले पढ्न सक्छन्
तर
त्यो डाक्टर स्कुल गएर पढ्थ्यो
कि छोराछोरी बराबरी हुन भनेर
तर
पैसाको लोभले मेरो हत्या गर्‍यो
निर्मम हत्या ,
र म फालिए कतै
यो संसारमा परिचयबिहिन भएर
तर पनि एकचोटी जन्मेर
मेरा बालाई सोध्ने रहर थियो
बा म छोरी हो?

बा म जन्मिनुमा पनि गल्ती छ र?
बा तिमिलाई कस्ले जन्मायो ?
बा तिमिले घरमा कस्लाई भित्र्याएको छौ
हरेक बिहान र हरेक साझा खाना कस्ले पकाउछ?
तिम्रो पसिनाले भिजेको लुगा कस्ले धुन्छ ?
,,छोरा भएका कुन आमाबुबा स्वर्ग छिरे ?
कुन छोरिले आश्रम लगिन
आफ्नो बाआमा लाई?
आश्रम पुर्याउने छोरा नै छ्न होइन, र
हो यस्तै लामा प्रस्न छ्न बालाई सोध्न
तर म जन्मिन नै पाउदिन
मलाई जन्म नै दिदैनन

नम्रता ढुंगाना
इटहरी -५ सुनसरी

प्रतिक्रिया

सम्बन्धित