डा.अरुण कुमारकाे ‘बालबालिकाको डाक्टर साथी’ पुस्तक विमोचन

सुनसरी । जिल्लाकाे धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत बालरोग विशेषज्ञ डा. अरुणकुमार सिंहद्वारा लिखित ‘बालबालिकाको डाक्टर साथी’ पुस्तकको आज (मंगलबार) विमोचन गरिएको छ ।

धरान १८ स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अडोटोरियम हलमा एक कार्यक्रमको आयोजना गरी सो पुस्तक विमोचन गरिएको हो । पुस्तकको पत्रकार देवेन्द्र कार्कीले सम्पादन गरेका हुन् भने पुस्तक प्रकाशनमा लक्ष्मी बाँनियाले व्यवस्थापन गरेका छन् ।

पुस्तक विमोचन कार्यक्रमका प्रमुख अतिथी बिपि प्रतिष्ठानका उपकुलपती प्रा.डा ज्ञानेन्द्र गिरी, विशेषा अतिथीहरु भाषाविद् प्राडा टङ्क न्यौपाने, प्रतिष्ठानका निर्देशक प्राडा गौरीशंकर साह, प्रतिष्ठानका नर्सिङ्ग विभागका प्रमुख प्राध्यापक उपेन्द्र यादव, लेखक डा. सिंह, सम्पादक देवेन्द्र कार्कीले सयुक्त रुपमा विमोचन गरेका थिए ।

४७ पृष्ठ रहेको पुस्तकमा बालबालिकामा लाग्ने रोगहरु, बच्ने उपचार तथा स्याहार गर्ने तरिकाहरुबारे पूर्ण जानकारी दिएको लेखक डा. अरुण कुमार सिंहले जानकारी दिए । ग्रामीण क्षेत्रका स्वास्थ स्वयमसेविकाहरूले पनि पढ्न र अरुलाई बुझाउन सकून् भन्ने उद्देश्यले सरल भाषामा प्रस्तुत गरिएको र औषधि र डाक्टरको अनुहार देख्न नपाएर मृत्युवरण गर्न बाध्य प्रदेश १ का दुर्गमवासीहरुका लागि उक्त पुस्तक समर्पित भएको कार्यक्रममा लेखक तथा डा. सिंहले बताए ।

प्रतिक्रिया

सम्बन्धित