मुक्तक

घात गरी छाडि गयौ, जिउन गाह्रो भो।
छिया छिया च्यात्यौ मुटु, सिउन गाह्रो भो ॥
निद्रोष म माथि चोटहरुको बर्षा हुन थाल्यो,
अम्रित लुटि विष राख्यौ, पिउन गाह्रो भो ॥

प्रेम अनि माया यो कसले बनायो ?
घाम अनि छाया यो कसले बनायो ?
अस्ति हिजो मरिहत्ते गर्थि मोरीले
आज दाया र बाया हुने कसले बनायो ?

तिमी खासहरु मध्य, पनि खास जस्तो लाग्छ
मनले आफ्नो ठानेर होला, सधै आसपास जस्तो लाग्छ ।
तिमी साथ हुदा, सिरीरि लाग्ने हावा पनि
अनायासै तिमी नहुदा, बेतुक बतास जस्तो लाग्छ।।

प्रबिन खतिवडा
इटहरी-१७ सुनसरी

प्रतिक्रिया

सम्बन्धित