जागिरे छिमेकी अंकलले नयाँ लुगा लगाएको देखेर सरकारी जागिरमा आकर्षित भए : शुसिल बाँस्तोला

मोरङ । मोरङको लेटाङ नगरपालिकामा हाल लेखा अधिकृतका रुपमा रहनुभएका शुसिल बाँस्तोला नेपाल निजामति कर्मचारी युनियन (संघ) को केन्द्रिय सदस्य समेत हुनुहुन्छ । संघको केन्द्रिय कोषाध्यक्षको उम्मेदवार समेत बन्नुभएका उहाँ एक कुशल,दक्ष र नेतृत्वदायी भुमिका निर्बाह गर्ने सक्ने ब्यत्तिका रुपमा समेत परिचित हुनुहुन्छ ।

बि.स २०४५ साल भाद्र ३१ गते वुधवारका दिन खोटाङ जिल्ला साविकको वुइपा गाविस वडा नम्बर ७ मा मातापिता तारादेवी वास्तोला र छविरमण वास्तोलाको कोखबाट सामान्य कृषक परिवारमा उहाँको जन्म भएको थियो । एमपिएमा स्नातोकोत्तर गर्नुभएका उहाँ नम्र र भद्र स्वभाका कारण पनि हजारौँ निजामति कर्मचारीका बिच लोकप्रिय बन्नुभएको छ । बिभिन्न जिल्लामा कुशल कार्यसम्पादन गर्नुभएका उहाँले निजामति कर्मचारीका हकहितका लागि समेत दत्तचित्त भएर काम गरिरहनुभएको छ । उहाँसँग समसामयिक बिषयमा गरिएको कुराकानीका सम्पादित अंशहरु :

शुसिल बाँस्तोला ( केन्द्रिय सदस्य, नेपाल निजामति कर्मचारी युनियन (संघ)

सरकारी सेवा गर्ने सोच कसरी आयो ?

मेरो घरको छिमेकी अंकलहरु सरकारी जागिरे हुनुहुन्थ्यो । प्रत्येक दशैमा घर आउदा नयाँ लुगा लगाएर आउनुहुन्थ्यो । मलाइ सानै देखि उहाँहरुको लुगा किन राम्रो छ मैले चै किन थोत्रे लुगा लाउनु परेको छ भन्ने जिज्ञासा हुन्थ्यो । मैले पछि थाहा पाए उहाँहरु सरकारी जागिरे हुनु हुदोरैछ ।त्यस वेला देखि नै मलाइ सरकारी जागिर खानुपर्छ भन्ने चेतना जागेको थियो ।

निजामति सेवामा यहाँको प्रवेश कसरी भयो ?

म २०६७ सालमा लेखापाल पदवाट सरकारी सेवामा काम गर्न सुरु गरेको हो । अहिले म लेखा अधिकृतको रुपमा लेटाङ नगरपालिकामा कार्यरत छु । व्याचलर तेस्रो वर्षको परिक्षा दिएर वसेको खालि समयमा तयारी गरेँ । पहिलो पल्टमा नै इलामवाट परिक्षा दिएर पास गरे । पहिलो चोटिमा पास गर्ने प्रेरणा चाँहि लोकसेवा आयोगको फर्म भर्न इलाम जाँदा मलाइ फारम भर्न आएन । त्यहाको कर्मचारीले मलाइ फर्म भर्न नजान्ने मान्छेले लोकसेवा पास गर्न सक्दैन भाइ दुख नगर भनेर गालि गरेकोले मलाइ जसरी पनि पास गर्नु पर्छ भनेर पढ्न थालेको पहिलो पटकमा नै सफलता हात लाग्यो । त्यो गालि गर्ने कर्मचारीलाइ मेरो धन्यवादको पात्र हुनुहुन्छ ।

लेखा क्षेत्रमै किन आकर्षित हुनुभयो ?

मैले कमर्समा विविएस पास गरेको हु । म म्याथ एकाउन्टमा सानै देखि नै रुची भएकोले जागिरको सिलसीलामा पनि लेखा समुहमा नै आकर्षित भए ।

कर्मचारी युनियनमा कसरी आवद्द हुनुभयो ?

म सानै देखि डेमोक्रेटिक विचारधारा राख्ने मान्छे हो । मैले जागिर खाएर खोटाङको कोष तथा लेखा नियन्त्रक कार्यालयमा पोस्टिङ भएपछि मैले जागिरमा एक्लो महसुस गरेँ । अनि कसरी अरुसँग सम्पर्क वढाउन सकिन्छ भनेर खोजि गर्दा डेमोक्रेटिक विचारधारा राखेर कर्मचारीको हक हितमा काम गर्ने संस्था नेपाल निजामती कर्मचारी युनियन संघ रहेको थाहा पाएँ । अनि कृयाशिल सदस्यता लिएर आवद्द भए । म खोटाङ जिल्लामा युनियनको जिल्ला अध्यक्ष भएँ । २३ वर्षमा युनियनको अध्यक्ष हुने अवसर पाँए । त्यसपछि २०७२ सालमा धनकुटा जिल्लावाट महाधिवेशन प्रतिनीधि , २०७५ काठमान्डौवाट महाधिवेशन प्रतिनीधि हुदै अहिले केन्द्रिए सदस्य भएको छु ।

देशमा युनियनको अवस्था कस्तो छ त ?

हाम्रो युनियन राष्ट्रिय स्तरको ट्रेड युनियन हो । देशभर करीव ३५००० जना कर्मचारीहरु युनियन संघमा आवद्द हुनुहुन्छ । हामि अहिले राष्टिय स्तरको ट्रेड युनियनमा दोस्रो स्थानमा रहेका छौँ ।

जनप्रतिनीधि सँग काम गर्दा केही समस्या छन कि ?

सिद्दान्तमा राजनीतिले नीति तथा कार्यक्रम वजेट वनाउने हो । कर्मचारीले कार्यान्वयनको काम गर्ने हो । तर स्थानीय तहमा लामो समय देखि जन प्रतिनीधि विहिन भयो । नेपालको संविधान २०७२ जारी भएपछि ३ तहका सरकार भएपछि तल्लो तहको रुपमा रहेको स्थानीय सरकारलाइ धेरै काम कर्तव्य र अधिकारको व्यवस्था गरेको छ । २३ वटा अधिकार क्षेत्रमा स्थानीय तहले कानुन वनाउनु पर्ने छ । कतिपय कानुनहरु नवनेकोले जन प्रतिनीधि र कर्मचारीहरु विच अन्योलताको अवस्था रहेको छ । मुख्य समस्या भनेको कर्मचारीहरुले कानुनी प्रकिया पुरा भए नभएको हेर्नुपर्ने हुदा काममा ढिलाइ हुने तर जन प्रतिनीधिले चै छिटो काम गर्नुपर्छ प्रक्रिया मिच्न खोज्दा द्दन्दको सिर्जना हुने गरेको छ ।

लेटाङमा काम गर्दाका समस्याहरु ?

लेटाङ नगरपालिकामा अहिले नेपाली कांग्रेसवाट निर्वाचित नगर प्रमुख शंकर राइ हुनुहुन्छ । उहाँको कुशल नेत्रित्व र कर्मचारीहरुको साथ र सहयोगले गर्दा काम गर्न खासै समस्या छैन । लेटाङ विकासको पथमा लम्किरहैको छ । समृद्द लेटाङ बनाउने नगरप्रमुखको चाहनालाइ कर्मचारीहरुले आत्मसात गरेर काम भइरहेकोले गर्दा अन्य स्थानीय तहमा जस्तो खासै समस्या छैन ।

लेखा क्षेत्रका समस्याहरु चाँहि के हुन ?

नगरपालिकाको आर्थिक प्रशासन शाखाको मुख्य काम वजेटको परिधिभित्र रहेर योजना तथा कार्यक्रमको रकम भुक्तानी गर्ने , कारोवारको लेखा राख्ने र प्रतिवेदन गर्ने हो । तर समग्र स्थानिय संचित कोषको लेखांकन व्यवस्थापन र परिचालनको काम गर्नुपर्छ । आर्थिक प्रशासनको मुख्य समस्या भनेको वित्तिय सुशासन कायम गर्न नसक्नु नै हो । उपभोक्ता समितिहरुले समयमा काम नगर्दा आषाढ महिनामा धेरै रकम भुक्तानी हुने गरेको छ । उपभोक्ता समितिहरुले विल भरपाइहरु मिलाएर नल्याउदा पनि हामिले छिटो छरितो रुपमा सेवा दिन सकिरहेका छैनौँ । अहिले स्थानीय तहमा वेरुजुको समस्या धेरै रहेको छ । ।

युनियनको केन्द्रिय सदस्य हुनुहुन्छ, आगामी योजना के छन ?

सर्वप्रथम त म युनियन संघको केन्दिय सदस्यमा मनोनयन गर्नु भएकोमा केन्द्रिय अध्यक्ष गोपाल प्रसाद पोखरेललाई धन्यवाद दिन चाहन्छु । म युनियन संघलाई अगाडि वढाइ कर्मचारीको हक हितको लागि सधै लागिरहने प्रतिवद्दता पनि व्यक्त गर्न चाहन्छु । दुर दराजमा रहेका समस्यामा परेका कर्मचारीहरुको समस्या समाधान गर्दै समग्र कर्मचारीहरुको पेशागत हक हितको लागि लागिरहने छु । अव आधिकारीक ट्रेड युनियनको चुनाव यहि वर्षमा हुन गइरहेको छ । उक्त चुनावमा नेपाल निजामति कर्मचारी युनियन संघलाइ जिताउने योजना रहेको छ । साथै नया नियुक्ति भएका कर्मचारीहरुलाइ युनियन संघमा आवद्द गराउन सदैव लागि पर्नेछु ।

कर्मचारीहरु किन युनियन संघमा आवद्द हुनुपर्ने ?

हाम्रो कर्मचारी युनियन संघ २०५९ साल देखि अनवरत रुपमा कर्मचारीको हितमा काम गरिरहेको छ । निजामती कर्मचारीहरुको तलव वृद्दि ,सरुवा वढुवा व्यवस्थापन लगाएतका काममा नेत्रित्वदायि भुमिका निर्वाह गरि काम गर्दै आएको छ । समग्र कर्मचारीहरुको पेशागत हितको लागि सरकारसँग निरन्तर सौदावाजि गरिरहेको छ । सवै बिचार र भावना वोकेका कर्मचारीहरुको गुनासो सुन्ने र काम गर्ने साझा थलो नेपाल निजामति कर्मचारी युनियन संघ भएकोले गर्दा सवै कर्मचारीहरु आवद्द हुनुपर्छ भन्ने मेरो मान्यता रहेको छ ।

कर्मचारीले काम गर्ने कि राजनीति ?

यो प्रश्न चाँहि हामि ट्रेड युनियन कर्मिहरुलाइ वेला वेलामा लगाइने आरोप हो । हामिलाइ कर्मचारीहरुले राजनीति गरे भनेर राजनीतिज्ञ र उच्च तहका प्रशासकहरुले आरोप लाउने गरेका छन । तर हामिले समग्र प्रशासन क्षेत्रमा रहेको विकृति विसंगतिहरु न्यूनिकरण गरि सेवा प्रवाह चुस्त दुरुस्त बनाउन प्रयत्न गरेका छौँ । हामि सरकारलाई बेला बेलामा सल्लाह सुझाव पनि दिने गरेका छौँ । बास्तवमा हामिले कर्मचारीहरुको हक हितको लागि काम गर्दा पनि कार्यालयको आफ्नो जिम्मेवारी पुरा गरेर वँचेको समयमा मात्र अरु काम गरेका छौँ तसर्थ हामिले राजनीति गरेको छैन सेवा गरेको हो ।

आगामी योजना के के छन ?

यो देश बनाउने जिम्मा मेरो पनि हो । अव हाम्रो पुस्ताले पनि नेपाल वनाएन भने कस्ले बनाउछ त । त्यसैले म कर्मचारीको उच्च प्रशासक भएर देश र जनताको सेवा गर्नेछु । रिटायर्ड जीवनमा चाँहि समाजसेवा गर्ने योजना छ । प्रस्तुति : नरेन्द्र बस्नेत

प्रतिक्रिया

सम्बन्धित

काठमाडाैंले गनेन ,अमेरिका गए : मधेसको विभेद देखेर फर्किएँ – डा.सिके राउत भन्छन

काठमाडाैंले गनेन ,अमेरिका गए : मधेसको विभेद देखेर फर्किएँ – डा.सिके राउत …

एपेक्स अस्पताललाई इटहरीकै उत्कृष्ट अस्पतालका रूपमा विकास गर्नेछु : लेखीराज शुब्बा

एपेक्स अस्पताललाई इटहरीकै उत्कृष्ट अस्पतालका रूपमा विकास गर्नेछु : लेखीराज शुब्…

विकास र समृद्धिका लागि मत दिएर हामीलाई साथ दिनुपर्छ : डा. सुनिलकुमार शर्मा

विकास र समृद्धिका लागि मत दिएर हामीलाई साथ दिनुपर्छ : डा. सुनिलकुमार शर्मा

यी ५ कुराले बढाउँछ उच्च रक्तचापको खतरा, हृदयघात हुनुअघि देखिन्छ यस्तो संकेत

यी ५ कुराले बढाउँछ उच्च रक्तचापको खतरा, हृदयघात हुनुअघि देखिन्छ यस्तो संकेत

बैज्ञानिक बन्ने लक्ष्य बोकेका दुर्गाको जीवनमा ‘पोइजन’ बन्यो बाल्यकालको बसाइँसराई

बैज्ञानिक बन्ने लक्ष्य बोकेका दुर्गाको जीवनमा ‘पोइजन’ बन्यो बाल्यकालको बसाइँसराई

बुवा रहुन्जेल कहिल्यै दुःखकाे महसुस नै भएन : कुन्ता शर्मा

बुवा रहुन्जेल कहिल्यै दुःखकाे महसुस नै भएन : कुन्ता शर्मा

‘काठमाडौंका प्रत्येक घर, खाली जग्गा र ‘फुटपाथ’मा रुख रोप्नुका साथै यस्ता छन् विकासका याेजना  : बालेन्द्र साह

‘काठमाडौंका प्रत्येक घर, खाली जग्गा र ‘फुटपाथ’मा रुख रोप्नुका साथै यस्ता छन् व…

सुन्दरहरैंचामा जसरी काम गरेँ, त्यसैगरी मतदाताले पनि न्याय गर्नु हुन्छ भन्ने विश्वासमा छु :    शिवप्रसाद ढकाल

सुन्दरहरैंचामा जसरी काम गरेँ, त्यसैगरी मतदाताले पनि न्याय गर्नु हुन्छ भन्ने वि…