एमसीसी समर्थकहरु अमेरीकि युद्ध किल्ला निर्माण गर्ने सशस्त्र हुन् (भिडियो)

एमसीसीलाई स्वायत्त बनाएर कसैसंग कुनै पनि प्रकारका संझौता गर्ने जुन अधिकार दिईएको छ, त्यसै प्रावधानलाई समातेर आफ्नो सुरक्षाको निहुँमा त्यसले सोफा (SOFA) संझाैता गरेर अमेरीकी सेना ल्याउँछ। अमेरीकी सेना पस्यो भने त्यसलाई युद्धजन्य सामग्री आपूर्ति गर्न गरिने संझौता (ACSA) संझाैता हाे । MCC का नाममा ५५ अरबको लोभ देखाएर ५५ खरब लुट्ने योजनामा एमसीसी पस्दैछ ।

अमेरीकी सुरक्षा रणनीतिका अभिन्न अंगहरुलाइ लगानीको खोलमा पस्ने एमसीसी, त्यसको सुरक्षाको बहानामा अमेरीकी सेना ल्याउने संझौता (SOFA) र अमेरीकी सेनाका लागि लजिस्टिक सामान आपूर्ति गर्न गरिने संझाैता (ACSA हाे । अमेरीकाले एमसीसी संझौतामा त्यसले पहिचान गरेको जल, जमीन र जंगल क्षेत्र अमेरीकी कानूनका मातहतमा हस्तान्तरण गर्नु पर्ने हस्ताक्षर गराएको छ । अमेरीकी सुरक्षा रणनीतिको दस्तावेज अनुसार यी ३ वटा संझौताको लक्ष भनेको अमेरीकाको सुरक्षा र प्रतिरक्षाको ग्यारेन्टी गर्नु हो।

अफ्रिकाका माली, घाना, म्याडागास्कर, मोजाम्बिक, होण्डुरस, बेनिन लगायतका आधा दर्जन भन्दा बढी देशहरुमा उत्पन्न भएको समस्या यही हो । ट्रान्समिशन लाईनको योजना देखाएर पस्न खोजेको कंपनीलाई आफ्नो कानूनी स्वामित्वमा रहने गरी जल, जमिन र जंगल किन चाहियो ? नेपालले हेर्न नपाउने एमसीसीको स्वायत्त बैंक खाता किन चाहियो ? यो खाता नेपालको पहुँबाट बाहिर राख्नुको कारण के हो ? अमेरीकाले आफ्नो खातामा अवैध रकम जम्मा गरेर आतंकवाद, सत्ता ‘कू’, हतियार उत्पादन आदीमा लगानी गर्नका लागि एमसीसी खातालाई नेपालको पहुँचबाट बाहिर राखेको हो। यस्तै प्रावधान राखेर MCC ले होण्डुरसमा राजनीतिक ‘कू’ मा लगानी गरेर सत्ता पल्टाएको छ।

धारा ६ को दफा ६.३ मा ‘ एमसीसी संझौता र अन्य कुनै संझौता बाझिएमा वा परस्पर असंगत भएमा एमसीसी संझौता लागु हुने’ भनिएको छ। यहाँ अन्य ‘कुनै संझौता’ भनेर अरु देशहरुसंग भएका संझौताहरुलाई संकेत गर्न खोजिएको छ। यसको स्पष्ट अर्थ के हो भने अमेरीकी सैन्य रणनीतिको विकासमा बाधा पार्ने वा पर्ने अन्य देशहरुसंगका संझौताहरु रद्द हुनेछन् । यस्ता संझाैताहरू रद्द गर्ने अधिकार एमसीसीका हातमा दिइएकाे छ । आफ्नो कानून लागु गरेर अरु देशसंगका संझौताहरु रद्द गराउने र नेपाललाई एकलौटी मैदान बनाएर मिशाईल उद्योग संचालन गर्ने योजनामा एमसीसी आएको छ । -भरत दाहाल

 

प्रतिक्रिया

सम्बन्धित