उच्च मनोवल र उचित सहकार्य भए प्रदेश एकको पर्यटन चाँडै उठ्नेछ

विश्वव्यापी महामारीको रुपमा फैलिएको नोवेल कोरोना भाइसर (कोभिड १९) को कारणले संसार स्तब्ध छ । विश्व अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको पर्यटन व्यवसाय पनि धरापमा परेको छ । यस पेशासँग सम्बन्धित सबै व्यवसाय निकै आत्तिएको अवस्थामा रहेको देखिन्छ । वास्तवमा पर्यटन क्षेत्रमा ठुलो लगानी रहने र धेरै व्यवसायीले बैंकबाट ऋण लिएर पनि व्यवसाय चलाएका छन् । ति व्यवसायीलाई अब कसरी अघि बढ्ने भन्ने चिन्ताले छोएको छ ।

विश्वव्यापी रुपमा थलिएको पर्यटनलाई कसरी शुरुको अवस्थामा ल्याउने वा व्यवसाय अगाडी बढाउने भन्ने विषयमा निकै बहस चलिरहेका देखिन्छन् । बैंकबाट मोटो लोन लिइएको छ, ठुलो भाडादर तिरेर संचालन गरिरहेको पर्यटन व्यवसायबाट हामी कोहि पनि पछि हट्न सक्दैनौँ । किनकी योसँग धेरै मानिसको रोजगारी पनि जोडिएको छ । कसरी भाडा तिर्ने, कसरी लोन तिर्ने कसरी कर्मचारीको तलव खुवाउने र अगाडी कसरी व्यवसाय गर्ने भन्ने व्यवासायीको चिन्ता देखिन्छ ।

जहाँ समस्या त्यहाँ उपाय अभावबाटै अवसर खोज्नुुपर्छ भन्ने मान्यता आत्मसाथ गर्दै यदि सरकारले व्यवसायीसँग हातोलो गरेर मिक्स प्याकेजहरु मार्फत अगाडी बढ्यो भने आउने एक वर्ष भित्र हामीले हाम्रो पर्यटनलाई पुरानो अवस्थामा फर्काउन सक्छौं । यदि सबै व्यवसायी एकै ठाउँमा उभिएर एकले अर्कालाई सपोर्ट गर्ने हो भने हामी चाँडो भन्दा चाँडो व्यवसायलाई अगाडी बढाउन सक्छौं ।

अवको एक वर्ष धेरै कमाउने होइन, पर्यटन र व्यवसायी बचाउने भन्ने नारालाई व्यवसायीले आत्मसाथ गर्दै जानुुपर्छ । हामीलाई अहिले पनि थाहा छैन की यो कोभिड १९ को संक्रमण कहिलेसम्म रहन्छ । र यसको औाषधी कहिले आउँछ । अब उचित सावधानी अपनाएर कोभिड १९ को अवस्थालाई आत्मासाथ गर्दै व्यवसाय अगाडी बढाउनु पर्ने देखिन्छ । यसको पूर्व तयारी गर्नुुपर्ने हुन्छ ।

पर्यटन अर्थतन्त्रको मेरुदण्ड भएपनि सरकारले यसमा उचित ध्यान दिन सकेको छैन । प्रदेश एकको हकमा कुरा गर्ने हो भने प्रदेश एकको अर्थतन्त्रको मुल आयको रुपमा हेर्न सकेको छैन । यदि हामी कोभिड १९ भन्दै पछि लाग्ने र व्यवसायी झन धरापमा पर्छन् । छिमेकी देश भारतमा दैनीक रुपमा कोभिड १९ को सँक्रमण बढ्दै गएपनि उचित सावधानी अपनाएर होटल, पर्यटन व्यवसाय खोल्न सरकारले आदेश दिइसकेको छ । यदि प्रदेश सरकार र व्यवसायी बीच उचित समन्वय भयो भने पर्यटनलाई एक वर्ष भित्र पुरानो अवस्थामा फर्काउन सकिन्छ ।

सरकारको तर्फबाटः

प्रदेश एक सरकार पर्यटन मन्त्रालयले यस प्रदेशका व्यवसायीहरुलाई प्रदेश एक भित्रका मुुख्य गन्तव्यहरुमा कम्तिमा ६ महिना देखि एक वर्षसम्म कम नाफा खाएर सस्तोमा पर्यटन कार्यक्रमको निर्माण गर्ने र यसलाई देशव्यापीरुपमा प्रचार प्रसार गर्ने ।

कम्तिमा एक वर्षका लागि सम्पुुर्ण व्यवसायीहरु तथा नागरिकलाई आव्हान गर्दै देश अनि विदेशको अवधारणा ल्याउनुपर्ने हुन्छ । यस प्रदेश र देशबाट विदेशमा घुुम्न जाने वा घुुमाउने सँस्थाहरुलाई सरकारले आव्हान गर्न सक्नुुपर्दछ ।

प्रदेश सरकारले कम्तिमा ५० ओटा पर्यटन बसको अवधारणा ल्याई सस्तो दरमा पर्यटन आवत जावतको व्यवस्था गर्नुुपर्दछ ।

प्रदेश सरकारले बैँकहरुसँग समन्वय गरि कम्तिमा ६ महिना देखि एक वर्षसम्मका लागि सावा ब्याजको समय सारिदिने र सँस्था पुुर्ण रुपमा सँचलान गर्नका लागि सस्तो व्याजमा संस्था हेरीकन ५ देखि ५० लाखसम्मको सस्तो व्याजदरमा छोटो समयका लािग ऋणको प्रबन्ध गरिदिनुुपर्दछ ।

सरकारले निजि क्षेत्रको सहकार्यमा पर्यटन कार्यक्रमहरु प्रदेशका विभिन्न ठाउँमा सचलन गर्नुुपर्छ ।

व्यवसायीको तर्फबाटः

कम नाफा खानेगरि सस्तो र राम्रो प्याकेजको अफर गर्ने, बाँच्ने र पर्यटनलाई माथि उठाउने । ता की, नसोचको मान्छे पनि घुुम्ने प्रयास गरोस ।

विद्यार्थीहरुका लागि सस्तोमा राम्रो भ्रमण प्याकेज ल्याउने ।

व्यवसायीहरुले कोरोना फ्रि जोन वा स्टे टुु सेफ भन्ने अवधारणा लाई आत्मसाथ गर्दै उचित व्यवस्थापनमा ध्यान दिने । सुविधालाई उच्च प्राथमिकता राख्ने । रोगप्रतिरोधी शक्ति बढाउने खालका खाना खान अफर गर्ने ।

सस्तोमा सोचेभन्दा राम्रो सुविधा दिनका लागि व्यवसायीहरु प्रतिबद्ध हुुनुुपर्दछ । यदि यस्तो गर्न सकेमा प्रदेश एक उदाहरणीय हुनसक्दछ ।

व्यवसायी र सरकारको साझा सहकार्य भए सोचेभन्दा चँंडो हामी माथि उठ्न सक्छौँ । एक्काइसौँ शताब्दि र यससँगै बढेको पर्यटन क्षेत्रले मान्छे नघुमिकन बस्न सक्दैन । यो असामान्य परिस्थित सामान्य बन्ना साथ मान्छे घुुम्न थाल्छन् । हाम्रो पर्यटनको गिर्दो शाख उठ्न समय लाग्दैन ।

भुुसाल प्रदेश एकका पर्यटन व्यवसायी हुन् ।

प्रतिक्रिया

सम्बन्धित