लकडाउनका कारण फसेका विदेशी कति विदेशी पर्यटकहरु स्वदेश फर्किए ?

सन् २०१९ को डिसेम्बर अन्तिमतिर चीनको हुपेई प्रान्तको राजधानी वुहानमा पहिलोपटक देखा परेको नोबेल कोरोनाभाइरस डिजिज–२०१९ (कोभिड–१९) ले विश्वव्यापी रुपमा महामारीको रुप लिएपछि र मार्च महिनाको पहिलो हप्ता लगत्तै (कोभिड–१९) रोगको संक्रामक भाइरसले नेपाललाई पनि अनपेक्षित रुपमा प्रभावित बनाउने देखिएपछि चैत ११ देखि चैत १७ गतेसम्म एक हप्ता ‘लकडाउन’ गर्ने घोषणा गरेको थियो । तर, पहिलो ‘लकडाउन’को अवधि नसकिदै सुदूरपश्चिमको धनगढीमा विदेशबाट आएका नेपालीले आफन्तलाई, भाउजुलाई (कोभिड–१९) सारेको (स्टेज–२ सुरु भएको) पक्का भएपछि सो भाइरसले नेपाललाई पनि अत्यधिक प्रभावित पार्ने संभावना देखिएपछि नेपाल सरकारले चैत १७ मा फेरि अर्को एक हप्ता (चैत २४ गतेसम्म) का लागि दोस्रोपटक ‘लकडाउन’ थप्ने घोषणा गर्यो । त्यसपछि भने नेपालका विभिन्न पर्यटकीयस्थल (ठाउँ) मा के होला ? कसो होला ? भनी पर्खी बसेका विदेशी पर्यटकहरुको उद्वारका लागि नेपाल सरकार र नेपालस्थित विभिन्न देशका राजदूतावासको समन्ययमा नेपालको विभिन्न पर्यटकीयस्थलमा फसेका पर्यटकहरुको उद्धार कार्य सुरु भएको थियो । त्यसपछि फेरि तेस्रो चरणको (३ वैसाख २०७७ सम्म) लकडाउन घोषणा गरेको छ, नेपाल सरकारले ।

त्यसो त नेपाल सरकारले एक हप्तासम्म नेपाललाई ‘लकडाउन’ गर्ने घोषणा लागू गर्नु÷हुनुअघि नेपालको विभिन्न क्षेत्रमा घुम्न गएका विभिन्न देशका पर्यटकहरु कति संख्यामा बाँकी छन् ? त्यसरी नेपालको पर्यटकीय क्षेत्रमा घुम्न गएका विदेशी पर्यटकहरुमध्ये कहाँ कति संख्यामा रहेका छन् ? उनीहरुको अवस्था कस्तो छ ? उनीहरु फर्केर पोखरा वा काठमान्डौ कहिले आई पुग्छन् ? सही र भर पर्दो तथ्यांक थिएन । त्यस्तै उनीहरुमध्ये कुनकुन देशका कति संख्यामा भिसा थपेर नेपालमै बस्न चाहन्छन् ? कति जना आप्mनो देश फर्कन चाहन्छन् ? सोधखोज गरेर त्यसको लगत पनि राखेको थिएन ।

निनाम कुलुङ ‘मंगले’

त्यसैले अझै पनि नेपाललाई ‘लकडाउन’ गर्नुअघि नेपालको विभिन्न क्षेत्रमा घुम्न गएका विदेशी पर्यटकहरु डोल्पाको माथिल्लो डोल्पा क्षेत्र र हुम्लाको यारी लगायत विकट क्षेत्रमा भ्रमण गर्न गएका केही विदेशी पर्यटकहरु अझै पनि बाँकी रहेका हुन सक्छन् । यसबारेमा गृह मन्त्रालयको मातहत रहेको अध्यागमन विभागलाई वास्तविक कुरो थाहा हुन सक्छ । किनभने, यी क्षेत्रमा भ्रमण गर्न जान चाहने विदेशी पर्यटकहरुलाई विभिन्न सर्तसहित र अन्य पर्यटकीय क्षेत्रमा भन्दा केही महँगो शुल्क लिएर ‘स्पेसल परमिट’ जारी गर्ने काम पनि अध्यागमन विभागले नै गर्ने गर्छ । खैर, जेहोस्, अझै पनि विभिन्न देशबाट नेपाल घुम्न आएका विदेशी पर्यटकहरु नेपालको कुनै न कुनै ठाऊँमा फसेर बसेका भए त्यसरी फसेर बसेका विदेशी पर्यटकहरुलाई हामीले अभैm पनि निःस्वार्थ भावले र तदारुकताका साथ उद्धार गर्ने नै छौं ! भन्ने प्रण गरौं ।

यसै मेसोमा भन्नु पर्दा नेपाल सरकारले घोषणा गरेको लकडाउनका कारण नेपालमा फसेका वा भनौं वाध्यतावश बसेका ! विभिन्न देशका पर्यकटहरुलाई उनीहरुको आप्mनै देश फर्काउन नेपालस्थित सम्बन्धित देशका राजदूतावाससँग समन्यय गरेर विभिन्न चरणमा उनीहरुको देश फर्काइयो भने यो क्रम अभैm चली रहेको छ । यसै क्रममा हालसम्म लगभग ३ हजार विभिन्न देशका नागरिकहरु स्वदेश फर्की सकेकाछन् भने, आगामी अप्रिल ११ तारिखका दिन (यो लेख छापिदासम्म फर्की सक्छन् ) उत्तर अमेरिकी देश क्यानडाका नागरिकहरु पनि नेपालबाट आप्mनो देश फर्कदैँछन् । स्मरणीय छ, नेपाल सरकारले देशलाई लकडाउन गर्नुका साथै अन्तार्राष्ट्रिय हवाई उडानलाई पनि सन् २०२० अप्रिल १५ सम्म बन्द गर्ने निर्णय गरेको थियो । त्यसो भए तापिन मानवीय सम्वेदनालाई ख्याल गरेर अति महत्वपूर्ण वा जरुरी (राष्ट्रिय÷अन्र्ताराष्ट्रिय) उडानहरु भने गर्न दिने निर्णय गरेको थियो । यसै क्रममा गत १०–११ चैतदेखि २६ चैतसम्ममा नेपालमा १९ वटा अन्र्ताष्ट्रिय हवाई उडानहरु भए । ती सबै हवाई उडानहरु लकडाउनका कारण नेपालमा फसेर बसेका विभिन्न देशका पर्यटकहरु आआप्mनो देश फर्काउनका लागि गरिएका चाटर्ड उडानहरु थिए ।

त्यसरी हेर्दा हालसम्म नेपालमै रोकिएर बस्न वाध्य भएका विभिन्न देशका पर्यटकहरु आप्mनो देश फर्किएका नागरिकहरुमा धेरै जसो जर्मनी, फ्रान्स, नेदरल्यान्ड, अमेरिका, अष्टेलिया, न्यु जिल्यान्ड, चेक गणतन्त्र लगायत देशका रहेका छन् भने, क्यानडा, चीन, श्रीलंका लगायत अन्य देशका सरकारले पनि नेपालमा लकडाउनका कारण फसेका आप्mना देशका नागरिकहरुको उद्धार गर्ने तयारी गरी रहेको भन्ने समाचारहरु विभिन्न सञ्चारमाध्यमा आएको छ । यसरी हेर्दा हालसम्म नेपालमा गत ११ चैतदेखि लागू भएको लकडाउनका कारण फसेका आफ्ना देशका नागरिकहरु सबैभन्दा धेरै स्वदेश फिर्ता गर्ने वा भनौं उद्धार गर्ने देशमा जर्मनी ९०७ जना, फ्रान्स ६०८ जना, अमेरिका ३०२ जना, अष्टे्रलिया १५६ जना, नेदरल्यान्ड १२२ जना, चेक गणतन्त्र १०२ जना र मलेसिया ६६ जना रहेको छ ।

माथि उल्लेखित अधिकांश देशले कतार एयरवेजको हवाईजहाज चार्टर गरेर आफ्ना देशका नागरिकहरुको उद्धार गरेको थियो भने ती देशले कतार एयरवेजवाहेक मलेसियन एयरलाइन्स, मालिन्दो एयर, नेपाल वायुसेवा निगम (एनएसी) को हवाईजहाज चार्टर गरेर पनि केही देशले आप्mना देशका नागरिकहरुलाई स्वदेश फर्काएको थियो । तर, दुःखको कुरो नेपालको एक मात्र राष्ट्रिय ध्वजावाहक ‘नेपाल वायुसेवा निगम’ (एनएसी) को हवाईजहाज भने, अष्ट्रेलिया नामक एक देशले मात्रै आफ्नाे देशका नागरिकहरुको उद्धार गर्न चार्टर गर्यो । बाँकी अरु देशहरुले नेपालको राष्ट्रिय ध्वजावाहक ‘नेपाल वायुसेवा निगम’ (एनएसी) को हवाईजहाज नै चार्टर नगरेर किन अन्य देशको हवाईजहाजहरु चार्टर गरे ? यसबारेमा भित्री वा भनौं आन्तरिक कुरो थाहा नपाएका वा नबुझेका पाठकहरुमा जिज्ञासा रहन सक्छ । उनीहरुमा प्रश्न उब्जिन सक्छ । त्यसैले यहाँ जर्मनी, फ्रान्स, नेदरल्यान्ड, अमेरिका, चेक गणतन्त्र लगायत देशले नेपालको राष्ट्रिय ध्वजावाहक ‘नेपाल वायुसेवा निगम’ (एनएसी) को हवाईजहाज किन चार्टर गरेनन् त ? भनी थोरै प्रष्ट्याउनु राम्रो होला ।

किनभने, सन् २०१३ देखि नै युरोपियन युनियन मातहत रहेको ‘युरोपियन हवाई सुरक्षा (सेप्mटी) कमिटि’ले नेपालको आकाशलाई असुरक्षित मान्दै नेपाललाई ‘कालो सूची’ (ब्लाक लिस्ट) मा राखेर हवाईजहाजको राजनीति गर्दै आएको छ । जसले गर्दा आपत–विपद ! को यो घडीमा पनि युरोपियन युनियन मातहत रहेका जर्मनी, फ्रान्स, नेदरल्यान्ड, इटली, बेल्जियम, अष्ट्रिया, स्वीटजरल्यान्ड, बेलायत, पोर्चुगल, स्वीडेन, नर्वे, चेक गणतन्त्र आदि (अमेरिका र क्यानडा समेत) देशका लागि नेपालको राष्ट्रिय ध्वजावाहक ‘नेपाल वायुसेवा निगम’ (एनएसी) को हवाईजहाज चार्टर गरेर आप्mना नागरिकहरुको उद्धार गर्न नैतिक संकट परेको हो÷छ । अर्थात् जर्मनी, फ्रान्स, नेदरल्यान्ड, अमेरिका, चेक गणतन्त्र आदि देशका सरकारका लागि नेपालको राष्ट्रिय ध्वजावाहक ‘नेपाल वायुसेवा निगम’ (एनएसी) को हवाईजहाज चार्टर गरेर आप्mना देशका नागरिकहरुलाई स्वदेश फर्काउनु अरु देशहरुले देख्दा पनि अप्ठ्यारो थियो नै साथै नैतिक संकटमा पनि पर्थे । जे भए तापनि हालसम्म विभिन्न देशका पर्यटकहरु आ–आफ्नाे देश फर्केका छन् ।

रोचक कुरो के भने, नेपाल सरकारले चैत ११ गतेदेखि ‘लकडाउन’ लागू गरी सकेपछिको बीचको समयमा नेपालको विभिन्न पर्यटकीयस्थलमा बसेका वा फसेका केही विदेशी पर्यटकहरु, जस्तै मनाङ, पोखरा, बन्दीपुर आदि ठाउँ (नेपाल) मै आपूmहरुलाई आप्mनो देशमा भन्दा सुरक्षित मानेर बसेकाहरु पनि धेरै नै विदेशी पर्यटकहरु रहेका छन् । स्मरणीय छ, त्यसरी बसेका कोही विदेशी पर्यटकहरुको भिसा अवधि सकिएको भए वा सकिन लागेको भए नेपाल सरकारले लकडाउन अवधि भरको शुल्क नलिईकनै भिसा थपी दिने निर्णय गरी सकेको छ । नेपालको विभिन्न क्षेत्रमा फसेका मध्ये अधिकांश विदेशी पर्यटकहरु गत चैत १०–११ गतेदेखि २६ गतेसम्ममा ३ हजारभन्दा बढी आ–आफ्नाे देश फर्की सकेका छन् भनी माथि नै उल्लेख भएको छ । त्यस्तै नेपालमा अभैm पनि विभिन्न देशका १ हजारभन्दा बढी पर्यटकहरु आआप्mनो देश फर्कनका लागि प्रतिक्षारत छन् ।

प्रतिक्रिया

सम्बन्धित