कोरोनाको कहरः विकसित देशमै बढी किन ?

चीनको दक्षिण–पूर्वी प्रान्त हुपेईको राजधानी वुहानबाट सन् २०१९ को डिसेम्बर अन्तिमतिर फैलन सुरु भएको ‘नोभेल कोरोनाभाइरस डिजिज–२०१९’ (कोभिड–१९) अहिले के सानो के ठूलो ?, के गरिब के धनी ? कसैलाई तपाईँ र कसैलाई मपाईँ । नगरी विश्वको २१० देशमा फैलिसकेको छ । यसरी ‘नोभेल कोरोनाभाइरस डिजिज–२०१९’ (कोभिड–१९) सुरु भएको अहिले ३ महिना पूरा भएर ४ महिनामा लागेको छ । जबकि धेरै जसो, खास गरी अमेरिका र पश्चिमा देशका राजनीज्ञि र ती देशका केही विज्ञहले मौसमी फ्लु सम्झेर मार्च महिनाको अन्त वा अप्रिल महिनाको पहिलो हप्तासम्ममा ‘नोभेल कोरोनाभाइरस डिजिज–२०१९’ (कोभिड–१९) को प्रभाव कम हुने र ‘इस्टर’ यो वर्ष गत १२ अप्रिल २०२० मा ‘इस्टर पर्व’ परेको थियो । (क्रिश्चियन धर्मालम्बीहरुको महत्वपूर्ण चाड–पर्वमध्ये एक) पर्व मनाउन वाधा नपुग्ने बताइएको थियो । तर, ‘नोभेल कोरोनाभाइरस डिजिज–२०१९’ (कोभिड–१९) सुरु भएको अहिले ५ महिना काटीसक्दा पनि यसको प्रभावमा खासै अन्तर आएको छैन ।

सुरुका दिनमा चीन र दक्षिण–पूर्वी एसियामा मात्रै पैmलने अनुमान गरिएको ‘नोबेल कोरोना भाइरस’ (एनसीपी) अर्थात् (कोभिड–१९) सन् २०२० को फेब्रुअरी महिनाको अन्तिम ताका लगभग ७० देशमा पैmलिएको थियो भने, मार्च महिनाको अन्त्यसम्ममा विश्का १०२ देशमा पैmलिई सकेको थियो भने हाल २१० वटा देशमा फैलिएको छ । विश्वका एक से एक र विकशित र सम्पन्न अनि विश्वमै गिने–चुनेका र आधारभूत तहदेखि नै आप्mनो देशमा रहेका जनतालाई सबै कुरो राज्यले उपलब्ध गराउँछ भनिएको देशदेखि लिएर हाम्रो देश नेपाल लगायत अति कम विकशित वा विकासशील भनिएके देशहरुमा (कोभिड–१९) को महामारीले आफ्नाे फैलावटलाई व्यापक बनाइको छ ।

अचम्म त के छ भने, नेपाल लगायत अति कम विकशित देशहरुमा भन्दा विश्वका एक से एक र विकशित, सेवा सुविधाले सम्पन्न अनि विश्वमै गिने–चुनेका र आधारभूत तहदेखि नै आफ्नाे देशमा रहेका जनतालाई सबै कुरो राज्यले उपलब्ध गराउँछ भनिएको देशहरुमै कि बढी आक्रमण गरी रहेको छ ? किन हाम्रो देश नेपाल लगायत अति कम विकशित र जनस्वास्थ्य कमजोर भएको देशहरुमा भन्दा विश्वका एक से एक र विकशित, सेवा ती देशहरुमा नै किन ‘नोभेल कोरोनाभाइरस डिजिज–२०१९’ (कोभिड–१९) को महामारीको संक्रमणले अनपेक्षित रुपमा जनधनको ठूलो क्षति गरी रहेको छ ? प्रश्न वास्तवमै गम्भीर देखिन्छ ।

निनाम कुलुङ ‘मंगले’

हुन पनि (कोभिड–१९) को महामारीले हालसम्म बढी प्रभावित बनाएको १५ वटा देशको लिस्ट हेर्ने हो भने, ती १५ वटा देशमध्ये १२ वटा (चीन, इरान र टर्कीलाई अति विकशित देशको लिस्टमा नराख्ने÷नमान्ने हो भने) बाँकी सबै देशहरु आफूलाई अति विकशित देश हौं । भन्ने देशहरु नै परेको देखिन्छ । त्यसमा पनि (कोभिड–१९) को महामारीका कारण हालसम्म (कोभिड–१९) बढी मानिसहरु बिरामी भएको र मान्छे मरेको १५ वटा देशको लिस्ट हेर्ने हो भने पहिलो नम्बरमा छ– ‘अमेरिका ।’ जो आफूलाई विश्वकै धनी, आधुनिक हातहतियारले लैस र सर्व शक्तिमान देश हुँ ! भन्छ । तर, हेर आज त्यही विश्वकै धनी, आधुनिक हातहतियारले लैस र सर्व शक्तिमान देश हँु भन्ने अमेरिकालाई नै अदृश्य र जाबो भनिएको अति सुक्ष्म !

भाइरसले हैरानी दिएको ! यस विषयका विज्ञ, खास गरी भाइरोलोजिस्ट र माइक्रो बायोलोजिस्टहरुका अनुसार कुनै पनि भाइरसहरु ब्याक्टेरिया भन्दा लगभग १० गुण सानो हुन्छ । यसरी (कोभिड–१९) को भाइरसको महामारीले अमेरिकालाई अमेरिका होइन कि, विचरा अमेरिका । बनाएको छ । ‘वोल्र्डोमिटर’ नामक एक संस्थाले प्रस्तुत गर्दै आएको तथ्यांकलाई हेर्दा (यो सन् २०२० मे १ तारिखसम्मको हो) लगभग २० वटा देशमा त १ हजारभन्दा बढी मानिसहरको मृत्यु भैसकेको अवस्था छ । त्यसमा पनि सबैभन्दा धेरै मानिसहरु बिरामी भएको र धेरै बिरामी मानिसहरु मरेको देश अमेरिका रहेको छ ।

आजको मितिसम्म अमेरिकामा (कोभिड–१९) को महामारीका कारण बिरामी भएकाहरुको संख्या १० लाख ९५ हजार ३०४ जनाभन्दा बढी रहेको छ भने ६३ हजार ८७१ जनाको मृत्यु भएको छ । त्यस्तै त्यस्तै अमेरिकामा १ लाख ५६ हजार चानचुन मानिसहरु पूर्ण रुपमा निको भएर घर फर्केका छन् । त्यस्तै हालसम्म १५ हजार १४३ जना अमेरिकी नागरिकहरु (कोभिड–१९) को संक्रामक महामारीको भाइरसका कारण सिकिस्त बिरामी छन् ।

त्यस्तै धेरै मानिसहरु मृत्य हुने अन्य देशहरुमा क्रमशः २७ हजार ९६७ जनाको मृत्युसहित इटली दोस्रो, २६ हजार ७७१ जनाको मृत्युसहित बेलायत तेस्रो, २४ हजार ५४३ जनाको मृत्युसहित स्पेन चौथो, २४ हजार ३७६ जनाको मृत्युसहित फ्रान्स पाँचौं, ७ हजार ५९४ जनाको मृत्युसहित बेल्जियम छैठौं, ६ हजार ६२३ जनाको मृत्युसहित जर्मनी सातौं, ६ हजार २८ जनाको मृत्युसहित इरान आठौं, ६ हजार ६ जनाको मृत्युसहित ब्राजिल नवौं, ४ हजार ७९५ जनाको मृत्युसहित नेदरल्यान्ड १० औं, ४ हजार ६३३ जनाको मृत्युसहित चीन ११ औं, ३ हजार १८४ जनाको मृत्युसहित क्यानाडा १२ औं, ३ हजार १७४ जनाको मृत्युसहित टर्की १३ औं, त्यस्तै २ हजार ५८६ जनाको मृत्युसहित स्वीडेन १४ औं, १ हजार ८५९ जनाको मृत्युसहित मेक्सिको १५ औं, १ हजार ७३७ जनाको मृत्युसहित मेक्सिको १६ औं, १ हजार २३२ जनाको मृत्युसहित आयरल्यान्ड १७ औं, १ हजार १६९ जनाको मृत्युसहित रुस १८ औं, १ हजार १५४ भारत १९ औं र, १ हजार १५१ जनाको मृत्युसहित पेरु २० औं स्थानमा रहेको स्थिति छ ।

स्मरण रहोस्, सन् २०२० अप्रिल २१ को ०८ः०३ ग्रिनविच मिन टाइम (जिएमटी) सम्मको तथ्यांकमा विश्वका विभिन्न देशका २४ लाख ९० हजार मानिसहरु मात्रै बिरामी थिए भने, त्यो वेला १ लाख ७० हजार ५०० भन्दा बढी मान्छेहरु (कोभिड–१९) को भाइरसको महामारीका कारण बिरामी भएर आप्mनो ज्यान गुमाउनेहरु थिए ।

माथि उल्लेखित १ हजारदेखि ६३ हजारभन्दा बढी मानिसको मृत्य भएका २० वटा देशहरुमा अधिकांश देशहरु विकशित र विश्वका एक से एक र, सेवा सुविधाले सम्पन्न अनि विश्वमै गिने–चुनेका र आधारभूत तहदेखि नै आफ्नाे देशमा रहेका जनतालाई सबै कुरो राज्यले उपलब्ध गराउँछ भनिएको देशहरु नै देखिन्छ । अझ के भनिन्छ भने, हालसम्म (कोभिड–१९) को भाइरसको महामारीको भाइरसका कारण मरेका र बिरामी भएकाहरुको सम्बन्धमा आएको तथ्यांकहरु अस्पतालमा ल्याइएको बिरामीहरुको तथ्यांक मात्रै हो भन्ने भनाइ छ । घरैमा, केयर होममा र नर्सिङ होमहरुमै मरेका र बिरामी भएकाहरुको अलग्गै तथ्यांंक हुन सक्ने आँकल विज्ञहरुले गरेका छन् ।

(कोभिड–१९) को भाइरसको महामारीले विकिशित देशहरुलाई नै यो तहमा आक्रमण गर्यो ? भन्ने भन्दा पनि यो महामारीपछि तुरुन्तै ती देशका सरकारहरुले आफ्ना जनताहरुलाई औषधो–उपचार र सेवा–सुविधा दिन नसक्नुमा विगत केही दशकदेखि ती देशहरुमा चल्दै आएको नव उदारवादी राज्य व्यवस्थाले गर्दा त्यस्तो भएको हो भन्ने मत बढ्दै गएको देखिन्छ । किनभने, नव उदारवाद र निजीकरणको नाममा जनतालाई अति आवश्यक र आधारभूत तहमा चाहिने सेवा, सुविधाहरु जस्तै जन स्वास्थ्य, शिक्षा, सार्वजनिक यातायात, गाँस, वास, कपास लगायतका सेवा सुविधाहरु पनि नव उदावार र निजीकरणको नाममा व्यापारीहरुलाई खुल्ला छाडियो । व्यापारीहरुले स्वाभावतः नाफाबाहेक अरु केही हेर्दैनन् ।

प्रतिक्रिया

सम्बन्धित