कोभिड–१९ को महामारीः ट्रम्प महोदयको चेत नखुल्ने भो !

सन् २०१९ को डिसेम्बर अन्त्यतिर चीनबाट पैmलिन सुरु भएको ‘नोबेल कोरोनाभाइरस’ (कोभिड–१९) नामक संक्रामक भाइरसको महामारी हाल विश्वको लगभग सबै देशमा फैलिएको अवस्था छ । यो महामारीको भाइरसले हालसम्म २ सय १० देशलाई गाँजेको छ । त्यसो त संयुक्त राष्ट्र संघ अन्तर्गत रहेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले (कोभिड–१९) लाई विश्वभरि फैलिएको महामारी (प्यान्डेमिक) भनी सन् २०२० को मार्च ११ मै घोषण गरी सकेको हो ।

हुन त कोरोनाभाइरसको महामारीबारे भन्नु पर्दा सायद ट्रम्प महोदयको जिद्धिपना देखेर,बुझेर नै होला, गत मार्च ३ मै अमेरिकाका भाइरल रोग विज्ञ डाक्टर एन्थोनी फाउचले (कोभिड–१९) को संक्रामक भाइरसको महामारीको कारण अमेरिकामा १ लाखदेखि २ लाख जनाको ज्यान जान सक्ने र ९ लाखदेखि १० लाख अमेरिकीहरु (कोभिड–१९) को संक्रामक भाइरसको महामारीको कारण प्रभावित वा बिरामी हुन सक्ने बताई सकेका थिए । अहिले हेर्दा महामारीले यही गतिमा अमेरिकी जनतालाई प्रभावित बनाएमा वा भनौं बिरामी बनाएमा निश्चय नै ९,१० लाखभन्दा पनि बढी अमेरिकीहरुलाई कोरोनाभाइरसको महामारीले प्रभावित बनाउन सक्ने अनुमान गर्न सकिन्छ । त्यसो त आजका मितिसिम्म अमेरिकामा (कोभिड–१९) को महामारीका कारण बिरामी भएकाहरुको संख्या ७ लाख ९२ हजारभन्दा बढी रहेको छ भने ४२ हजार ५१८ जनाको मृत्यु भएको छ । त्यस्तै ७२ हजार ९४८ जना पूर्ण रुपमा निको भएर घर फर्केका छन् भने अभैm पनि १३ हजार ९५१ जना सिकिस्त बिरामी छन् । अमेरिकामा ७ लाख ६४ हजार २६५ भन्दा बढी मानिसहरु बिरामी भएका छन् भने अमेरिकामा ४० हजार ५६५ जनाको ज्यान गएको छ । स्मरणीय छ, आजभन्दा ४ दिनअघि (अप्रिल १७, २०२०) सम्म अमेरिकामा ३४ हजार ७२३ जना मानिसहरुको मात्रै ज्यान गएको थियो ।

निनाम कुलुङ ‘मंगले’

खासमा सन् २०१९ को जनवरी २१ मै वासिङ्टनको स्नोहोमिस भन्ने ठाऊँमा एक जना पुरुषमा (कोभिड–१९) को संक्रमणको भाइरस देखिएको थियो । त्यस्तै इलिनोइस राज्यको सिकागोमा पनि सन् २०१९ को जनवरी २४ मै एक महिलामा (कोभिड–१९) को संक्रमणको भाइरस देखिएको थियो भने, जनवरी २६ मै एरिजोना राज्यको ‘मेरीकोप्पा’ काउन्टीमा एक विद्यार्थीमा पनि (कोभिड–१९) को संक्रमणको भाइरस देखा परेको थियो । सोही दिन क्यार्लिफोनिया राज्यको ओरेन्ज काउन्टीमा पनि एक जनामा (कोभिड–१९) को संक्रामक भाइरस देखा परेको थियो भनी ‘वल्र्डोमिटर’को तथ्यांक (अप्रिल १४, २०२०) मा उल्लेख गरिएको छ । यसरी अमेरिका र अमेरिकी राष्ट्रपति ट्रम्प महोदयले सुरुमा केही होइन ! भन्ठानेको (कोभिड–१९) को संक्रामक भाइरस अमेरिकामा विस्तारै ‘सियो भएर पसेर फाली !’ भएर निस्किएको मात्रै होइन, अमेरिकाको ५० वटै राज्य र उसको मातहतमा रहेका स–साना टापू राज्य, अमेरिकी जलसेना, स्थलसेना, जहाजी बेडा, ग्रान्ड प्रिन्स सिप, डायमन्ड प्रिन्स सिप (पानी जहाज) लाई समेत (कोभिड–१९) को संक्रामक भाइरसले छाडेन । तथ्यांक स्रोतः –‘वल्र्डोमिटर’,अप्रिल १४, २०२० ।

सुरुमा अमेरिका र अमेरिकी राष्ट्रपति ट्रम्प महोदयले केही होइन भनी नपत्याएको (कोभिड–१९) को संक्रामक भाइरसका कारण विश्वमै धेरै संख्यामा मानिस बिरामी हुने देशमा विगत १९÷२० दिनदेखि अमेरिका पहिलो भई रहेको देखिन्छ । अर्थात् (कोभिड–१९) को संक्रामक भाइरसका कारण विश्वमै धेरै संख्यामा मानिस बिरामी हुने देशमा अमेरिका फस्र्ट ! हुँदै आएको छ । त्यस्तै विगत १४,१५ दिनदेखि मानवीय क्षति (बिरामीको मृत्य हुने÷भएको) देशमा पनि अमेरिका नै विश्वभरिको पहिलो देश अर्थात् फस्र्ट ! हुँदै आएको स्थिति छ । र, संवभतः हालसम्मको वस्तुस्थिति हेर्दा अब (कोभिड–१९) को संक्रामक भाइरसले विश्राम नलिएसम्म यो महामारीका कारण बिरामी हुने र बिरामी मर्ने पहिलो देशमा अमेरिका नामक देशलाई अन्य कुनै देशले उछिन्ने छैन !

हुन पनि सुरुमा चीनमा मात्रै (कोभिड–१९) को संक्रामक भाइरस देखा पर्दा अमेरिका लगायत केही देशले खुच्चिङ भने भैmँ गरेका थिए । तर, आज तिनै देशहरुले (कोभिड–१९) को संक्रामक भाइरसको महामारीका कारण धेरै ठूलो जनधनको क्षति व्यहोर्दै छन् । जस्तो कि अमेरिकापछि स्पेनमा १ लाख ८८ हजार ६७४ जना मानिसहरु बिरामी भएका छन् भने स्पेनमा २० हजार ४५३ जना मानिसहरुको ज्यान गएको छ । त्यस्तै स्पेनमा ७७ हजार ३५४ जना मानिसहरु निको भएर घर फर्केका छन् भने त्यहाँ १३ हजार ५६६ जना मानिसहरु अभैm पनि सिकिस्त बिरामी छन् । उता इटलीमा पनि १ लाख ७८ हजार ९७२ जना मानिसहरु बिरामी भएका छन् भने इटलीमा हालसम्म २३ हजार ६६० जना मानिसहरुको ज्यान गएको छ ।

इटलीमा कोभिड १९ कारण बिरामी भएका मध्ये हालसम्म ४७ हजार ५५ जना मानिसहरु निको भएर घर फर्केका छन् भने २ हजार ६३५ जना सिकिस्त बिरामी छन् । त्यस्तै फ्रान्समा १ लाख ५२ हजार ८९४ जना मानिसहरु बिरामी भएका छन् भने १९ हजार ७१८ जना मानिसहरुको ज्यान गएको छ । त्यस्तै फ्रान्समा हालसम्म ३६ हजार ५७८ जना बिरामीहरु निको भएर घर फर्केका छन् भने ५ हजार ७४४ जना मानिसहरु सिकिस्त बिरामी छन् । उता जर्मनीमा १ लाख ४५ हजार ७४३ जना मानिसहरु बिरामी भएका छन् भने जर्मनीमा अपेक्षित कम अर्थात् ४ हजार ६४५ जना मानिसहरुको मात्रै ज्यान गएको छ । त्यस्तै जर्मनीमा निको भएर घर फर्कनेहरुको संख्या ९१ हजार ५०० जना रहेको छ भने, बेलायतमा १ लाख २० हजार ६७ जना मानिसहरु (कोभिड–१९) को संक्रामक भाइरसका कारण बिरामी भएका छन् । त्यस्तै बेलायतमा हालसम्म १६ हजार ६० जनाको ज्यान गएको छ । सिकिस्त बिरामीको संख्या १ ५५९ जना रहेको छ भने निको भएर फर्कनेहरुको संख्या उपलब्ध गराइएको छैन ।

वेला छँदै (कोभिड–१९) को संक्रामक भाइरसका कारण विश्वमै टाउको उठाई रहेको यो महामारीले विस्तारै अमेरिकालाई पनि गाँज्न सक्छ, सावधान ! भनी चेतावनी दिने चीन र विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को चेतावनीलाई मनन् गर्दै अमेरिकाले सुरुमै सचेतता र सजगता अपनाएको भए हाल आएर यो स्तरमा धनजनको क्षति व्यहोर्नुपर्ने थिएन । तर, उल्टै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका समर्थन गर्ने ‘फक्स न्युज !’ लगायत केही अमेरिकी मिडियाहरुले नै (कोभिड–१९) को संका्रमक भाइरसले अमेरिकालाई पनि नराम्रोसँग गाँज्न सक्छ, सावधान रहौ, होसियार गरौंं ! भनी चेतावनी वा भनौं सुझाव दिने अमेरिकी मिडिया तथा नीति निर्माण तहमा रहेका केही वरिष्ठ कर्मचारीहरुलाई उल्टै खिसी–टिउरी मात्रै गरेका थिएनन् हप्काउन समेत पछि परेनन् । कतिसम्म भने यसरी चेतावनी वा भनौं सुझाव दिने आप्mनै देशका डाक्टर लगायत विशेषज्ञहरुलाई समेत अमेरिका विरोधी वा भनौं राष्ट्रपति ट्रम्पको विरोधीको बिल्ला भिराउनेतर्पm अग्रसर भएका थिए ।

हुन पनि ट्रम्प महोदयले ‘अरुलाई खाने बाघले आफुलाई पनि खान सक्छ !’ भन्ने नबुझेको÷नसम्झेको फल नै (कोभिड–१९) को संक्रामक भाइरसका कारण विश्वमै धेरै संख्यामा मानिस बिरामी हुने देश र बिरामी मर्ने देशमा अमेरिका फस्र्ट अर्थात् पहिलो भएको हो भन्दा अन्यथा हुदैन ।

प्रतिक्रिया

सम्बन्धित