कलाकार गहना होईन, देशको महत्वपुर्ण अंग हो : जितेन राई
जितेन राई,गायक तथा संगितकार
नेपाली लोकगीत संगितको क्षेत्रमा सर्जक जितेन राई कुनै नौलो नाम होईन । पछिल्लो समय उनले निर्माण गरेको चलचित्र बिनायोले समेत राम्रै चर्चा पायो । ४० को दशकदेखि हालसम्म निरन्तर गीत संगितको माध्यायमबाट योगदान गरेका उनी बिभिन्न भाका, लोकबाजा र गीत संगितको सम्र्बद्धन र प्रर्बद्धनमा जुटेका छन ।
रेडियो नेपालबाट बिशिष्ट श्रेणीको गायकको परिचय बनाएका, ललितकला क्याम्पसबाट बीम्युज गरेका उनी बिनायो र मुर्चुङगाको संरक्षणमा जुटेका छन । त्यसकै लागि भनेर उनले चलचित्र बिनायो समेत निर्माण गरे सँगैका सहकर्मीहरु यतिबेला देशका मन्त्री र साँसद बनिसकेका छन । तरपनि उनीहरुले कलाकारलाई राज्यले उचित कदर गर्न नसकेको बताए । उनले कलाकार गहना भन्दा पनि महत्वपुर्ण अंग भएको दाबी गर्छन ।
पाँचथरमा जन्मिएर धानको भात खान्कै लागि झापा झरेका उनी गीत संगितमा केही गर्ने उद्धेश्यका साथ उनी धरान हुदै ४ दशकअघि काठमाण्डौ छिरेका हुन । सयौ गीत गाएका र हजारौ गीतमा संगित भरेका उनी आजीवन यहि क्षेत्रमा लागिपर्ने र यहि क्षेत्रमा केही नयाँ काम गर्ने सोच रहेको बताउँछन । उनीसँगको भिडियो कुराकानी :
प्रतिक्रिया