कोरना समस्या र सामाधान

विस्व मानवको धेरै हिस्सा बन्द कोठामा छ । एक भाईरसले मानव सभ्यताको इतीहासको लामो समय पछि यसरी बन्दी गरायो । हामी प्राणी मध्ये सर्व श्रेष्ठ प्राणीको रुपमा आफ्नो बिकासको गतीमा आएको मानव सभ्यताको धेरै ठुलो चुनौती पछिको चुनौती हो । प्राणी जगतको सर्व श्रेष्ठ प्राणी किन अहिले बन्द भयो ? मानव सर्वाधिक बुद्धीमान प्राणी जगतमा आफ्नो राज गरेको प्राणी यस्तो बिपत्ती कसरी ? यो बिपत्तीको सामाना मानव समुदायले धेरै पटक यस अगी पनि गरेको उदारण पाउन सक्छौ । बिस्वमा यस्ता धेरै चुती आए,जस चुनौतीमा हार मानेर बन्द कोठामा मानिसले आफलै आफैलाई बन्दि बनायो । के ही समयको बन्दी जीवन पछि मानिस पुन : सामान्य अवस्थामा आएको ईतिहासलाई हेर्दा पाउन सकिन्छ । आखीर यो भाईरस पनि प्राणी जगतकै एक हिस्सा हो । किन मानिसको बुद्धी विवेकले यसलाई जीत्न सकेको छैन ? किन नियन्त्रण गरो सामान्य भाईरसले प्राणी जगतको श्रेष्ठ मानवलाई ?

हो मानव प्राणी जगतको सर्वश्रेष्ठ प्राणी हो । प्राणी जगतमा राज गरेको मानिस अहिले आफैले बन्दी गरेको छ । मानिसको विबेक यस भाईरसमा चुकेको छ । यसको कारण भनेको मानिसले आफ्नो धर्म विर्सनु हो । धर्मको अर्थ हाम्रो समाजमा बिध्यमान मान्यता हौन जुन हामी सिद्धान्तलाई धर्म भनेका छौ । त्यो धर्म मेरो बुजाईमा धर्म हौन ।

योगी पीताम्बर

धर्म सत्य हो, जुन सिद्धान्तले मानवको मात्र हौन सारा ब्रमाण्डको रक्षा गर्छ । जो सारा प्राणी जगतको रक्षाको नियममा बस्छ त्यो धर्म हो । धर्मले कुनै सिमित भुगोल र समुदायको मात्र भलाई हौन सारा ब्रमाण्डको रक्षा गर्छ । हो त्यो ज्ञान र विवेक मानव मस्तीस्कमा छ । त्यही ज्ञानको कारण मानव प्राणी जगतको सर्व श्रेष्ठ प्राणी भएको हो । यस्लाई मानवले निजी स्वर्थको रुपमा प्रायोग गरेको कारण नै विस्व मानव बन्दी भयो । अहिले मानव आफैले आफैलाई बन्दी गरायो । यसको भोगाई मानवले आफै भोग्दै छ । इतीहासमा भोगेको कुरा फेरी भोग्नुको पछाडी मानव क्षणीक स्वार्थनै ठुलो गल्ती र मानिसको कम्जोरी हुन गयो ।

यस्ता समस्या मानवले भोगेर पनी फेरी भोग्नुको पछाडी मानवले आफ्नो धर्म भुल्नु हो । मानव प्राणीको सर्वश्रेष्ठ प्राणी हुनुको धर्म प्रकृती बिरोधी कर्म गर्नु हौन मानवको धर्म प्राणी तथा प्रकृतीको रक्षा गर्नु नै प्राणीको सर्व श्रेष्ठ हुनुको धर्म हो । यो निजी स्वर्थको कारण मानवले यो भोग्नु नै प्रकृतीको सजाय हो । विस्वका बौज्ञानीक यसको बिरुद्धको जुन सामाधानमा लागेका छन् । त्यो क्षणीक समाधान मात्र हो । यदी यो समाधान थीयो त यो भन्दा अगीको संक्रमणबाट वच्न अपनाएको विकल्प किन काम गरेन ? यसको जवाफ तपाईको यो भन्दा अगाडी यो भाईरस थिएन भन्ने हुन सक्छ । तर सच्चा के हो भने आत्मा अर्थात शक्ति सबै प्राणीको एक हो । हो यस्को क्षणीक समाधान बन्न सक्छ तर त्यो समाधान सगै शक्ती अर्को रुपमा परिणत भएर समस्या आउछ । यो कारण वीज्ञानले प्रकृती बिरोधी गरेर समाधान खोज्नु हो । प्रकृतीको नियम मनिसले जीत्न सक्दैन । सबैले आफ्नो धर्ममा रहनु नै प्रकृतीको नियम स्वर्कानु हो । प्रकृतीको नियम नै मानव प्राणी जगतको सर्व श्रेष्ठ भएको अर्थमा सबैको रक्षा गर्नु प्रकृतीको नियम हो । हो त्यही नियममा रहनु नै मानवको धर्मको हो । भगवद् गीता को १६ अध्यायको २१ औ श्लोक मा यसरी बुझाईको छ

त्रिविधं नरकस्येदं द्धारं नाशनमात्मनः ।
काम : क्रोधस्तथा लोभस्तस्मादेत्त्रयं ।।

अर्थात काम क्रोध तथा लोभ यो तीन प्रकार मानिसले गर्नु हुन्न । यदी यो गरेको अवस्थामा मानवले नरक अर्थात दुः ख भोग्नु पर्छ भन्ने सन्देश छ । तर बिडम्बना मानव प्रकृतीले दिएको त्यो अथाः ज्ञानको शक्ति प्रकृतीको बिरुद्धमा लगाउनुको कारण मानव समुदाय दुःख र पिडमा छ । यो अहिले बिस्वमानव कोरोनाको कारण समस्यामा आउनुको कारण नै मानवको क्षणीक स्वार्थ हो । यो समस्याको पछाडी मानवले पाएको अथाह ज्ञान प्रकृतीको बिरुद्धमा लगाउनु नै हो । यस्तो माहामारीमा हामी उदारण हेरै बिकासको नाममा प्रकृतीको बिरुद्धमा जाने भुगोल मानै यसको बडि प्रभाव छ ।

यो सत्य हो धर्म भन्दा के ही कुरा हुन सक्दैन त्यो हुनुको परिणाम आफै भोग्नु पर्ने हुन्छ । यो समस्यालाई समस्याको रुपमा हौन एक शिक्षाको रुपमा हेरे मानवले जहीले पनि आन्नद र खुसीको साथ रहनुमा कुनै सन्देह छैन । मानवले त्यो खुसी,आन्नद प्राणीमा सर्व श्रेष्ठ भएको कारण सबै मानवले आफ्नो धर्म न भुलौ क्षणीक स्वर्थको पछि लागेर बिकासको नाममा हुने प्रकृतीको ध्वस्त हौन प्रकृतीको संरक्षण गर्दै प्राणी र प्रकृतीको रक्षामा आफ्नो कर्म बनाउ ।

अहिले सबै बन्दी भएको यो अवस्थालाई समस्या हौन अवसरको रुपमा लीएर प्रकृतीले दिएको शक्ती र हाम्रो धर्ममा लागे पकै पनि मानवले एक सुनौलो इतीहास कोर्न सक्ने छ । प्रत्येक मानव मानवबाट माहानव बन्न सक्ने छ । यो समस्या सामाधान भएको पहिलो बिहानी बाट आफन्नो धर्मको पालना गर्दै पुनः सफताको यात्रामा निस्किम प्रत्येक माहामानव बन्न भगवान् श्रीकृष्णले भागवद् गीताको तेस्रो अध्याय कर्म योग श्लोक नं. ३ मार्फत

कर्मणैव हि संसिद्धिमास्थिता जनकादय : ।
लोकसंग्रहमेवापि सम्पश्यन्कर्तुमर्हसि।।

अर्थात जानक जस्ता माहान ज्ञानी पनि आशक्तिबाट माहामानव बन्नको लागी कर्मको माध्यम बाट परम सिद्ध प्राप्त गरेको सुनौलो ईतीहासमा पाउन सक्छौ । यस कारण हामी सबै समस्त प्राणीको हितमा हुने कर्म गर्दै प्रकृतीको रक्षा गर्नुनै सफलता प्राप्त गर्नु हो । बास्तवविक आन्नद र सुसी पनि यसैमा प्राप्त गर्न सकिन्छ । त्यसैले सबैले संकल्प गरौ की अबको यात्रा मानव तथा प्रकृतीको संरक्षण गर्दै स्वर्ग जाने हौने हौन स्वर्ग बनाउने हो ।
जय कर्म योग ।।

प्रतिक्रिया

सम्बन्धित