बैङ्कर्स डायरी

समय यो तरिकाबाट गुज्रिन्छ भनेर शायद हामी कसैले पनि कल्पना गरेका थिएनौ । नेपाल सरकारले कोरना सक्रमण रोक्नका लागि गरेको लकडाउनका कारण बैक तथा बित्तिय क्षेत्रमा यसको प्रभाब अत्यन्तै बढि परेको छ । यद्यपि बैक तथा बित्तिय संस्थालाई अत्याबश्यक सेबा क्षेत्रमा समाबेश गरिएको हुँदा आंशिकरुपमा बैक तथा बित्तिय संस्थाहरुको शाखा कार्यालयहरु खोली रहेका छाँै । अत्याबश्यक क्षेत्र त हो तर सेबा कसरी प्रदान गर्ने, यस क्षेत्रमा काम गरिरहेका कर्मचारीहरुमा संक्रमण जोखिम कति छ ? यी प्रश्नको उत्तरहरु शायद समयले नै दिनेछ तर हामी जो यस क्षेत्रमा बसेर दिन रात काम गरिरहेका छौँ बर्तमान अबस्थामा भने सेबा प्रबाह गर्न अत्यन्तै गाह्रो भइरहेको अबस्था छ । न बजारमा प्रयाप्र्त मास्क किन्न पाइन्छ न त सेनिटाइजर नै । हामी प्रत्येक पलहरु जोखिमसँग खेली रहेका छौँ र हामी चाहन्छौ यो प्रकोपको अन्त्य चाँडै होस् ।

हप्ताको दुई दिन अथबा ग्राहको अनुरोध तथा आबश्यकतालाई ध्यानमा राखी कार्यालय खोली रहँदा पैसा जस्तो अत्यन्तै चलायमान बस्तुसँग कर्मचारीहरुले काम गर्नुपर्दा कोरनाको क्रास अझ बढिरहेको छ । बास्तमा संसारमा सबैभन्दा चलायमान बस्तु पैसा अर्थात मुद्रा भन्दा फरक पर्दैन होला । बिनिमयमको अबधाराणको बिकास सँगै मुद्राले मानिसको भौतिक तथा अन्य आबश्यकमा परिपुर्ती गर्न सहज त बन्यो तर हालको अबस्थामा भने मुद«ा कारोबारले कोरना भाइरसको जोखिम सबैभन्दा बढि बैक तथा बित्तिय संस्थामा कार्यरत तल्लो बर्गका कर्मचारीहरु जो नगद काउन्टरमा यति खेर सेबा दिन बसिरहनु भएकोहरुमा पर्न गएको छ ।

हामी सन् २०१८ सम्म आईपुग्दा हाम्रो देश नेपालको साक्षरता दर कुल जनसङ्ख्यको ६७.९० प्रतिशत रहेको छ । तथापी यो सर्बेक्षणमा सामान्य पौढ शिक्षा लिएका मानिसहरु समेत समाबेश भएका छन् । साक्षरता दर भन्दा बैक तथा बित्तिय संस्थामा संग्लग्नताको दर भने सरदर २० प्रतिशतले कम रहेको छ । बिभिन्न बैक तथा बित्तिय संस्थाहरुले आफ्नो नोटिस बोड, बिद्युतीय माध्यम तथा अन्य माध्यमहरुबाट आफ्नो ग्राहकहरुलाई डिजिटल प्रबिधिको माध्यमबाट कारोबार गर्न आग्रह गरिरहेको छ तर सुचना प्रबधिको उपयोग गर्ने सम्बन्धमा ग्राहकहरुसँग यथेष्ठ जानकारी नहुँदा ग्राहकहरु अन्यौलमा परको छन् । यो महामारी आउनुभन्दा पहिले बैक तथा बित्तिय संस्थाहरुको अस्बस्थ ब्यपारिक प्रतिस्पर्धाको कारण ग्राहकको सङ्ख्यात्मक बृद्धिमा मात्र ध्यान दियो ।

बैक तथा बित्तिय संस्थाहरुले आफ्ना ग्राहकहरुलाई आफुसँग भएको अतिरिक्त सेबा बारे छोटकरीमा जानकारी दिई सेबा प्रदान गरियो तर अतिरिक्त सेबा प्रदान गर्नुको एक मात्र उद्देश्य शाखा कार्यालयहरुलाई दिएको बार्षिक बजेटलाई कसरी हासिल गर्ने भन्ने सम्बन्धमा मात्र ध्यान दिइयो । बैक तथा बित्तिय संस्थाले प्रदान गर्ने अतिरिक्त सेबाहरुमा न्युन जोखिम तथा कम लगानीमा नै बिशुद्ध नाफा कमाई हुने भएकाले प्राय बैकहरुले आफ्नो ग्राहकलाई यो सुबिधा लिन बारम्बार आग्रह गर्छन् । जसको अन्तिम उद्देश्य कुल नाफासँग सरोकार राख्दछ ।

यो अबस्थामा आईपुग्नु अगाबै सरकारले शिक्षा क्षेत्रको पहुँच हरेक क्षेत्रमा राम्रो सँग पु¥याउनु सकेको भए आज हाम्रो देशको साक्षरता दर निकै माथि पुगेको हुन्थ्यो र हामी आम नेपाली डिजिटल प्रबिधिको प्रयोग गर्न सक्षम हुन्थ्यौँ । अब सरकारलाईृ मात्र देष दिएर पनि यो समस्याको समाधान हुने होइन । आगमी दिनहरुमा क्रमबद्धताको सिद्धान्त अनुरुप नै साक्षरता दर बृद्धि हुँदै जानेछ । यसमा सरकारी तहबाट कस्ता किसिमको निति नियमहरु बन्ला ती भबिष्यका कुराहरु हुनेछ तर हरेक बर्ष जसरी भए पनि यो दर बढेर जानेछ ।

नेपाल रहेको सम्पुण बैक तथा बित्तिय संस्थाहरु, यसो भरिहँदा हामीले केही सहकारी संस्थाहरु जसले सिमित कारोबार गर्न नेपाल राष्ट्र बैकबाट इजाजत पत्र लिएका छन् समेतलाई बुझ्नु पर्ने हुन्छ यसको अनुगमन तथा सपरिबेक्षण गर्ने एक मात्र अधिकार नेपाल राष्ट्र बैकसँग छ । डिजिटल प्रबिधिको प्रयोगको ज्ञान आम नेपालीहरुमा न्युन हुनमा नेपाल राष्ट्र बैकको फितलो बैक तथा बित्तिय संस्था अनुगमन र सुपरिबेक्षण निति पनि हो भन्दा शायद आज यो संक्रमणकालीन अबस्थामा फरक पर्दैन । मुलत नेपाल राष्ट्र बैक, बैक तथा बित्तिय संस्था अनुगमनको नाममा बचत तथा क्रण कारोबारलाई मात्र सुपरिबेक्षण गरिरहेको छ । डिजिटल भुक्तानी सम्बन्धमा सचेतना मुलक कार्यक्रमहरु अनिबार्य रुपमा प्रदान गर्न आबश्यक निति पहिले नै बनाएर लागु भएको भए आज धेरै नेपालीहरुले यसको प्रयोग सम्बन्धमा चेतना हुन्थ्यो ।

म एक बैङ्कर भएको नाताले सम्पुर्ण सेबाग्राहीहरुमा अत्यन्तै आबश्यक परेको खण्डमामात्र सेबा लिन आउनहुन भनि बिनम्र अनुरोध गर्दछु । तपाईको जस्तै मेरो पनि आमाबुबाले मलाई सधै माया गर्नुहुन्छ । उहाँको साहरा म मात्र छु यदि म नै रहिन भने शायद उहाँको खुसी सदाका लागि डढेलो लाग्नेछ जुन यो जन्ममा कहिल्यै कसैले फरकाउन सक्ने छैन । जसरी इटाली जस्तो स्बास्थय क्षेत्रमा अब्बल मुलकले आफ्नो सानो गल्लीको कारण आज धेरै ठुलो समस्या भोगी रहेको छ त्यो कसैले भोग्न नपरोस् ।

हजुरहरुलाई सधै भगबान मान्ने
बैङ्कर
जिबन तामाङ्ग हाल सेञ्चुरी कर्मशियल बैक, फिदिम शाखा पाँचथर

प्रतिक्रिया

सम्बन्धित