‘तपाईलाई अफ्यारो परे खबर गर्नुहोस् घर–घरमै खाद्यन्य ल्याइदिन्छौं’ : जयनारायण साह– अध्यक्ष, झापा गाउँपालिका

कोरोना भाइरस कोभिड १९ को संक्रमणका कारण विश्वभर हजारौंले ज्यान गुमाएका छन् । विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमण नेपालमा फैलन नदिन सरकारले मुलुकलाई दुई सातादेखि कलडाउन गरेको छ ।

सरकारले अझैं लकडाउनलाई बढाएर थप सचेतना रहन सबैलाई आवहान गरिरहेको छ । सरकार पनि यतिखेर कोरोना संक्रमणका विरुद्धमा योजनाबद्ध ढङ्गले होमिएको छ । कोरोनाको प्रभावबाट मुक्त पार्न झापा गाउँपालिकाले के कस्ता कार्यहरू गरिरहेकाे छ तथा अागामी याेजनाहरू के कस्ता रहेका छन् लगायत विविध बिषयमा झापा गाउँपालिकाका अध्यक्ष जयनारायण साहसंग गरिएकाे कुकाकानी

काेराेना नियन्त्रणका लागी स्थानीय सरकारको हैसियतमा झापा गाउँपालिकाले अहिले के–के गरिरहेको छ ?

संसार नै कोरोना भाइसरको भूमरिमा फरिसरेको अबस्थामा झापा गाउँपालिका पनि त्यसबाट अछुतो रहन सक्दैन । संघीय सरकारले मुलुकलाई लकडाउन गर्नु भन्दा एक दिन अघि नै हामीले झापा गाउँपालिकालाई लकडाउन गरिसकेका थियौं । विहारसंग सिमा जोडिएको झापा गाउँपालिका त्यसैपनि उच्च जोखिममा छ । जोखिमलाई मध्यनजर गर्दै हामीले गत चैत १० गतेदेखि नै समग्र झापा गाउँपालिकालाई लक डाउन गरेर झापावासीलाई सचेतना अपनाउन विभिन्न उपायहरु सिकाउँदै आएका थियौ र अहिले पनि सचेतनाका कार्यक्रम घर –घरमा लिएर गइरहेका छौं ।

झापा गाउँपालिकामा विपन्न समुदायको बसोवास बढी छ । अहिलेको हाम्रो प्रमुख प्राथमिकता भनेको झापावासीलाई कसरी कोरोनाबाट सुरक्षित राख्ने र उनीहरुलाई खानाको व्यवस्थापन कसरी गर्ने भन्नेमै केन्द्रीत छ । जसका लागि हामीले पहिलो चरणमा सबै झापावासीलाई कोरोनाको संक्रमणबाट बच्न घर–घरमै पुगेर सचेतना शिक्षासंगै माक्स बितरण ग¥यौ । हामीले झण्डै २८ हजार पिस माक्स बितरण गरिसकेका छौं । त्यो संगै सावुन पानीले राम्ररी हात धुने, हिनडुल गर्दा माक्सको प्रयोग गर्ने , भीडभाडमा नजाने लगायतका सचेतना शिक्षा प्रदान गरेका छौं । अहिले संघीय सरकारले नै समग्र मुलुकलाई लकडाउन गरेका कारण हामीपनि संघीय सरकाको निर्देशनलाई पालन गरिरहेका छौं । अहिले झापा गाउँपालिका पूर्ण रुपमा लकडाउन छ । खाद्यन्यका पसल वाहेक अरु सवै पसल बन्द छन् । खाद्यन्य खरिदका लागि पनि दूरी कायम गरेर किनमेल गर्न सिकाइएको छ । अहिले सबै जनप्रतिनिधिको ध्यान आफ्ना गाउँवासीलाई कसरी सुरक्षित राख्ने र उनीहरुको ज्यान कसरी बचाउने भन्नेमा केन्द्रीत छ ।

विपद् व्यवस्थापनको काम चाँही कसरी गर्दै हुनुुहन्छ नि । अनि, विपन्न परिवारलाई राहतको पनि प्रश्न उठ्न सक्छ । के गर्दै हुनुहुन्छ ?

हामीले गाउँपालिका भित्र विपद् व्यवस्थापनका लागि समिति बनाएका छौं । गाउँपालिका स्तरीय मूल समिति छुट्टै छ भने प्रत्येक वडामा वडाध्यक्षको संयोजकत्वमा पनि समिति छ । सोही समितिले प्रत्येक नागरिको घर– घरमा पुगेर उनीहरुको अवस्था के छ ,उनीहरुलाई के कस्तो समस्या परेको छ त्यो वुझ्ने काम गर्दै राहत बाढ्ने काम भइरहेको छ । पहिलो चरणमा हामीले राहत पनि बाढी सकेका छौं । जो अति विपन्न छन् उनीहरुलाई हामीले गाउँपालिकाको तर्फबाट राहत बाढेका हौं र विपन्नको पहिचान गर्दै दोस्रो चरणको पनि राहत बाढ्ने कार्य जारी छ ।

झापा गाउँपालिकाको कूल घरधुरी कति हो अनि कति विपन्न परिवारको वसोवास रहेको छ ?

झापा गाउँपालिका भनेकै विपन्नहरु बस्ते गाउँपालिका हो । यहाँ झण्डै पाँच हजार परिवार विपन्न छन् । झापा गाउँपालिका जिल्लाको दक्षिण पूर्वी भू– भागमा रहेको छ । २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय बिकास मन्त्रालयले ७४४ स्थानीय तह लागू गर्दा झापा जिल्लामा साबिकको कुमरखोद, टाघनडुब्बा र शरणामति गाउँ बिकास समितिहरुलाई झापा गाउँपालिका बनाईएको हो ।

झापा गाउँपालिकाको कूल क्षेत्रफल ९४.१२ वर्ग कि.मि रहेको छ । यो गाउँपालिका ७ वडा मा विभाजन गरिएको छ । २०६८ को जनगणना अनुसार यस गाउँपालिकाको कूल जनसङ्ख्या ३४,६०१ रहेको छ । तर अहिलेको जनसंख्या करिव ४१ हजार पुगेको छ । यस गाउँपालिकाको सिमाना पूर्वमा बाह्रादशी गाउँपालिका, पश्चिममा गौरिगंज गाउँपालिका र शिवसताक्षी नगरपालिका उत्तरमा कन्काई नगरपालिका र दक्षीणमा बिहार (भारत) रहेको छ ।

आठ हजार तीन सयको हाराहारीमा घर धुरी रहेको झापा गाउँपालिकाका अति विपन्न परिवारको पहिचान गर्दै भीडभाड नगरी हामी जनप्रतिनिधि अहिले घरघरमै राहत पु¥याउने काम पनि गरिरहेका छौं । हामीले झण्डै २७ सय १९ परिवारलाई खाद्यन्य पु¥याइसकेका छौं । शुरुमा हामीले तथ्याङक संकलन गर्दा तीन हजारको हाराहारीमा गरेका थियौं तर, घर– घर गएर हेर्दा अवस्था त्यस्तो रहेनछ । अहिलेको पछिल्लो डाटामा हाम्रो गाउँपालिकामा पाँच हजार भन्दा बढी विपन्न परिवार रहेछन् । उनीहरुलाई खाद्यन्य पु¥याउनु पर्छ । सिमित श्रोत र साधनले मात्रै नपुग्ने भएपछि हामीले दाताहरुले प्रदान गरेको खाद्यन्य पनि वितरण गरिरहेका छौं । जसका लागि नेपाल सरकारकै मातहतमा रहेको खाद्य संस्थान मार्फत चामल खरिद गरेका छौं भने दाल,तेल, नून,सावुनका लागि २४ घण्टे टेण्डर आवहान गरेका छौं । न्यूनतम मूल्यमा जसले टेन्डर पार्छ उसैलाई सामग्री खरिदका लागि दिन्छौं ।

राहतका सामगीमा प्रतिपरिवार कति र के – के प्रदान गर्दै हुनुहुन्छ ?

हामीले सुरुको चरणमा माक्स बितरण गरेका थियौं । यो सचेतना शिक्षा अन्तरगत गरिएको हो । त्यसपछि हामी अहिले खाद्यन्य बितरण गरिरहेका छौं । खाद्यन्यमा चामल, दाल, नुन, तेल, सावुन आदि वितरण हुँदैछ । यो काम वडा कार्यालय मार्फत हुँदैछ । प्रतिपरिवारलाई १० केजी चामल, एक केजी नुन, एक केजी दाल, एक पोक तेल, एउटा सावुन दिन्छौं । हामी जनप्रतिनिधिले विपन्न परिवारको घर– घरमा सानो गाडीको सहायताले राहत बाढिरहेका छौं । कोही पनि स्थानीयवासीलाई हामी जनप्रतिनिधिले जम्मा हुन दिदैनौं । नीहरुलाई घर भित्रै सुरक्षित रहन आग्रह गर्दै आएका छौं ।

कुन वडाममा धेरै विपन्न परिवारको वसोवास छ ?

अधिकांश झापावासी विपन्न रहेछन् । त्यसमा पनि धेरै विपन्न परिवार भएको वडा ४ नम्वर रहेछ । यो वडामा शुरुको तथ्याङ्क हेर्दा ८ सय ४१ जना विपन्न परिवारको वसोवास देखियो । लकडाउन लम्विएसंगै विपन्नको संख्या बढेर जान्छ । विहान वेलुका खान नै नहुनेलाई मात्र हामीले त्यो शुरुको तथ्याङ्कमा समावेस गरेका थियौं । अब महिनादिनसम्म खान पुग्नेहरुलाई पनि राहत दिनु पर्छ । किनभने झण्डै महिना दिनसम्म लकडाउन हुँदा उनीहरुको पनि अवस्था उस्तै हुन्छ । गरिवीका कारण कोहीपनि भोकै मर्नु हुन्न । हामी ज–जस्लाई समस्या पर्छ सहयोग गर्दै जान्छौं । अहिले तथ्याङ्क हेर्ने हो भने वडा नम्वर १ मा ६०१ परिवार, २ मा ४५० परिवार, ३ मा ३४९ परिवार, ५ मा २८० परिवार, ६ मा २५६ परिवार र ७ मा २५० परिवार विपन्न छन् । यो प्रारम्भिक र पहिलो चरणको मात्रै हो । पहिलो चरणका लागि हामीले तीन सय क्वीटल चामल वाढेका छौं अझै दुई सय क्वीटल बाढ्ने तयारी गरिरहेका छौं ।

विपद्को पूर्ब तयारीका लागि क्वारेन्टाइन पनि बनाउनु भएको छ । कति बेडको क्वारेन्टाइन कहाँ–कहाँ बनाउनु भएको छ अनि क्वारेन्टाइनमा कति मानिसलाई राखिएको छ ?

सकभर विपद नआओस् । विपद्कै लागि भनेर हामीले दुई ठाउँमा २०÷२० वेडको क्वारेन्टाइन तयार गरेका छौं । डिल्लीराज मावि टाघनडुब्बा र जनता मावि शरणामतिमा छन् हाम्रा क्वारेन्टाइन । क्वारेन्टाइनमा २० जना मानिस छन् अहिले । त्यस्तै होम क्वारेन्टाइनमा पनि ३३ जना मानिस रहेका छन् । हामीसंग क्वारेन्टाइनमा भएका २० जना मानिसहरु भारतबाट आएका हुन् । जसमध्ये ११ जनालाई डिल्लीराज र ९ जना जनतामा तयार गरिएको क्वारेन्टाइनमा छन् ।

उनीहरुलाई खाद्यन्यको प्रवन्ध कसरी गर्नु भएको छ ?

शुरुमा गाउँपालिका आफैले खाद्यन्यको व्यवस्था मिलाएको थियौं । पछि सहारा नेपाल सहकारी संस्थाले खाद्यन्यको प्रवन्ध गरेको छ । अहिले हामीसंग क्वारेन्टाइनमा रहेका सबैलाई सहारा नेपालले खाद्यन्य प्रदान गरिरहेको छ ।

खुल्ला सिमाना छ भारतबाट लुकी छिपी हिडेर नेपाल प्रवेश गर्छन भन्ने सुनिन्छ के यो साँच्चो हो ? यदि हो भने त्यसलाई रोक्न के गर्दै हुनुहुन्छ । भारतमा धेरै संक्रमित भइसके भारतमा रहेका नेपालीहरु हिँडेरै यो नाका प्रयोग गर्दै आएभने उनीहरुको व्यवस्थापन कसरी गर्नु हुन्छ ?

भारतबाट आएका नेपालीलाई अहिले जसरी हामीले क्वारेन्टाइनमा राखेका छौं अब कोही यो टाघनडुब्बा नाका हुँदै व लुकी छिपी खुल्ला सिमानाको फाइदा उठाउँदै जो कोही नेपाल प्रवेश गर्छ उनीहरुलाई सर्वप्रथम १४ दिनसम्म क्वारेन्टाइनमा राख्छौं । पहिलो कुरा त हामी यो नाकाबाट कोही कसैलाई नेपाल प्रवेश नै गर्न दिदैंनौं । भारतपनि अहिले कलडाउन छ । सायदै नआउलान यो नाकाबाट । तर, पनि सुरक्षा निकायसंगको समन्वयमा हामीले नेपाल प्रहरी, सशस्त्र प्रहरीलाई निगरानी उच्च बनाउन भनेका छौं । हामीले पनि साथ दिएका छां । जसका लागि स्वयम् सेवक परिचालन गरिएको छ । हामीले प्रहरीसंगै स्वयमसेवक परिचालन गरेका कारण सायदै यो नाकाबाट केही नआउलान् । प्रहरीले पनि थप जनशक्ति व्यवस्थापन गरेको छ ।

अन्त्यमा झापा गाउँपालिका वासीलाई के सन्देश दिन चाहनु हुन्छ ?

सबैलाई संयमित रहन आग्रह गर्छु । लकडाउनको पूर्ण पालना गरैं भन्ने मेरो पहिलो सन्देश रहेको छ । यो समयमा तपाई सिङ्गो झापा गाउँपालिकावासी नआत्तिनु होस् । तपाईहरुसंग हामी छौं । यो विपद्को घडीमा तपाईहरुलाई केही हुँदैन यदि तपाइले सरकारको निर्देशन मान्नुभयो भने । वाँकी कुरा रह्रयो खाद्यन्यको, हामी तपाईलाई अफ्यारो परे खबर गर्नुहोस् घर–घरमै खाद्यन्य ल्याइदिन्छौं । यो काममा हामी सबै जनप्रतिनिधि जुटेका छौं । हाम्रो अन्तिम प्रयत्न भनेकै तपाईको सेवा गर्नु हो । आवश्यक परेको खण्डमा हामी हरदम तपाईको साथमा छौं । अत्यावस्यक काम बाहेक तपाई झापा गाउँपालिकानासी कोही पनि घरबाट वाहिर ननिस्कनुहोस् । प्रस्तुति – सुरेन्द्र भण्डारी

प्रतिक्रिया

सम्बन्धित

काठमाडाैंले गनेन ,अमेरिका गए : मधेसको विभेद देखेर फर्किएँ – डा.सिके राउत भन्छन

काठमाडाैंले गनेन ,अमेरिका गए : मधेसको विभेद देखेर फर्किएँ – डा.सिके राउत …

एपेक्स अस्पताललाई इटहरीकै उत्कृष्ट अस्पतालका रूपमा विकास गर्नेछु : लेखीराज शुब्बा

एपेक्स अस्पताललाई इटहरीकै उत्कृष्ट अस्पतालका रूपमा विकास गर्नेछु : लेखीराज शुब्…

विकास र समृद्धिका लागि मत दिएर हामीलाई साथ दिनुपर्छ : डा. सुनिलकुमार शर्मा

विकास र समृद्धिका लागि मत दिएर हामीलाई साथ दिनुपर्छ : डा. सुनिलकुमार शर्मा

यी ५ कुराले बढाउँछ उच्च रक्तचापको खतरा, हृदयघात हुनुअघि देखिन्छ यस्तो संकेत

यी ५ कुराले बढाउँछ उच्च रक्तचापको खतरा, हृदयघात हुनुअघि देखिन्छ यस्तो संकेत

बैज्ञानिक बन्ने लक्ष्य बोकेका दुर्गाको जीवनमा ‘पोइजन’ बन्यो बाल्यकालको बसाइँसराई

बैज्ञानिक बन्ने लक्ष्य बोकेका दुर्गाको जीवनमा ‘पोइजन’ बन्यो बाल्यकालको बसाइँसराई

बुवा रहुन्जेल कहिल्यै दुःखकाे महसुस नै भएन : कुन्ता शर्मा

बुवा रहुन्जेल कहिल्यै दुःखकाे महसुस नै भएन : कुन्ता शर्मा

‘काठमाडौंका प्रत्येक घर, खाली जग्गा र ‘फुटपाथ’मा रुख रोप्नुका साथै यस्ता छन् विकासका याेजना  : बालेन्द्र साह

‘काठमाडौंका प्रत्येक घर, खाली जग्गा र ‘फुटपाथ’मा रुख रोप्नुका साथै यस्ता छन् व…

सुन्दरहरैंचामा जसरी काम गरेँ, त्यसैगरी मतदाताले पनि न्याय गर्नु हुन्छ भन्ने विश्वासमा छु :    शिवप्रसाद ढकाल

सुन्दरहरैंचामा जसरी काम गरेँ, त्यसैगरी मतदाताले पनि न्याय गर्नु हुन्छ भन्ने वि…