फजुल खर्चले बिगारेको छ पारिवारिक बजेट

हामी अहिले २१ औं शताब्दीमा आधुनिक भइरहेका छौं। यो आधुनिकीकरणले अनुचित खर्चलाई निम्त्याएको छ। पहिले घरमा एक व्यक्ति कमाउने थिए । अरू आराम गर्दा पनि सबै पुगेको थियो । अहिले चार जनाले कमाउँदा पनि घर खर्च चलाउन गाहाे पर्छ। आज यदि हामीले एक महिनाको तलब प्राप्त गरेन भने व्यक्तिलाई समस्या हुन्छ । म आजको विलासी जीवनशैलीको विरुद्धमा छुइन, तर त्यो एक सीमा सम्म मात्र हुनु पर्छ। उदाहरणका लागि हाम्रो आम्दानीले खर्चको लागि हामीलाई कत्तिसम्म अनुमति दिन्छ त्यसमा पनि भविष्यका लागि निश्चित प्रतिशत बचत गरेर बांकी रहेको रकम आफ्नो पारिवारिक बजेट बनाएर हामीले खर्च गर्नु उपयुक्त हुन्छ। तर हामी बचत गर्नु त परै जाओस देखासिकीमा परेर झन उधारो लिएर पनि आम्दानी भन्दा बढी खर्च गर्छौं। यो कहाँको बुद्धिमानी हो। मानिसहरूले आज आफ्नो रवाफ देखाउन आफ्नो आम्दानी हेर्दैनन् किनकि प्रदर्शन आजको जीवनशैलीको हिस्सा बनिसकेको छ। यसले वस्तुहरूको अनावश्यक खरीदमा हामीलाई डोर्याउँछ । जसले गर्दा अनावश्यक कर्जाको बोझ बढन् जाऩछ । हामी कहिल्यै पनि यस कर्जाबाट मुक्त हुन सक्दैनौ।झुठो प्रदर्शनको चक्करमा सम्पूर्ण जीवन कर्जाको भारले थिचिएर अपहेलित हुनजान्छ।

आजभोली अनलाइन समानहरुको बिक्रि चलनमा छ । मान्छेहरु घर बसी बसी आफ्नो सुविधा अनुसार सामानहरु ओर्डेर गर्छन । घरमा बसी बसी आई पुगोस भने चाहन्छन । यहि मौकाको अनलाइन कम्पनीहरुले फाइदा उठाई रहेका छन् । कम्पनीहरुले यस्ता छुट्टका प्रस्तावहरु देखाउनछन् कि मान्छे ले चाहेको साथमा न चाहेका समान पनि छुटका मायाजाल मा फसेर ओडर गर्दी हाल्छन् । अब तपाई नै सोच्नु कि मान्छेको बजेट बानी बिग्रिन्छ कि बिग्रदैन ? आजभोलि निजी स्कूलहरूको शुल्कले आम मानिसको भाव छाेएकाे छ । देखावाटीको यो समाजमा मान्छे ले न चाहे पनि यस्ता स्कूलहरूमा आफ्ना बाल बालिकाहरुलाई पढ्न पठाई राखेका छन्। त्यस माथि टुयसन क्लासले मान्छेको बजेट बिगार्नमा केहि कसर बाँकी छोडेको छैन। आज भोलि धेरे यस्ता शिक्षण संस्थाऩहरु छन् । जसले विद्यार्थीहरुका भावना बाट खेल्दै परीक्षामा धेरै अंक आउने लोभ दिएर उनिहरुलाई महँगो प्राईवेट क्लासेस लिनु पर्छ भनेर तेता तिर धकेली रहेका छन् । आजको यो व्यास्त जीवनशैलीमा आमा बुवा सँग आफ्ना छोरा छोरीलाई पढाउने फुर्सत समेत छैन।

प्रियंका पेड़ीवाल अग्रवाल

लुगा महँगो छ अनि मात्रै राम्रो छ भन्ने याे आजको नयाँ पिढीको सोचाई भएको छ । त्यस्ता लुगा मात्रै ब्रान्डेड शोरुममा पाउँछन । ती महलहरुमा लुगाका दाम धेरै नै हुन्छन । जुन दाममा महलरुमा एउटा लुगा आउँछ अरु ठाउँमा सोहि दाममा चारवटा लुगा आउँछन । त्यस माथि आज भोलि फेशनले मौसम जस्तै रुप बदलिन्छ । एक पटक लाईसकेको लुगा अर्को चोटी लाउन कोई पनि चाहान्न साथै त्यसका मिल्ने पर्स र जुताको खर्च पनि व्योहोर्नु पर्छ। आजभोलिको आधुनिक युगमा मान्छेहरुलाई जे पनि लेटेस्ट चाहियो । जस्तै लेटेस्ट मोबाइल, लेटेस्ट कम्प्युटर, लेटेस्ट गेजेट्स जसले गर्दा मानिसहरु घर भित्रै बाँधिएर रही सकेका छन् । अब यसका फाइदा कम्पनीहरुले उठाईरहेका छन् । त्यस्ता सामानहरुका मोडीफायड भर्सन बनाएर उच्च दाम राखी बेची रहेका छन् । यति पैसामा त एक साधारण मानिसको हप्ता दिनको भोजनको व्यवस्था मिल्न जान्छ। यदि हाम्रा छिमेकी वा हाम्रा चिनेकाहरू कोही कतै घुम्न गएका छन् भने हामीलाई पनि तिनीहरु जस्तै दुनियाँलाई देखाउन कुनै नकुनै महंगो ठाउँमा घुम्न जानु नै पर्ने हुन्छ । देखासिकी को यस नराम्रो बानीले मध्यम वर्गको पारिवारिक बजेट संकटको भुमरीमा फस्न बेर लाग्दैन। यसबाट हाम्रो बजेट यसले बिगारेर नै छाडछ।

आजकल स्वस्थ्य रहनु एउटा फैशन जस्तै हुँदै गएको छ । यो कुरा अब कम्पनीहरुका लागि एउटा कमाउने राम्रो मौका बन्न पुगेको छ ।यहि क्रममा कम्पनीहरुले अब सब्जीलाई ओरगेनिक भनेर बेची रहेका छन् । उपभोक्ताहरु पनि यो कुरालाई राम्ररी नबुझी उनीहरूले भनेको भरमा महंगो किनेर आफ्नो घरको बजेट बिगारी रहेका छन् । आजकल मान्छेको लाइफ यति फास्ट भएको छ कि मानिसलाई आफ्नो घरको काम गर्नु सम्मको समय छैन। जसले गर्दा आजभोलि काम गर्नेहरुलाई बढी पैसा तिरी घरमा काम गराउने चलन बढेको छ । जसले घर खर्च माथि अनियमित बोझ बढाएको छ । फिट रहनु र देखिनु आजको फैशन भएको छ । जसले गर्दा फिटनेस सेन्टरहरुको माग बढेको छ । एक से एक उन्नत जिमहरु खुल्दैछन्। जसमा मान्छेको लागि सबै सुख सुविधाहरु छन् । यसले गर्दा मान्छेको खर्च बढ्न गएको छ जसले हरेक घर घरको बजेट बिगारीरहेकाे छ ।

प्रतिक्रिया

सम्बन्धित