नागरिकको उपचारमा निजि अस्पतालको चरम लापरबाही

अहिलेको अवस्थामा देशमा स्वास्थ्य क्षेत्र अरुवेलाभन्दा ज्यादै संवेदनशिल र चलाएमान हुनुपर्छ । तर विडम्बना देशका निजि अस्पताल आजभोलि ढोका बन्द गरेर बसेका छन् । कोरोनाको कारण देखाउदै सामान्य बिरामीको उपचार समेत गरेका छैनन् । कोहि नागरिक बिरामी भएपछि सुरुमा जाने भनेकै नजिकक अस्पताल नै हुन् । तर जब नागरिकलाइ अहिलेको अवस्थामा बढी आवश्यकता तेई बेला निजि अस्पतालले आफ्नो कर्तप्य पनि पुरा गर्न सकेनन । सामान्य ज्वरो, रुखाखोकी लागेका बिरामीलाई समेत परिक्षण नगरी सरकारी अस्पताल पठाउने गरेका छन् । भिभिन्न कारण र बहाना देखाउदै पन्छिने गरेका छन् ।

जब आफु अनुकुल छ सबै आफ्नै मात्र हालिमोहाली गर्ने प्रवृति हाबी भएको छ । अहिले सबै काम र जिम्मेवारी सरकारी अस्पताल र सरकारी चिकित्सकको हो भनि टाढिएका छन् । यो चरम लापरबाहीका साथै स्वास्थ्य क्षेत्रमा गैर जिम्मेवार पनको पराकास्ट हो । यस्तो खालको नागरिकको स्वास्थ्यमा खेलबाड गर्ने अधिकार कसले दियो । अस्पताल खोल्दा नागरिकको स्वास्थ्यको लागि हो भन्ने जब आवश्यकता पर्छ तब काम लाग्दैनन् भने किन खुल्ला राख्नु पर्यो भन्दा गरे भै गो नि ? सरकारले यस्ता अस्पातालको पहिचान गरि छिटो भन्दा छिटो कारबाही अगाडी बढाउनु पर्छ । यस्ता अस्पतालको गरि दर्ता खारेज लागि प्रक्रिया अघि बढाउनु पर्छ ।

अहिलेको अवस्थामा अस्पतालहरु भेन्टिलेटर खाली नभएर वा अरु नै केही समस्या भएर बिरामीको उपचार गर्न चिकित्सक असमर्थ भएको हुनु पर्छ भन्ने बहाना बनाउने गरेका छन् । कुनै निजि अस्पताल अस्पतालमा कोरोनाका लागि कुनै सुरक्षात्मक उपाय नभएका कारण कोरोनाको लक्षण मिल्ने बिरामीको उपचार गर्न असमर्थ रहेको स्वीकार गरेका छन् ।कोहि चिकित्सकहरु उपचार गर्ने क्रममा चिकित्सकले पनि धेरै जोखिम बहन गरिरहनु परेको बताउछन्। पीपीई पनि उपलब्ध नभएको र विश्वभर कोरोना त्रास बढिरहेका कारण कोरोनाको लक्षण मिल्ने बिरामीको उपचारमा चिकित्सक हच्किने गरेको उनीहरुको भनाइ छ। जस्तोसुकै परिस्थितिमा पनि उपचार दिन सक्नुपर्छ सबै अस्पताल र चिकित्सकहरुले होइन भने चिकित्सक र निजि अस्पताललाइ सरकारले बन्द गरि सम्पूर्ण स्वास्थ्य क्षेत्रलाई राष्ट्रियकारण गर्न आँट गर्नुपर्छ । निजि अस्पतालले पनि सबै किसिमको उपचार र जोखिम मोल्नु पर्छ । सबै खालको पूर्व तयारी गरेर बस्नुपर्छ र नागिरिकलाइ आइपर्ने हरेक किसिमका स्वास्थ्य समस्याको उपचार गर्न सक्नु पर्छ ।

तर कोरोना प्रभावको कारण देखाउँदै सामान्य ज्वरो आउने, रुघाखोकीका सामान्य बिरामीलाई त्यत्तिकै फर्काउँदा नागरिकले अकालमै ज्यान गुमाउनु पर्ने अवस्था आउनु गम्भीर गल्ती हो । कोही मान्छे कोरोना संक्रमित भए त्यही अनुसारको उपचार गर्नु पर्छ तर सबै खाले बिरामीले उपचार नै नपाउने अवस्था आउनु भनेको दु :खद् हो। यस्तो बहानाले पन्छिने अधिकार कसैलाई छैन ।

केहि निजि अस्पतालहरु सबै बिरामीलाई कोरोना संक्रमित देख्ने अस्पतालको नजरले समस्या जटिल बनेको छ ।बिरामीको आकस्मिक उपचार गराउनु पर्ने अस्पतालले अमानवियता प्रस्तुत गर्ने गरेको छन् । यस्ता अस्पताललाई सरकारले कारबाहीको दायरामा ल्याउनु पर्छ । आपतमा सर्वसाधारणलाई उपचार दिन नसक्ने अस्पताल बन्द गर्नु पर्छ ।

देशमा यस्तो अवस्था हुँदा निजि अस्पतालहरु उदासिन छन् । एउटा सामान्य नागिरिक जत्तिको जिम्मेवारी बोध नि छैन । मौका पर्दा मात्र पैसा महँगो पैसा असुल्ने तर आपत विपतमा रत्तिभर काम नलाग्ने । सबै विरामीलाई सरकारी अस्पताल जान भन्ने निजि अस्पताल साथसाथै चिकित्सकको पनि लाइसेंस खारेज गर्न सक्नु पर्छ सरकारले । यस्तो अवस्थामा निजि अस्पतालले पनि भरपुर साथ दिनुपर्छ । नागरिकको स्वास्थ्य माथि खेलबाड नगरी सबै किसिमका चाहिने सामग्री जुटाएर छिटो भन्दा छिटो निजि अस्पतालले पनि सेवा प्रदान गर्नुपर्छ। अन्यथा निजि अस्पताल माथिको नागरिकको भरोसा टुट्ने मात्र होइन विकल्प खोज्न नागरिक र सरकार दुवै तयारी अवस्था बस्नुपर्छ । चिकित्सा जस्तो सेवामुलक चिजलाइ सेवा सिमित राख्न सक्नुपर्छ । -गाैरादह झापा ( हाल अस्ट्रेलिया )

प्रतिक्रिया

सम्बन्धित