जेसीजले युवाहरुलाई सक्षम बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्दछ : गणेशप्रसाद भट्टराई

सुन्दरहरैंचा / शासन व्याक्तिकाे हाेइन विधिकाे हुनु पर्दछ भन्ने जेसीज आस्था रहेकाे इन्द्रपुर जेसीजले विभिन्न समयमा नेपाल जेसीजकाे तर्फबाट राम्रो कार्य सम्पादन गरे बापतमा उत्कृष्ट जेसीज अबाड समेत प्राप्त गर्न सफल भएको छ । इन्द्रपुर जेसीजले रक्तदान, जिल्लाव्यापी हाजिरी जवाफ प्रतियोगिता, वृद्धवृद्धाहरुलाई फलफुल वितरण, गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई स्टेशनरी, कपडा वितरण, समाजमा राम्रो काम गर्नेलाई पुरस्कार तथा बाढी र आगाेलागीबाट पिडित परिवारलाई राहत समाग्री वितरण गरि समाजमा महत्त्वपूर्ण कार्य गर्न सफल भएको छ । जेसीज सप्ताह जस्ता समाजसँग प्रत्यक्ष सरोकार राख्ने कामहरु नियमित रुपमा गर्दै आइरहेको छ । इन्द्रपुर जेसीजले सुन्दरहरैंचा नगरकाे पहिचान बढाएर परिचित गराउँन महत्त्वपूर्ण भूमिका निर्वाह समेत गरेकाे पाहिन्छ । व्यातित्व र नेतृत्व विकास अनि अनुसाशनका लागि इन्द्रपुर जेसीसमा यूवाहरुकाे ठूलाे अाशा र भराेसा रहेकाे छ ।

 

अहिले इन्द्रपुर जेसिजकाे वर्तमान अध्यक्षमा जेसी गणेशप्रसाद भट्टराई रहेका छन । उनी बेलबारी बहुमुखी क्याम्पस प्राध्यापक संङ्घका अध्यक्ष तथा सुकुना बहुमुखी क्याम्पसका प्राध्यापक समेत हुन । अध्यक्ष भट्टराईसँग इन्द्रपुर जेसीजकाे सेराेफेराेमा रहेर गरिएको समसामयिक कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।

इन्द्रपुर जेसीजको अध्यक्षमा निर्वाचित भएर कार्यभार सम्हाल्न पाउँदा कस्तो महसुस गर्नु भएको छ ?

सर्वप्रथम त म धेरै धेरै धन्यवाद दिन चाहन्छु इन्द्रपुर जेसीज परिवारलाई जसले एउटा विश्वासका साथ मलाई नेतृत्व हस्तान्तरण गरेको छ । नेतृत्व भन्ने बित्तिकै एउटा पाटो अवसरले भरिपूर्ण छ भने अर्को पाटोमा त्यति नै ठूलो चुनौति पनि रहेको हुन्छ । एउटा गहन जिम्मेवारी बोध भएको छ । खुशीका साथसाथै चुनौतिहरुलाई अवसरमा बदल्न कटिबद्ध पनि छु ।

तपाईंको विचारमा जेसीज के हो ? यसले के काम गर्छ ?

जेसीज भनेको १८ देखि ४० बर्ष उमेर समूहका उर्वर र सृजनशील युवाहरुको नेतृत्व, व्यक्तित्व र भातृत्व क्षमताको विकास गर्ने एउटा विश्वव्यापी संस्था हो । यो संस्थाको केन्द्रविन्दु व्यक्ति हो । यसले आफ्ना प्रत्येक सदस्यको नेतृत्व र व्यक्तित्व विकास गराउने कुरामा विश्वास गर्छ । यसले आफ्ना सदस्यहरुलाई उपयुक्त अवसरहरु उपलब्ध गराएर उनीहरुमा अन्तर्निहित प्रतिभालाई प्रस्फुटन गराई असल व्यक्तित्वको निर्माण गरी समाजलाई हस्तान्तरण गर्ने कार्य गर्दछ ।

इन्द्रपुर जेसीजले समाजमा गरेका मुख्य मुख्य कामहरु के के हुन् ?

मैले अघि नै भनिसकेको छु कि जेसीजको केन्द्रविन्दु भनेको व्यक्ति हो । व्यक्ति एक सामाजिक प्राणी हो । त्यसैले यो संस्था समाज निरपेक्ष हुनै सक्दैन । हाम्रो बुझाइ कमजोर हुनसक्छ तर असल, कर्तव्यनिष्ठ र जिम्मेवार नेतृत्वको निर्माण गरेर समाजमा सकारात्मक परिवर्तनका लागि एउटा कुशल नेता हस्तान्तरण गर्ने कार्य जेसीजले गर्दछ । जेसीजमा विशेष गरी ४ वटा अवसरका क्षेत्रहरु रहेका छन् । त्यसमध्ये समुदायमा आधारित क्षेत्र पनि महत्वपूर्ण रहेको छ । इन्द्रपुर जेसीजले रक्तदान, जिल्लाव्यापी हाजिरी जवाफ प्रतियोगिता, वृद्धवृद्धाहरुलाई फलफुल वितरण, गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई स्टेशनरी, कपडा वितरण, जेसीज सप्ताह जस्ता समाजसँग प्रत्यक्ष सरोकार राख्ने कामहरु नियमित रुपमा गर्दै आइरहेको छ । समाज रुपान्तरणमा युवाहरुको अहम् भूमिका सम्बन्धीका विभिन्न तालिमहरु पनि जेसीजले आयोजना गर्दै आइरहेको छ । यसरी युवाहरुलाई विभिन्न तालिमहरुको माध्यमबाट व्यक्तित्व र नेतृत्व विकास साथसाथै आफू बस्ने समाज प्रतिको दायित्व बोध गराउने कार्य जेसीजले गर्दछ । त्यसैले पनि जेसीज भित्र सामाजिक उत्तरदायित्वको भावना सदैव रहेको हुन्छ ।

तपाईँको कार्यकालमा इन्द्रपुर जेसीजको आगामी योजना के छ ?

जेसीजमा विशेष गरी चारवटा अवसरका क्षेत्रहरु रहेका हुन्छन् । व्यक्तिगत, सामुदायिक, व्यवसायिक र अन्तराष्ट्रिय । यी चारैवटा क्षेत्रहरुमा केन्द्रित रहेर मैले मेरो कार्ययोजना बनाएको छु । मेरो मुख्य लक्ष्य भनेको शाखामा विभिन्न सिपमूलक जीवन उपयोगी तालीमहरु सञ्चालन गरेर जेसीज सदस्यहरुको नेतृत्व र व्यक्तित्व विकास गर्नु रहेकको छ । विगत देखि इन्द्रपुर जेसीजले गर्दै आइरहेको अति आवश्यक कामहरुको निरन्तरता दिनेछु ।
त्यसैगरी यो वर्ष मैले लगानी सम्मेलन (Investment Summit) गर्ने योजना बनाएको छु । यसबारे सुन्दरहरैंचा नगरपालिका, उद्योग वाणिज्य, यस क्षेत्रका उद्योगी व्यवसायीहरु समाजका अग्रज तथा अग्रणी व्यक्तित्वहरुसँग निरन्तर छलफलको क्रममा छु । सकेसम्म बेलबारी नगरपालिकासँग पनि सहकार्य गरेर अगाडि बढ्ने योजना बनाएको छु । यो एउटा गौरवको योजना रहेको छ । मलाई विश्वास छ, तपाईँ हामी सबैको सकारात्मक सहकार्यका साथ यो योजना सफल बन्ने छ ।

युवाहरुले जेसीजमा आबद्ध हुनुपर्ने खास कारण चाहिँ के हाे जस्तो लाग्छ ?

युवाहरु परिवर्तनका संवाहक हुन् । उनीहरु भित्र असीमित संभावनाहरु रहेका छन् । अहिलेको पुस्ताको एउटा कमजोरी भनौ या बेवास्ता, उनिहरु आफूभित्र रहेको प्रतिभा र सम्भावनालाई पहिचान गर्न सकिरहेका छैनन् । जन्मदै कोही सक्षम र असक्षम हुँदैन । सबैसँग भिन्न भिन्न कला, क्षमता र विशेषता रहेको हुन्छ । जेसीजले विभिन्न किसिमका तालिमहरुको माध्यमबाट युवाहरुमा रहेका असिमित सम्भावनाहरुलाई प्रस्फुटित गराउने कार्य गर्दछ । एउटा नीडर, कुशल, असल र जिम्मेवार व्यक्तित्वको निर्माण गर्ने गर्दछ । यो संस्थामा कुनै पनि धर्म, लिङ्ग, भाषा, सिद्धान्त वा संस्कृतिको आधारमा विभेद हुँदैन । विधिको शासन अनि एक व्यक्ति, एक वर्ष, एक पद जस्तो अनुकरणीय र उदाहरणिय सोचका साथ स्थापना भएको यो संस्थामा युवाहरुको उपस्थिति अपरिहार्य रहेको छ ।

जेसीज भनेको पैसावालाहरुको संस्था हो भन्ने कतिपयको बुझाइ छ नि ?

मैले पनि सुनेको छु । पैसा नहुनेहरु जेसीज हुँदैनन् रे । सबैको आ–आफ्नो बुझाइ हुन्छ । तर भ्रम र यथार्थ बिच हामीले भिन्नता पहिचान गर्न सक्नु पर्छ । सदैव भ्रममा मात्र बाँचिरहने कि यथार्थलाई पनि बुझ्ने चेष्टा गर्ने यो व्यक्तिगत कुरा हो । मैले बुझेको जेसीजमा उमेर समूह (१८ देखि ४०) बाहेक अन्यकुरामा विभेद देखेको छुइन । बरु विभिन्न तालिमहरु र अवसरका माध्यमबाट युवाहरुलाई हरेक क्षेत्रमा सक्षम बनाउन जेसीजले महत्वपूर्ण भूमिका निर्वाह गर्दछ ।

जेसीजमा लागेर के पाएँ र के गुमाएँ जस्तो लागेको छ ?

जेसीजमा लागेर धेरैथोक पाएको अनुभूति भएको छ । सबैभन्दा महत्वपूर्ण कुरा एउटा भिन्न परिचय पाएको छु । साँच्चै भन्नु पर्दा यस क्षेत्रमा मेरो परिचयसँग जेसीज जोडिएको छ । मैले धेरै साथिभाइ कमाएको छु, सर–सहयोग, शुभकामना र भातृत्व कमाएको छु । मलाई केहि गुमाए जस्तो त लाग्या छैन तर पनि जेसीजमा लागे पश्चात् मैले मेरो मनभित्रको एक प्रकारको डर, त्रास, लज्जाबोध र निराशा सम्पूर्ण गुमाएको छु ।

८. जेसीजको कार्यभार ग्रहण गरिसके पश्चात् के कस्ता कार्यहरु गरिरहनु भएको छ ?

मैले इन्द्रपुर जेसीजले प्रजातन्त्र दिवसका दिन विगत वर्ष देखिनै नियमित रुपमा गर्दै आइरहेको रक्तदान कार्यक्रम सम्पन्न गरिसकेको छु । त्यसैगरी विभिन्न तालिम अनि सचेतनाका कार्यक्रमहरु गरिरहेको छु । अहिले कोरोना भाइरसले विश्वनै आक्रान्त बनिरहेको अवस्थामा अनि एक प्रकारको डर र त्रास फैलिरहेको समयमा इन्द्रपुर जेसीजले सुन्दरहरैँचा नगरपालिकाकाे प्रर्बद्वनमा नगरमा रहेका विभिन्न विद्यालयमा साथै वडा कार्यालयमा समेत यसको यथार्थ र भ्रमबारे सचेतना कार्यक्रम सञ्चालन गरिरहेकाे छ । प्रस्तुतकर्ता : मणिराम दाहाल / सुन्दरहरैंचा

प्रतिक्रिया

सम्बन्धित

काठमाडाैंले गनेन ,अमेरिका गए : मधेसको विभेद देखेर फर्किएँ – डा.सिके राउत भन्छन

काठमाडाैंले गनेन ,अमेरिका गए : मधेसको विभेद देखेर फर्किएँ – डा.सिके राउत …

एपेक्स अस्पताललाई इटहरीकै उत्कृष्ट अस्पतालका रूपमा विकास गर्नेछु : लेखीराज शुब्बा

एपेक्स अस्पताललाई इटहरीकै उत्कृष्ट अस्पतालका रूपमा विकास गर्नेछु : लेखीराज शुब्…

विकास र समृद्धिका लागि मत दिएर हामीलाई साथ दिनुपर्छ : डा. सुनिलकुमार शर्मा

विकास र समृद्धिका लागि मत दिएर हामीलाई साथ दिनुपर्छ : डा. सुनिलकुमार शर्मा

यी ५ कुराले बढाउँछ उच्च रक्तचापको खतरा, हृदयघात हुनुअघि देखिन्छ यस्तो संकेत

यी ५ कुराले बढाउँछ उच्च रक्तचापको खतरा, हृदयघात हुनुअघि देखिन्छ यस्तो संकेत

बैज्ञानिक बन्ने लक्ष्य बोकेका दुर्गाको जीवनमा ‘पोइजन’ बन्यो बाल्यकालको बसाइँसराई

बैज्ञानिक बन्ने लक्ष्य बोकेका दुर्गाको जीवनमा ‘पोइजन’ बन्यो बाल्यकालको बसाइँसराई

बुवा रहुन्जेल कहिल्यै दुःखकाे महसुस नै भएन : कुन्ता शर्मा

बुवा रहुन्जेल कहिल्यै दुःखकाे महसुस नै भएन : कुन्ता शर्मा

‘काठमाडौंका प्रत्येक घर, खाली जग्गा र ‘फुटपाथ’मा रुख रोप्नुका साथै यस्ता छन् विकासका याेजना  : बालेन्द्र साह

‘काठमाडौंका प्रत्येक घर, खाली जग्गा र ‘फुटपाथ’मा रुख रोप्नुका साथै यस्ता छन् व…

सुन्दरहरैंचामा जसरी काम गरेँ, त्यसैगरी मतदाताले पनि न्याय गर्नु हुन्छ भन्ने विश्वासमा छु :    शिवप्रसाद ढकाल

सुन्दरहरैंचामा जसरी काम गरेँ, त्यसैगरी मतदाताले पनि न्याय गर्नु हुन्छ भन्ने वि…