“दमनको राप” नाटकमा जिन्दावाद र मुर्दावाद काे नारा

सुन्दरहरैंचा / इटहरीमा म्याट्रिक्सको सभाहलमा “दमनको राप” नाटक प्रदर्शन गरिएकाे छ । वि.सं. २०४६ सालकाे जनआन्दोलन तथा प्रजातन्त्र प्राप्तीका लागि नेपाली जनताले गरेकाे संघर्ष र आन्दाेलनमा आधारित याे नाटक ३० वर्षपछि इटहरीमा देखाइएकाे हाे ।

सामाजिक तथा यथार्थवादी नाटक “दमनको राप” माघ १ देखि १८ गते सम्म इटहरीको म्याट्रिक्समा सार्वजनिक प्रदर्शन भएको हाे । कलाकार विक्रम श्री काे निर्देशन तथा आरम्भ नाट्य डवली धरानकाे प्रस्तुत गरेकाे नाटकमा लेखक (पत्रकार) गाेपाल देवानकाे प्रमुख भूमिकामा नाटक मञ्चन गरिएको थियाे ।

तत्कालिन अवस्थामा आन्दोलन दवाउन पञ्चायती शासकहरुले गरेका दमनलाई आधार बनाएर तयार गरिएको नाटक २०५२ सालपछि इटहरीमा प्रदर्शन हुदै आएको विक्रमश्रीले बताए । भाषा, साहित्य, कला-संस्कृति र पर्यटन विकासका याेजनाकारका रुपमा विक्रमश्री परिचित छन । कुनै समय साहित्यमा सक्रिय देवानलाई नाटक्रमा फेरि देख्न पाँउदा नयाँ पुस्तालाई उत्साह मिलेकाे छ । नाटक हेर्न पूर्वका २ हजार बढी दर्शकहरु आएका थिए । जनआन्दोलनमा भएकाे घटनाक्रमहरुलाई जीवन्त रुपमा देखाएकाे नाटक हेर्न आएका दर्शकहरूले बताए ।

प्रजातन्त्र प्राप्तिका लागि २०४६ सालकाे जनआन्दाेलन तथा प्रशासनकाे दमनलाई नाटकमा कथा र अभिनय मार्फत राम्ररी देखाएकाे नाटक हेर्न आउने स्रष्टा धनकुटे कान्छाले बताए । उनले भने दमनकाे राप नाटकले बलिदानी, प्रजातन्त्र तथा स्वतन्त्रता के का लागि र कसका लागि थियाे ? के अहिले त्यसकाे प्राप्ति जनतामा पुगेकाे छ ? अर्थात् देश कहाँ छ ? भनेर प्रश्न गर्दै बलिदानीकाे त्याग सम्झेर देश र जनताका लागि साँचाे अर्थमा देशलाई माया गर्न याे नाटकले प्रेरित गरेकाे छ ।

प्रजातन्त्र प्राप्ती पछी पुर्वान्चलको विभिन्न ३२ शहरमा सफलतापूर्वक प्रदर्शन गरिएकाे “दमनको राप” नाटकले माहानन्द पुरस्कार पाउन सफल भएको छ । नाटकमा चर्को नारा जुलुस गर्दै ‘मुर्दावाद, मुर्दावाद….. कसैलाई नछोड्…… तिमीहरू आन्दोलनमा उत्रेका रैछौ हैन?….. तँ किन भागेको हँ?……यहि हो भगौडा बन्दी?……प्रोफेसर तँ पढाउँन छाडेर आन्दोलनमा लागेको हैन?…… जस्ता संवादहरूले दर्शकहरु लाई माेहित पारेकाे थियाे । नाटकमा दिन र रातकाे परिवेश, दुःख लाग्दाे समयकाे भाेगाई अनि संघर्षकाे दुश्यले दर्शक भाबु बनेका थिए । सत्य घटनामा आधारित याे नाटक सातवटै प्रदेशमा प्रदर्शन गर्ने देवानले बताए ।

हरेक क्रान्तिको नेपथ्यमा अनसंख्यक पीडा र बलिदानहरु लुकेकाेले ०४६ सालको जनक्रान्तीमा प्रजातन्त्र प्राप्तिका लागि लडिरहेका वीर योद्धा हरुलाइ तत्कालिन राज्यपक्षले गरेको दमन र उनीहरुले भोगेको पीडाहरुलाई एउटा नाटक मार्फत कुशल रङकर्मी कलाकारहरुले रङमन्चमा कुशलता पूर्वक उतारेर सिनेमा झै प्रस्तुत गर्न सफल भएको प्रदेश सभा सदस्य लाेकप्रसाद सगाैलाले बताए । दमनकाे राप आफुलाई उत्कृष्ट लागेकाे इटहरीका अग्रज पत्रकार तथा साहित्यकार कृष्णविनाेद लम्सालले बताए । नाटकमा कवि तथा पत्रकार राजकुमार कार्कीकाे जिवन भाेगाइकाे चित्रण र एकजना कविलाई जेलमा थुनिएको दृष्यले दर्शकको मन तानेको थियाे । २ घण्टा २० मिनेट लामो नाटकमा आइ पी भट्टराई , दिपेन्द्रसिंह दर्नाल, कृष्ण तिम्सिना, अशेष तिम्सिना , नमिता चोगंवागं, मौषमी कार्की, शान्तिराम राई , कमानसिहं याम्फु लगायतका २५ जना कलाकारहरुले अभिनय गरेका छन । ।

प्रतिक्रिया

सम्बन्धित