पद्य कविता वाचन तथा आस्वादन समारोह सम्पन्न

सुन्दरहरैंचा / माेरङकाे सुन्दरहरैंचामा कविशिरोमणि लेखनाथ पौड्यालको १३६ औं जन्मजयन्तीको सन्दर्भमा पद्य कविता वाचन तथा आस्वादन समारोह सम्पन्न भएको छ । बिराट साहित्य समाजको आयोजनामा कवि पाैड्यालकाे सम्झना तथा सम्मान स्वरुप सुकुना बहुमुखी क्याम्पसमा कार्यक्रम भएको थियाे ।

समारोहको उद्घघाटन पूर्व सांसद तथा साहित्यकार हर्कमान तामाङले गरेका थिए । कार्यक्रममा प्रतिनिधि मुलक कविहरू मेदिनीप्रसाद बराल, आचार्य अ, मोहनप्रसाद काफ्ले, प्रेमप्रसाद भट्टराई, सोमप्रसाद भट्टराई तथा छवि वैरागी घिमिरेका दुई दुई वटा कविता वाचन भएका थिए । पद्य कविता वाचन तथा आस्वादन समारोहमा उल्लेखित स्रष्टाहरुलाई सम्मान पत्रका साथमा दाेसल्लाद्वारा सम्मानित समेत गरिएको थियाे ।

समारोहमा अतिथि कवि रोहिणि रसिक तथा टीका मिलन लगायतका कविता वाचन भए । कार्यक्रममा विराटनगर, धरान, इटहरी, बेलबारी, साथै स्थानीय साहित्यकारहरूको सहभागिता थियो । आयाेजक समाजका दिपक न्यौपानेले संचालन गरेकाे कार्यक्रम उमानाथ भट्टराईकाे सभापतित्वमा सम्पन्न भएको थियाे । विगत केही बर्ष अघि स्थापना भएको विराट साहित्य समाजले सुन्दरहरैंचा नगर क्षेत्रमा विभिन्न साहित्यिक गतिविधिका कार्यक्रम प्रस्तुत गरि भाषा , कला तथा साहित्यकाे क्षेत्रमा याेगदान पु- याउँदै आएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित