आहत हिपत कविता सङ्ग्रहकाे लाेकार्पण

सुन्दरहरैंचा / माेरङकाे सुन्दरहरैंचा स्थित नगरपालिकाकाे सभाहलमा शनिवार कवि छवि वैरागी घिमिरेकाे कविता सङ्ग्रह अाहत हिपत एक कार्यक्रमकाे अायाेजना गरि लाेकार्पण गरिएको छ ।

नाेबेल साकाेस साहित्य प्रतिष्ठान काठमाडौकाे आयाेजनामा कार्यक्रम भएको थियाे । पुस्तक लाेकार्पण कार्यक्रमकाे उद्घघाटन नगर प्रमुख शिवप्रसाद ढकालले गरेका थिए । कविता सङ्ग्रहकाे कवि घिमिरेका जीवन साथी तारा घिमिरेले प्रकाशन गरेकी हुन । उत्त कृतिमा प्रख्यात जादुगरहरु , चाेर बिरालाहरु , चियाेचर्चाे ,प्रेमकाे चस्मा , भत्किएको महल गरि ५५ वटा गधका कविताहरु समावेस गरिएको छ ।

अाहत हिपत कविता सङ्ग्राम लाेकार्पण कार्यक्रममा साहित्यकार आचार्य  पूर्व सासंद हर्कमान तामाङ , शिक्षासेवी लेखनाथ घिमिरे , प्राडा बद्रीविशाल पाेखरेल , प्राडा टंकप्रसाद न्याैपाने , डा. रमेश घिमिरे लगायतले समसामयिक साहित्यिक विषयबस्तु तथा घिमिरेकाे कविता सङ्ग्रह आहत हिपतकाे बारेमा शुभकामना मन्तव्य व्यक्त गरेका थिए । स्रष्टा तथा शिक्षासेवी दीपकप्रसाद न्याैपानेले संचालन गरेकाे कार्यक्रममा अायाेजक साहित्य प्रतिष्ठानका संस्थापक / संयाेजक राजन न्याैपानेले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रम अायाेजक साहित्य प्रतिष्ठानका अध्यक्ष सरस्वती गाैतमकाे सभापतित्वमा सम्पन्न भएको थियाे ।

प्रतिक्रिया

सम्बन्धित