देशका बिभिन्न शहरहरुमा तालिम प्रदान गर्दै जावलाखेल ग्रुप (भिडियो कुराकानी सहित)

ईटहरी । देशकै प्रतिष्ठित जावलाखेल ग्रुप अफ इण्डष्ट्रिजले देशका बिभिन्न शहरहरुमा हस्पिटालिटी तथा कस्टमर सर्भिस तालिम प्रदान गर्दै देश दौडाहामा निस्किएको छ । चितवन,सुनसरीको धरान र सुनसरीको ईटहरीमा सो तालिम सम्पन्न भएको छ । बुधबार धरानस्थित गजुर प्यालेस होटेल र बिहिबार ईटहरीको पाथिभरा होटलमा सो तालिम आयोजना गरियो । तालिममा होटलमा कार्यारत कर्मचारीलाई पाहुनासंग गर्ने व्यवहार, शिस्टाचार स्वागत, सत्कारका तरिका विषयमा प्रशिक्षण दिइएको आयोजकको दाबी छ ।

मदिराको बजारलाई व्यवस्थित तथा मर्यादित बनाउनुका साथै यसले होटलमा कार्यरत कर्मचारीको जीवनस्तर उकास्न र क्षमता अभिवृद्धि तथा सीप विकास गर्न सहयोग गर्ने जनाईएको छ । कार्यक्रममा विभिन्न होटेल, लज तथा यस सँग सम्बन्धित व्यापार व्यवसायमा संलग्न व्याक्तिहरुलाई तालिम प्रदान गरिएको छ । तालिममा अठार वर्ष देखि हस्पिटालिटी तथा कस्टमर सर्भिसको अनुभव प्राप्त हिमालयन ह्वाइट हाउस इन्टरनेशनल कलेजका प्रोग्राम हेड श्याम श्रेष्ठले तालिमको सहजिकरण गरिरहेका छन । प्रदेश १ पछि प्रदेश २ को जनकपुर त्यसपछि पोखरा, महेन्द्रनगर लगायतका स्थानमा तालिम आयोजना गरिने जनाईएको छ ।

नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग गर्ने उद्देश्यका साथ तालिमको आयोजना गरिएको आयोजकको भनाई छ । कार्यक्रमका बिषयमा जावलाखेल ग्रुप अफ ईन्डष्ट्रीका एचओडी बिजय मानन्धर ट्रेड मार्केटिङ प्रमुख ग्याभिन लेबरर र हिमालयन हवाईट हाउस ईन्टरनेशनल कलेजका प्रोग्राम हेड श्याम श्रेष्ठ सँग पूर्वेली न्यूजका लागी गरिएको भिडियो कुराकानी :

याे पनि पढ्नुहाेस्

धरानमा जावलाखेल ग्रुपकाे हस्पिटालिटी तथा कस्टमर सर्भिस तालिम सम्पन्न

प्रतिक्रिया

सम्बन्धित

काठमाडाैंले गनेन ,अमेरिका गए : मधेसको विभेद देखेर फर्किएँ – डा.सिके राउत भन्छन

काठमाडाैंले गनेन ,अमेरिका गए : मधेसको विभेद देखेर फर्किएँ – डा.सिके राउत …

एपेक्स अस्पताललाई इटहरीकै उत्कृष्ट अस्पतालका रूपमा विकास गर्नेछु : लेखीराज शुब्बा

एपेक्स अस्पताललाई इटहरीकै उत्कृष्ट अस्पतालका रूपमा विकास गर्नेछु : लेखीराज शुब्…

विकास र समृद्धिका लागि मत दिएर हामीलाई साथ दिनुपर्छ : डा. सुनिलकुमार शर्मा

विकास र समृद्धिका लागि मत दिएर हामीलाई साथ दिनुपर्छ : डा. सुनिलकुमार शर्मा

यी ५ कुराले बढाउँछ उच्च रक्तचापको खतरा, हृदयघात हुनुअघि देखिन्छ यस्तो संकेत

यी ५ कुराले बढाउँछ उच्च रक्तचापको खतरा, हृदयघात हुनुअघि देखिन्छ यस्तो संकेत

बैज्ञानिक बन्ने लक्ष्य बोकेका दुर्गाको जीवनमा ‘पोइजन’ बन्यो बाल्यकालको बसाइँसराई

बैज्ञानिक बन्ने लक्ष्य बोकेका दुर्गाको जीवनमा ‘पोइजन’ बन्यो बाल्यकालको बसाइँसराई

बुवा रहुन्जेल कहिल्यै दुःखकाे महसुस नै भएन : कुन्ता शर्मा

बुवा रहुन्जेल कहिल्यै दुःखकाे महसुस नै भएन : कुन्ता शर्मा

‘काठमाडौंका प्रत्येक घर, खाली जग्गा र ‘फुटपाथ’मा रुख रोप्नुका साथै यस्ता छन् विकासका याेजना  : बालेन्द्र साह

‘काठमाडौंका प्रत्येक घर, खाली जग्गा र ‘फुटपाथ’मा रुख रोप्नुका साथै यस्ता छन् व…

सुन्दरहरैंचामा जसरी काम गरेँ, त्यसैगरी मतदाताले पनि न्याय गर्नु हुन्छ भन्ने विश्वासमा छु :    शिवप्रसाद ढकाल

सुन्दरहरैंचामा जसरी काम गरेँ, त्यसैगरी मतदाताले पनि न्याय गर्नु हुन्छ भन्ने वि…