विराटचाेकमा सडक नाटक जीवनका भुलहरु हुने

सुन्दरहरैचा / माेरङ सुन्दरहरैंचाकाे विराटचाेकमा चेतना मुलक सडक नाटक जीवनका भुलहरुकाे मंसिर १५ गते बाट १२ नं. वडा भरि हुने भएको छ । सुन्दरहरैंचा सांस्कृतिक परिवारकाे अायाेजनामा चेतना मुलक सडक नाटक हुने भएको हाे । ३ दिन सम्म संचालन हुने सडक नाटक खाेर्साने , क्याम्पस माेड , सुन्दरहरैंचा नपा भवन अगाडी लगायत शुक्रबारे चाेकमा प्रर्दशन हुने अायाेजकले वडा कार्यालयमा पत्रकार सम्मेलनकाे अायाेजना गरि जानकारी गराएकाे छ । पत्रकार सम्मेलनमा टिसट अानावरणकाे कार्यक्रम समेत गरिएको थियाे ।

पत्रकार सम्मेलनकाे अवसरमा प्रदेश सभा सदस्य राजकुमार अाेझा प्रमुख अतिथि थिए । उनले कार्यक्रम एक दिनका लागि मात्र नभएर निरन्तर रुपमा चलाउनु पर्ने भएकोले कुलतमा फसेर लागू अाैषधीकाे प्रयाेग गर्नेहरूलाई चेतना प्रदान गर्नका लागि यस्ता खालका नाटककाे अावश्यक भएको बताए । उनले युवा साथीहरुले कविता , लेख नाटक तथा अन्य कुराकाे माध्यमबाट चेतनाकाे विकास गर्नु पर्ने भएकोले नाटक सफलता पूर्वक सम्पन्न भएर समाज सुधारमा मद्दत पुन्ने विश्वास लिएकाे उल्लेख्य गरे ।

सिद्वार्थ बाेडिङ स्कुलका विधार्थी कलाकारहरुकाे भुमिका रहने चेतना मूलक नाटक जीवनका भुलहरुकाे लेखक तथा निर्देशक अान्नद बस्नेत रहेका छन । उनले नाटक प्रर्दशन पछि अाेरेन नेपाल संग समन्यन गरेर छात्राहरुलाई प्याड वितरणकाे कार्यक्रम समेत गरिने याेजना रहेको बताए । सुन्दरहरैचा सांस्कुतिक परिवारले केही केहि समय अगाडी प्रथम सुन्दरहरैंचा अाइडलकाे कार्यक्रम समेत भव्य रुपमा सम्पन्न गरेकाे थियाे ।

प्रतिक्रिया

सम्बन्धित