कविता : आत्माको माँया

टिका खनाल (घायल)

मायँलु बोलि मिठो त लाग्छ संगेल्न सकिन, आत्माले दिएँ बचन तर बाहिर भनिन
बचन भन्दा आत्माको माँया गाडा नै बन्दछ, बाहिरी रुपी संसार भए आत्मा के देख्दछ ?

आत्मा चै बने ममता राख्ने बचन भएन, आत्माको चोखो पिरती गाँस्न अरु चौ गएन
हितको कुरा गर्दछन् कोहि शत्रु त ठान्दछन्, असल भन्दा खराब कुरा छिटो नै टिप्दछन् ।
:
कसरी बोलाउँ मनमा धेरै तर्कना राख्दछु, मुखमा आएका बचन पनि बिर्षेझैँ हुँदछु ।
आतेस पछ भनुँ कि केहि बोलि नै फुट्दैन फुटेको बोलि सुन्नको लागि कोहि नै जुट्दैन ।

बाहिरी रुप भएका पुग्छ यो कस्तो रित हो आत्माको माया फितलो देख्ने यो कस्तो प्रित हो ।
चाहिन्न किन बुद्धिको खेल अपँङ्ग ठानिन्छ आत्माले धोखा पाएको बेला तिरले हानिन्छ ।

प्रतिक्रिया

सम्बन्धित