सभामुखको न्युज ब्रेक गर्ने पत्रकारले भने : सुरक्षा थ्रेट बढ्याे

ईटहरी । केही दिनयता एउटा समाचारले नेपाल लगायत अन्य देशमा समेत ठुलै तरंग सिर्जना गरेको छ । सभामुख कृष्णबहादुर महराले सांसद सचिवालयमा काम गर्ने एकजना महिला कर्मचारीलाई उनकै कोठामा गएर जबरजस्ती बलात्कार गरेको ती महिलाले आरोप लगाएपछि यतिबेला नेपालमा ठुलै तरंग सिर्जना भएको छ ।

सोही घटनापछि सभामुख महराले राजीनामा समेत दिईसकेका छन । ती महिलाले आफु पिडित भएको भन्दै पत्रकार सामु दिएको बयान समेत फेरीसकेकी छिन । उनले आफुले महरालाई बाबु समान मान्ने र उहाँलाई लगाएको आरोप गलत भएको बरु पत्रकारले उल्टै आफुले भनेको कुरा बंगाएर प्रस्तुत गरेको भन्दै रोष प्रकट गरिरहेकी छिन । यसै सन्र्दभमा सोही समाचार र भिडियो अन्तरबार्ता पहिलोपटक प्रकाशन गर्ने पत्रकार अजयबाबु शिवाकोटी सँग हामीले घटनाका सेरोफेरोमा रहेर कुराकानी गरेका छौँ । शिवाकोटी सँग पूर्वेली न्यूजका लागी गरिएको कुराकानीका सम्पादित अंशहरु :

तपाइले ब्रेक गर्नु भएको समाचारले सभामुख राजीनामा दिन बाध्य हुनु भयो तर पीडित भनिएकी महिलाले तपाइमाथि समाचार तोडमोड गरेको आरोप लगाउनुभयो नी ?

उनले मलाइ देखाएका प्रमाणका आधारमा उनी पीडित रहेको अनुभूति भएपछि यसलाई सार्वजनिक गर्नु पर्छ भनेर यस घटनालाई बाहिर ल्याएको हो । उनले ठुलो दबाब र प्रभावमा पछि बोली फेरेको हुनसक्छ । पीडित भनिएकी महिला वास्तवमा पीडित नै हुन उनको शारीरिक अवस्था र अन्य प्रमाणले पनि यसको पुष्टि गर्छ ।

अजयबाबु शिवाकोटी (पत्रकार)

देशको राजनीतिमा नै तरङ्ग आउने समाचार ब्रेक गर्नु भएको छ , आफूलाई कति सुरक्षित महसुस गर्नु भएको छ ?

पक्कै पनि देशमा यति ठुलो तरङ्ग आउने समाचार सार्वजनिक गर्दा सुरक्षा चुनौति हुन्छ नै । मैले र परिवारले पनि यो सुरक्षा चुनौतिको महसुस गरेका छौँ । नेकपा निकटका केही ब्याक्तिहरूले मलाइ तह लगाउने योजना बनाएको सूचना पनि प्राप्त गरेको छु । तत्कालीन सभामुखमा छोराहरूले हतियार सहितको तस्बिर सार्वजनिक गर्दै डरको र भयको अवस्था सिर्जना गर्न खोज्नु भएको छ ।

तपाइलाई समाचार प्रकाशन गर्नु पूर्व समाचार रोक्न कति सम्मको दबाब आयो ?

समाचार प्रकाशन गर्नुपूर्व निक्कै धेरै दबाबहरू आएका थिए । तत्कालीन सभामुख निकटका व्यक्तिले बारम्बार समाचार रोक्न दबाब दिइरहनुभयो । तर मैले समाचार रोक्न नमिल्ने र महिला पीडित भएकाले यसलाई सार्वजनिक गर्नै पर्ने जवाफ दिए । समाचार रोक्न त तत्कालीन सभामुख महराबाट पनि दबाब आएको हो । ती महिलाले आरोप लगाएपछि सभामुख महरालाई तपाइ माथि यति ठुलो आरोप लागेको छ भनेर कुरा राख्दा उहाँले अहिले यो समाचार सार्वजनिक नगर्नुहोस, कर्मचारी समायोजनमा चित्त नबुझेर त्यो आरोप लगाइन होला म पछि कुरा गर्छु भन्ने जवाफ आयो ।

कतै ती महिलाले तपाइसँग बेहोसमा त कुराकानी गरेकी थिइनन् ? कुराकानी गर्दा तपाइले कतै त्यस्तो महसुस गर्नु भएन ?

ती महिला पुरा होसमा नै थिइन । ती महिलाले दिएको लोकेसनले नै म उनको घर सम्म पुगेको हो । अनौपचारिक गफमा उनले पटक पटक आँशु झारेकी छन् । आफू सभामुखबाट नै अन्यायमा परेकाले केही उच्च स्तरीय नेतालाई जानकारी गराएको तर कसैले पनि कुरा नसुनेपछि मिडियामा आएको बताएकी छिन् । सभामुखका छोरालाई म्यासेज पाठएकी छन् । यस्तो मान्छे कसरी बेहोसी हुन सक्छ ।

केही घण्टामा नै ती महिलाको बोली फेरिनु पछाडिको कारण केहो जस्तो लाग्छ ?

ठुलो दबाब र प्रभावमा उनले आफ्नो बोली फेरेकी हुन । उनलाई पारिवारको प्रयोग गरी ठुलै दबाब दिएको हुन सक्छ । केही समय ती महिला फोन अफ गरेर बेपत्ता भएकी थिइन त्यो समय उनी कहाँ गइन वा कहाँ लगिएको थियो , त्यस बिचमा उनलाई कति दबाब बा प्रभावमा पारियो यसले पनि बोली फेरिनुमा ठुलो अर्थ राख्छ । सरकारको नेतृत्व गरेको दम्भ र बलमा यस घटनालाई मोड्न खाजिदैछ त्यसले यसमा सबै सचेत हुन आवश्यक छ ।

अन्त्यमा के भन्न चाहनु हुन्छ ?

यो घटनालाई जसरी मोड्न खोजिएको छ त्यो गलत छ । यसलाई विभिन्न बहानामा मिलाउने भन्दा पनि कानुनी उपचार खोज्जु नै उपयुक्त हुन्छ । सभामुख महरा, उहाँको परिवार र शुभचिन्तकलाई हतार नगर्न र संयम हुन अनुरोध गर्दछु ।

प्रतिक्रिया

सम्बन्धित

काठमाडाैंले गनेन ,अमेरिका गए : मधेसको विभेद देखेर फर्किएँ – डा.सिके राउत भन्छन

काठमाडाैंले गनेन ,अमेरिका गए : मधेसको विभेद देखेर फर्किएँ – डा.सिके राउत …

एपेक्स अस्पताललाई इटहरीकै उत्कृष्ट अस्पतालका रूपमा विकास गर्नेछु : लेखीराज शुब्बा

एपेक्स अस्पताललाई इटहरीकै उत्कृष्ट अस्पतालका रूपमा विकास गर्नेछु : लेखीराज शुब्…

विकास र समृद्धिका लागि मत दिएर हामीलाई साथ दिनुपर्छ : डा. सुनिलकुमार शर्मा

विकास र समृद्धिका लागि मत दिएर हामीलाई साथ दिनुपर्छ : डा. सुनिलकुमार शर्मा

यी ५ कुराले बढाउँछ उच्च रक्तचापको खतरा, हृदयघात हुनुअघि देखिन्छ यस्तो संकेत

यी ५ कुराले बढाउँछ उच्च रक्तचापको खतरा, हृदयघात हुनुअघि देखिन्छ यस्तो संकेत

बैज्ञानिक बन्ने लक्ष्य बोकेका दुर्गाको जीवनमा ‘पोइजन’ बन्यो बाल्यकालको बसाइँसराई

बैज्ञानिक बन्ने लक्ष्य बोकेका दुर्गाको जीवनमा ‘पोइजन’ बन्यो बाल्यकालको बसाइँसराई

बुवा रहुन्जेल कहिल्यै दुःखकाे महसुस नै भएन : कुन्ता शर्मा

बुवा रहुन्जेल कहिल्यै दुःखकाे महसुस नै भएन : कुन्ता शर्मा

‘काठमाडौंका प्रत्येक घर, खाली जग्गा र ‘फुटपाथ’मा रुख रोप्नुका साथै यस्ता छन् विकासका याेजना  : बालेन्द्र साह

‘काठमाडौंका प्रत्येक घर, खाली जग्गा र ‘फुटपाथ’मा रुख रोप्नुका साथै यस्ता छन् व…

सुन्दरहरैंचामा जसरी काम गरेँ, त्यसैगरी मतदाताले पनि न्याय गर्नु हुन्छ भन्ने विश्वासमा छु :    शिवप्रसाद ढकाल

सुन्दरहरैंचामा जसरी काम गरेँ, त्यसैगरी मतदाताले पनि न्याय गर्नु हुन्छ भन्ने वि…