‘नेकपा सरकारका काण्डै–काण्ड’ सार्वजनिक

काठमाडौँ / नेपाली कांग्रेसका नेता नैनसिंह महरले ‘नेकपा सरकारका काण्डै–काण्ड’ नामक पुस्तक सार्वजनिक गरेका छन् । सोमबार राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवा र महामन्त्री शशांक कोइरालाले पुस्तक विमोचन गरेका हुन् ।

दुई तिहाइको सरकारले सन्तोषजनक काम गर्न नसकेको भन्दै आलोचना भइसकेको बेला उक्त पुस्तक बजारमा आएको हो । पुस्तकमा वर्तमान सरकारको पालामा भएका सुन काण्ड, सिन्डिकेट काण्ड, निर्मला काण्ड, ठेक्कापट्टा काण्ड, गाई काण्ड, भ्रष्टाचार काण्ड, विधेयक काण्ड, बालुवाटार काण्ड, गुठी काण्ड, बजेट काण्डलगायत एक सय २० बढी सरकारका जनविरोधि काण्ड समेटेको लेखक महरले बताएका छन् ।

लेखक महरले वर्तमान सरकार देश र जनताप्रति उत्तरदायी हुनुभन्दा दुई तिहाइको दम्भमा एकपछि अर्को काण्ड गर्दै अगाडि बढेकाले आफू पुस्तक लेख्न बाध्य भएको बताएका छन् ।

कार्यक्रममा बोल्दै सभापति देउवाले सरकार राज्यका सबै सत्ताहरू आफ्नो हातमा लिएर सर्वसत्तावाद मार्फत कम्युनिस्ट अधिनायकवादतर्फ उन्मुख भएकोले सर्वसत्तावादको खिलाफमा जनमत तयार उक्त पुस्तकले पुस्तकले महत्वपूर्ण योगदान पुर्‍याउने बताए ।

प्रतिक्रिया

सम्बन्धित