महाकुलुङ हेरिटेजू ट्रेलका लागि पहल गर्ने कि ?

विश्वका कुनै पनि जातजातिको उत्पत्ति थलो अर्थात् ऐतिहासिक भूमि हुन्छ । अझ आदिवासी हुनका लागि त पहिलो सर्त नै उत्पत्ति थलो अर्थात ऐतिहासिक भूमि हुनुपर्ने हुन्छ । त्यसैले यहाँ उत्पत्ति थलो अर्थात ऐतिहासिक भूमि, वंश–परम्परा, आदि अनादि कालदेखि पूर्खाहरुले खाईखेली आएको खोलानाला, वनजंगल, अरुको भन्दा फरक र छुट्टै मातृभाषा, चाडपर्व, रहनसहन, संस्कार, संस्कृति, भेषभुषा, धर्म, जीवनचक्र, परम्परागत कानुन, हामी कुलुङ हौं भन्ने भावना, आपैmभित्र (कुलुङ–कुलुङबीचमै) विवाह गर्ने प्रचलन आदि भएको कुलुङ जातिका बारेमा छोटकरीमा चर्चा गर्ने प्रयास गरिएको छ ।

विसं २०४६ को राजनैतिक परिवर्तनसँगै आएको खुल्लापन, सूचना, सञ्चार र प्रविधिको विकाससँगै बाहिरी दुनियाँमा राई ! भनी चिनिन थालेका समुदाय पनि हुन् ‘–कुलुङ ।’ जो विसं २०४६ को परिवर्तनअघि खास कुलुङहरु धेरै कम मात्रै (महाकुलुङ) बाहिरी दुनियाँमा चिनिन्थे, रम्थे । त्यसैले यहाँ नेपालका प्राचीन जातिहरुमा पर्ने किरात महाजाति भित्रका एक जाति ती कुलुङ जातिका बारेमा छोटो चर्चा गर्ने प्रयास गर्दै उनीहरुको उद्गथलो ‘महाकुलुङ’ भूमिलाई “महाकुलुङ सम्पदा पदयात्रा मार्ग (‘महाकुलुङ हेरिटेज ट्रेल’)” को रुपमा पर्यटकीय हिसावले विकास गर्न किन ढीला र्ने ? भनी यहाँ एक चर्चा परिचर्चा गरिएको छ । किनभने रसुवामा “तामाङ सम्पदा पदमार्ग÷तामाङ हेरिटेज ट्रेल” निर्माण गरिएको छ । जुन सफल पनि भएको छ ।

निनाम कुलुङ ‘मंगले’

ज्े होस्, पूरानो भगौलिक विभाजनअनुसार सगरमाथा अञ्चल (हाल १ नम्बर प्रदेश) को सोलुखुम्बु जिल्लाको उत्तर–पूर्वी क्षेत्रको छेस्खाम, बुङ, गुदेल सत्तो (सोताङ), पावै आदि गाविसहरुलाई ‘महाकुलुङ भूमि’ भनी चिनिन्छ । हाल किरात संवत् (यले दोङ ५०७९) चल्दै छ भने कुलुङ समुदायको जीवनचक्रअनुसार गएको पुस १५ गतेदेखि यले दोङ ५०७९ सुरु भयो भने,कल जीवन चक्रअनुसार पहिलो महिनाको नाम चाक्चाकूर हो । जस्तो कि विक्रम संवत्को पहिलो महिनाको नाम वैशाख भने झंै कुलुङ जीवनचक्र अनुसार यले दोङको पहिलो महिना हो ‘–चाक्चाकूर ।’

क्ेही वर्ष अघिदेखि ‘महाकुलुङ’ क्षेत्र (गापा) को गुदेलमा आन्तरिक विमानस्थल बनाउका लागि पहल भैरहको छ । फलतः गत वर्ष त्यसका लागि सर्भेको काम र स्थानीयवासीहरुका लागि पूर्व सुसूचित हुने अधिकारका लागि (सूचना निकाल्ने काम) समेत भएको छ । त्यसो त धेरै लामो समयसम्म सडक सञ्जालले नछोएको महाकुलुङ क्षेत्रलाई हाल कच्ची सडकले पनि छोएको छ । जे होस्, कुलुङ जातिभित्रै विभिन्न भाषिका छ । त्यस्तै ऐतिहासिक र परम्परागत भूमि छ भन्ने त माथि नै वर्णन गरिसकियो । त्यसबाहेक जसरी अरु समुदायमा आफ्नै जातिभित्र विवाहवारी गर्नका लागि थर र उपथरहरु रहेको हुन्छ । कुलुङहरु आफ्नै कुलुङ जातिभित्र विवाहवारी गर्ने गर्छन् । बाहिरियाहरुले स्थानीय कुलुङ बूढापाकासँग कुराकानी हुँदा उनीहरुलाई दोभाषे चाहिन्छ । अर्थात् गैर आदिवासीहरुसँग कुलुङ बूढापाकाहरु खस (नेपाली) भाषामा दोहोरो सम्वाद गर्न सक्दैनन् । महाकुलुङ क्षेत्रमा भाषा, संस्कार, रीतिरिवाज, भेषभुषा, रहनसहन, कला, संस्कृति आदि जीवित रहे तापनि आधुनिक विकासले भने अपेक्षित गति लिन सकेन ।

महाकुलुङ क्षेत्र किन एकल जातीय वस्ती भयो ? समाजशास्त्रीय भाषामा “इन्डोग्यामस” पनि भनिने कुलुङ जातिको मात्रै एकल जातीय बसोवास कसरी संभव भयो, महाकुलुङ क्षेत्रमा ?, नेपालको सन्दर्भमा नृवंशशास्त्री, जातिशास्त्री, मानवशास्त्री, समाजशास्त्री, भाषाशास्त्री, संस्कृतिविद लगायत अन्य खोज अनुसन्धानकर्ताहरुका लागि खोज अनुसन्धान गर्नका लागि एक रोचक विषय हुन सक्छ । त्यसो त मानव सभ्यता ढुंगे युग हुँदै शिकारी युग अनि कृषि युगमा प्रवेश गरेको मानिन्छ भने हाल मेसिन अर्थात् औद्योगिक युग चली रहेको छ । हुन त हाल सुपर सोनिक हुँदै हाइपर सोनिकमा युगमा पुगेको मान्नेहरु पनि कम छैनन् । निश्चय नै विज्ञान प्रविधिले फड्को मारेकै हो ।

तर, सुन्ने मान्छेहरुलाई (खासगरी छुत–अछूत मान्ने समाजमा हर्के÷बढेकाहरुलाई) अचम्म लाग्ने विषय के हो भने, केही समय अघिसम्म कुलुङ समुदायका मान्छेहरु आफैले आफ्नो समुदायलाई चाहिने विभिन्न कृषिजन्य घरायसी माल सामानहरु बनाउने गर्थे । जस्तै शिकार खेल्न चाहिने बन्दुक, भाला आदि अनि कृषिका लागि चाहिने कोदालो, कुटो, फाली त्यस्तै घरायसी प्रयोगका भाँडाकुँडाहरु पनि कुलुङ समुदायभित्रकै विभिन्न थरका कुलुङहरुले नै बनाउँथे । जस्तै गोक्तुलु, मोरोखु, वारोखु थरका कुलुङहरुले नै त्यस्ता सामग्रीहरु बनाउँथे । तर, कुलुङ जातिमा कामकै आधारमा छुवाछूत गर्ने प्रचलन भने थिएन । हुन पनि यस पंक्तिकासँगको भेटमा पहिले महाकुलुङ गुदेल गाविसको चाचालुङ बसेका र, हाल बुङमा बसाई सरेर आएका रामकाजी सेन्च्युरी (बिक) आफैले तत्कालीन गुदेल गाविसको चाचालुङ गाउँमा एक मोरोखु थर (थरलाई कुलुङहरु पाछा भन्छन्) का मान्छेले बटुका बनाएको देखेको र फलाम, तामा आदि कुट्दा पाता अढ्याउने (कुलुङ भाषामा लिङ÷लिङ्खो÷लिक्खो) देखेको बताउँछन् ।

यसरी हेर्दा जसरी रसुवा जिल्लाको ब्रिदिम, थोङमेन, तातोपानी आदि क्षेत्रलाई समेटेर तामा हेरिटेज ट्रेल बनाइएको थियो, त्यसरी नै छेस्खाम, बुङ, गुदेल सत्तो (सोताङ), पावै आदि गाउँहरुलाई समेटेर ‘महाकुलुङ हेरिटेज ट्रेल’ बनाउनुपर्ने देखिन्छ । यसका लागि विभिन्न राजनैतिक दलमा लागेका स्थानीय र राष्ट्रिय स्तरका कुलुङ समुदायका विभिन्न नेताहरु, कार्यकर्ताहरु र कुलुङ समुदायका बुद्धीजीवीहरु र, कुलुङ समुदायका सामाजिक अभियन्ता आदि लागि पर्नुपर्ने देखिन्छ । यो लेख तयार पार्नुको खास मकसद पनि यही नै हो ।

प्रतिक्रिया

सम्बन्धित