मैथिली साहित्य परिषद् अध्यक्ष पदमा सतिश र रामखेलावनको उम्मेदवारी

राजविराज । मैथिली साहित्य परिषद् राजविराजको नयाँ कार्य समिति चयनका हुने निर्वाचनमा दुई प्यानलबाट उम्मेदवारी दर्ता भएको छ । निर्वाचनको तालिका अनुसार शुक्रवार ३ बजेसम्म दुवै प्यानलले आ–आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । अध्यक्ष पदमा सतिशकुमार दत्त र रामखेलावन यादवले प्यानलसहितको उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।

दत्तको प्यानलबाट उपाध्यक्षमा श्यामसुन्दर यादव, सचिवमा अजितकुमार ठाकुर, उप सचिवमा पंकजकुमार झा र कोषाध्यक्षमा रामअधिन साहको उम्मेदवारी परेको छ । यसैगरी सदस्यहरुमा चन्दनकुमार यादव, विद्यानन्द राम, मिथिलेशकुमार यादव, भुपेशकुमार भुप, ध्रुवकुमार मण्डल र जीवछ दासले उम्मेदवारी दर्ता गराएका छन् । यता यादवको प्यानलबाट उपाध्यक्षमा भीमशंकर देव, सचिवमा अजयकुमार झा, उप सचिवमा दिनेशकुमार साह र कोषाध्यक्षमा अमरकान्त झाको उम्मेदवारी परेको छ । यसैगरी सदस्यहरुमा भागीलाल यादव, भुपेन्द्रनारायण मण्डल, दिव्यानन्द मिश्र, विद्या झा ‘डेजी’, वरुणकुमार कर्ण र मालती दासले उम्मेदवारी दिएका छन ।

नयाँ कार्य समिति चयनका गर्नकालागि आगामी असोज ११ गते मतदान हुने निर्वाचन समितिका संयोजक नथुनी दासले जानकारी दिएका छन् । परिषद्मा कुल मतदाता संख्या ६६७ कायम गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित