बिपि स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान चुस्त र दुरुस्त रहेको शिक्षाध्यक्ष खनालको दावी (भिडियो सहित)

धरान । सुनसरीको धरानमा सञ्चालित बिपि स्वास्थ्य बिज्ञान प्रतिष्ठानका बारेमा भ्रम सिर्जना गर्ने हेतुका साथ गलत अफवाह फैलाईएको भएपनि प्रतिष्ठान चुस्त र दुरुस्त रुपमा सञ्चालन भईरहेको निमित्त उपकुलपति तथा शिक्षाध्यक्ष गुरुप्रसाद खनालले दाबी गरेका छन । पूर्वेली न्युज सँग कुराकानी गर्दै आईतबार खनालले प्रतिष्ठानको बदनाम गर्ने हेतुका साथ गरिएको गलत प्रचारको कुनै तुक नभएको समेच बताए । आफु शिक्षाध्यक्ष भएर आएपछि प्रतिष्ठान तन्दुरुस्त रहेको र कुनै समस्या नभएको पनि उनले बताए । बिगतमा के भयो भन्नु भन्दा पनि अहिले के भईरहेको छ र भोलिका दिनमा के हुनेवाला छ भन्ने कुरा महत्वपुर्ण रहेको उनले बताए ।

बिगतका दिनमा प्रतिष्ठानमा अनियमितता, भ्रष्टचार लगायतका बिषयमा केही गलत प्रचार भएको समेत उनले बताए । एकजनाले गल्ति गर्दा सिंगो प्रतिष्ठानलाई गाली गर्नु र बदनाम गर्नु गलत रहेको उनको तर्क थियो । गलत गर्नेहरु कानुनको दायरामा आउने समेत उनले बताए । बिगत २२ बर्षदेखि प्रतिष्ठानमा कार्यरत खनालले आफु शिक्षाध्यक्ष भएपछि धेरैले प्रतिष्ठान सुधार हुने आशा राखेको र सोही अनुरुप आफुले काम समेत गरिरहेको बताए ।

बिपि प्रतिष्ठानमा हाल कुनै समस्या नभएको बिगतमा भएका गुट,उपगुट,राजनीति सबै समाप्त भएको र मिडियामा आएजस्तो कुनै सामाग्री नबिग्रिएको र बिग्रिएका सामान समेत बनिसकेका कारण हाल कुने समस्या नभएको बताए । चाँडै प्रतिष्ठानमा बिरामीहरुले लाईन लागेर टिकट काटनुपर्ने अबस्था समेत अन्त्य भई घरबाटै एप्स मार्फत टिकट काट्ने ब्यबस्था सिर्जना गर्न लागीपरेको उनले बताए । प्रतिष्ठान अस्पताल मात्र नभएर दक्ष जनशत्ति उत्पादन गर्ने थलो समेत भएका कारण कुनैबेला बिरामीलाई केही समस्या भएको भएपनि अब त्यस्तो नहुने समेत उनले बताएका छन ।

प्रतिक्रिया

सम्बन्धित

काठमाडाैंले गनेन ,अमेरिका गए : मधेसको विभेद देखेर फर्किएँ – डा.सिके राउत भन्छन

काठमाडाैंले गनेन ,अमेरिका गए : मधेसको विभेद देखेर फर्किएँ – डा.सिके राउत …

एपेक्स अस्पताललाई इटहरीकै उत्कृष्ट अस्पतालका रूपमा विकास गर्नेछु : लेखीराज शुब्बा

एपेक्स अस्पताललाई इटहरीकै उत्कृष्ट अस्पतालका रूपमा विकास गर्नेछु : लेखीराज शुब्…

विकास र समृद्धिका लागि मत दिएर हामीलाई साथ दिनुपर्छ : डा. सुनिलकुमार शर्मा

विकास र समृद्धिका लागि मत दिएर हामीलाई साथ दिनुपर्छ : डा. सुनिलकुमार शर्मा

यी ५ कुराले बढाउँछ उच्च रक्तचापको खतरा, हृदयघात हुनुअघि देखिन्छ यस्तो संकेत

यी ५ कुराले बढाउँछ उच्च रक्तचापको खतरा, हृदयघात हुनुअघि देखिन्छ यस्तो संकेत

बैज्ञानिक बन्ने लक्ष्य बोकेका दुर्गाको जीवनमा ‘पोइजन’ बन्यो बाल्यकालको बसाइँसराई

बैज्ञानिक बन्ने लक्ष्य बोकेका दुर्गाको जीवनमा ‘पोइजन’ बन्यो बाल्यकालको बसाइँसराई

बुवा रहुन्जेल कहिल्यै दुःखकाे महसुस नै भएन : कुन्ता शर्मा

बुवा रहुन्जेल कहिल्यै दुःखकाे महसुस नै भएन : कुन्ता शर्मा

‘काठमाडौंका प्रत्येक घर, खाली जग्गा र ‘फुटपाथ’मा रुख रोप्नुका साथै यस्ता छन् विकासका याेजना  : बालेन्द्र साह

‘काठमाडौंका प्रत्येक घर, खाली जग्गा र ‘फुटपाथ’मा रुख रोप्नुका साथै यस्ता छन् व…

सुन्दरहरैंचामा जसरी काम गरेँ, त्यसैगरी मतदाताले पनि न्याय गर्नु हुन्छ भन्ने विश्वासमा छु :    शिवप्रसाद ढकाल

सुन्दरहरैंचामा जसरी काम गरेँ, त्यसैगरी मतदाताले पनि न्याय गर्नु हुन्छ भन्ने वि…