किरात इतिहास र कुलुङ समुदायले सुरु गरेको जातीय स्वपहिचानको आन्दोलन

भनिन्छ, किरात सभ्यता विश्वमा सबैभन्दा पूरानो मानिन्छ । ब्रह्मपुत्र तथा गंगा (गोङवा) नदी र यसका शाखा नदी आसपास किरातीहरुको विकास भएको मानिन्छ । एसिया महादेशको ठूलो भूभाग (दक्षिण एसिया, दक्षिणपूर्ब एसिया, मध्य एसिया) मा किरातहरु रहेका थिए । कस्मिरदेखि पूर्व, कामरुपदेखि पश्चिम, भुटानदेखि मानसरोवरको दक्षिण–पश्चिमसम्म, ब्रह्मपुत्र नदीको किनारदेखि सरयु नदीको किनारसम्म, मानसरोवरदेखि चीनसम्म, नवदेशदेखि महाचीनसम्म किरातहरु विस्तारित थिए ।

किरातीहरुको ऐतिहासिकता संस्कृत साहित्य अथर्ववेद, वाल्मिकि रामायण र महाभारतहरुमा (किराती राजाहरु र जनताहरुको) उल्लेख गरेको पाइन्छ । प्राचीन संस्कृत साहित्य (ऋग्वेद, पुराण, स्मृति, काव्य, कथा, कविता, तथा विभिन्न खोज, अनुसन्धान र विभिन्न अभिलेख) मा पनि किरात जातिको उल्लेख पाइन्छ । बौद्ध, ब्राह्मण, जैन साहित्य, इसाई धर्म, इस्लाम धर्म आदि विभिन्न ग्रन्थहरु र प्राचीन वास्तुकला, शिल्पकला, लोककला, चित्रकलाहरुमा पनि किरातहरु चित्रित छन् ।

किराती वंशावलीको सन्दर्भमा भन्नु पर्दा गोपाल राज वंशावली अनुसार ३२ पुस्ता, डेनियल राइटको वंशावली अनुसार २९ पुस्ता, जीपी सिंहका अनुसार २९ पुस्ता, कर्कपेट्रिकको वंशावली अनुसार २७ पुस्ता, सिल्भँ लेभीका अनुसार २८ पुस्ता, इतिहास प्रकाशन अनुसार २५ पुस्ता, डा. स्वामी प्रपन्नचार्यका अनुसार २८ पुस्ता र सुब्बा प्रेमबहादुर माबोहाङका अनुसार २८ पुस्ता, धरणीधर दाहलका अनुसार ३५ पुस्ता र भुपेन्द्रनाथ शर्मा ढुंगेलका अनुसार ३३ पुस्ता किराती राजाहरुले (काठमाडौ उपत्यकामा) राज्य चलाएका थिए । भनिन्छ, यसबाहेक पनि एसियाको विभिन्न क्षेत्रहरुमा किरातीहरुले शासन चलाइआएका थिए । हालको भारत र नेपालका भूभागहरुमा नै पनि किरातहरुको अनेक संप्रभु सम्पन्न राष्ट्रहरु अस्तित्वमा थिए भन्ने गरिन्छ ।

यसरी कुनै बेला एसियाको ठूलो भूभागमा फैलिएको किरातीहरु ऋहिले आएर बाह्य क्षेत्रबाट प्रवेश भएका मानिसहरुको हस्तक्षेप, हडप तथा उपनिवेशका कारण विस्थापित हँुदै आफ्नो जिमी–भूमिको साथै आप्mनो जातीय स्वपहिचान समेत गुमाउँदै सीमित क्षेत्रमा बाँकी रहे । अहिले त दक्षिण एसियाको सगरमाथा (चोमोलुङमा) क्षेत्र (हालको नेपालको पूर्वी भाग) को सानो भूभागमा रहेका केही जातिले मात्रै आपूmलाई प्रस्ट रुपमा किराती भनी चिनाउँछन् । उनीहरुलाई पनि राई, सुब्बा, मुखिया र देवानकरण गरिएका कारण असली किराती पहिचान नै ओझेलमा परेको अवस्था छ ।

यसरी ‘करण !’ मा परेका किरातीहरुमा सबैभन्दा बढी खम्बुका सन्तानहरु द्येखिन्छ । जस्तै चाम्लिङ, बान्तावा, दुमी, नाछिरिङ, थुलुङ, खालिङ, कुलुङ, साम्पाङ, बाहिङ आदि, त्यसपछि मेवाहाङका सन्तानहरु मेवाहाङ, लोहोरुङ, याम्फु, याक्खा, आठपहरिया आदि र लाङलेवाका सन्तान सुनुवार पनि केही हदसम्म यसरी ‘ राईकरण !’ मा परेका छन् । हुन त हाल आएर मेत्नाहाङका सन्तान लिम्बुले आप्mनो जात ‘सुब्बा’ हो भनी लेख्न छाडीसके । त्यस्तै लाङलेवाका सन्तान सुनुवारले पनि आप्mनो जात ‘मुखिया’ हो भनी लेख्न छाडीसके । उता मेवाहाङका सन्तान याक्खाले पनि आप्mनो जात ‘देवान’ हो भनी लेख्न छाडीसके । तर, मेवाहाङका सन्तान मेवाहाङ, लोहोरुङ, याम्फु र आठपहरिया अनि खम्बुका सन्तानहरु जस्तै चाम्लिङ, बान्तावा, दुमी, नाछिरिङ, थुलुङ, खालिङ, कुलुङ, साम्पाङ, बाहिङ आदिले भने आप्mनो जात ‘राई !’ भनी चिनाउन मै गर्व गरेभैmँ लाग्छ । यसरी हेर्दा सबैभन्दा धेरै ‘करण !’ खम्बुका सन्तानहरु चाम्लिङ, बान्तावा, दुमी, नाछिरिङ, थुलुङ, खालिङ, कुलुङ, साम्पाङ, बाहिङ आदिमा राईकरण !’ भएको देखिन्छ ।

हुन त मान्छेहरुले सुन्दा अचम्म मान्लान् । कतिपय मान्छेहरुले त नपत्याउलान् पनि । तर, विसं २०५७÷०५८ देखि नै खम्बुका सन्ताहरुमध्ये कुलुङले ‘राई’ जात होइन रहेछ, त्यसैले अब हामी यो पदवी वा पगरी ‘राई !’ लाई जातको रुपमा लेख्न छाडेर आप्mनो असली जातीय स्वपहिचान कुलुङले चिनिन चाहान्छौं ! भनी आन्दोलन र जनवकालत गर्न थाल्यो । त्यसका लागि जनस्तरमा व्यापक रुपमा चेतनाको विकास र प्रचारप्रसार गर्ने काम भयो । साथै विभिन्न राजनैतिक दल र तिनका नेताहरुसँग भेटघाट र लबिङ गर्ने, साथै उनीहरुमार्पmत आप्mनो माग सम्बोधन गर्न अनुरोध गर्ने कामहरु भए । त्यस क्रममा त्यो बेलाको घागडान राजनैतिक दलहरु नेकपा (एमाले), नेकपा (माले, बामदेव एमाले नर्पmकँदासम्म), नेपाली कांग्रेस, नेपाली कांगे्रस (प्रजातान्त्रिक) देखि लिएर ठीकठीकैको राजनैतिक दलहरु सीपी (माले) (बामदेव एमाले फर्केपछि सीपी मैनालीले नेतृत्व गरेको र हालसम्म उनै सीपीले नेतृत्व गरेको माले), नेमकिपा (नारानमान विजुक्छे), संयुक्त जन मोर्चा (चुनाव चिन्ह हँसिया हथौडा), राष्ट्रिय जन मोर्चा (चुनाव चिन्ह गिलास), राप्रपा (नेपाल) चुनाव चिन्ह गाई), राष्ट्रिय जनशक्ति पार्टी (स्वर्गीय सूबथा, चुनाव चिन्ह छाता), राष्ट्रिय प्रजातन्त्र पार्टी ((चुनाव चिन्ह हलो) लगायत आउरे÷बाउरे राजनैतिक दल र तिनका नेताहरुसँग भेटघाट गर्ने र ज्ञापनपत्र दिने, आप्mनो माग पूरा गराउन प्रविद्धता जनाउन लगाउने कामहरु भए । त्यसै क्रममा अचानक माघ १९ को घटना पनि भयो । सामान्य रुपमा नेपाली राजनीति बुभ्mने सबैले थाहा पाएकै र धेरैले बिर्सिनसकेको राजनैतिक घटना पनि थियो, त्यो ।

त्यसपछि पनि बाहिङ, कुलुङ, चाम्लिङ, नाछिरिङ रलोहोरुङ गरी पाँच किरातीहरुको संस्था (बाकुलोचाना) ले आप्mनो जातीय स्वपहिचानको माग त्यागेन । फलतः आप्mनो माग आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानमा पुनः पेस गर्यो÷राख्यो । किनभने, प्रतिष्ठानको ऐनले जो प्रधानमन्त्री हुन्छ, ऊ नै प्रतिष्ठानको अध्यक्ष हुन्छ भनेर किटानी साथ बोलेको छ । माघ १९ को राजनैतिक घटनापछि मन्त्रीपरिषदको कार्यकारी अध्यक्ष पनि दाजै जस्तो चुप लागेर र टुलुटुलु हेरेर नबस्ने उनै अर्थात् तत्कालीन श्री ५ महाराजधिराज ज्ञानेन्द्र शाहदेव नै भएका थिए । यसरी प्रतिष्ठानको दफा दुई (क) मा व्यवस्था भए अनुसार सूचीकृत हुनका लागि तत्कालीन श्री ५ को सरकार र मातहतमा रहेको र तत्कालीन स्थानीय विकास मन्त्रालय मातहत रहेको प्रतिष्ठानमा फेरि पनि आप्mनो माग पत्र पेस गर्यो । तर, त्यसपछि राई यायोक्खा नामक एनजिओका हर्ताकर्ता राई सर राईनी म्याडमहरुले नयाँ विषय पाए ‘–कुलुङे ढाक्रेहरु राजालाई जात माग्न दरबार गए !’ भन्ने । जबकि, राई यायोक्खा नामक एनजिओका हर्ताकर्ता राई सर राईनी म्याडमहरु त्यति क्रान्तिकारी थिए भने उनीहरुले माघ १९ को राजनैतिक घटनापछि प्रतिष्ठानबाट हट्नु पर्थेन ? तर, सबैले देखे÷भोगेकै कुरो हो ‘–कुलुङे ढाक्रेहरु जात माग्न दरबार गयो !’ भन्ने राई यायोक्खा नामक एनजिओका हर्ताकर्ता राई सर राईनी म्याडमहरु नयाँ अहिलेसम्म पनि प्रतिष्ठानमा एक जातीय संस्थाको÷सदस्यको रुपमा बसी रहेकै छन् । त्यति मात्रै होइन, आदिवासी जनजाति महासंघको हरेक पटकको निर्वाचनमा राई यायोक्खा नामक एनजिओका उम्मेदवारले अध्यक्ष लगायत विभिन्न पदमा हारेको हारेकै गर्दा पनि चेतेका छैनन् । मानौं कि का लागि खासै केही भएकै छैन ! बुढापाकाले त्यसै भनेको होइन रहेछ, ‘–बाँच्नु मात्रै पर्छ, एक बारको जुनीमा अनेक देखिन्छ÷भोगिन्छ ।’

यसरी नेपालमा संभवतः (विसं ०४६ को राजनैतिक परिवर्तनपछि) विसं २०५७÷०५८ देखि नै खम्बुका सन्ताहरुमध्ये कुलुङले ‘राई’ जात होइन रहेछ, त्यसैले अब हामी यो पदवी वा पगरी ‘राई !’ लाई जातको रुपमा लेख्न छाडेर आप्mनो असली जातीय स्वपहिचान कुलुङले चिनिन चाहान्छौं ! भनी आन्दोलन र जनवकालत गर्न थाल्यो । त्यसका लागि जन स्तरमा व्यापक रुपमा चेतनाको विकास र प्रचारप्रसार गर्ने काम भयो । साथै विभिन्न राजनैतिक दल र तिनका नेताहरुलाई भेटेर कुलुङ जातिलाई पनि अलग्गै जातीय स्वपहिचान दिइयोस् भनी लबिङ गर्ने काम सुरु गर्यो ।

खासमा आदिवासी जनजातिमा सूचीकृत नभई आदिवासी जनजातिको मान्यता पनि नपाइने र नेपालका अन्य आदिवासी जनजातिर अन्तर्राष्ट्रिय समुदायमा पनि आप्mनो अलग्गै जातीय स्वपहिचान स्थापित नहुने भएकोले आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन– २०५८ को दफा दुई (क) मा व्यवस्था भए अनुसार सूचीकृत हुनका लागि तत्कालीन श्री ५ को सरकार, स्थानीय विकास मन्त्रालयमा हरेकपटक नियुक्त हुने नयाँ स्थानीय विकासमन्त्री÷राज्यमन्त्री कहाँ जाने र आप्mनो समस्या बताउने, सूचीकरणका लागि पहल गरिदिन अनुरोध गर्ने कामहरु भए । यसै मेसोमा खम्बुका सन्तानहरु चाम्लिङ, नाछिरिङ, बाहिङ अनि मेवाहाङका सन्तान लोहोरुङ पनि कुलुङ एक्लैले गर्दै आएको जातीय स्वपहिचानको आन्दोलनमा सम्मिलित हुन आए । यसरी पाँच किरातीहरुको संस्था बाहिङ, कुलुङ, चाम्लिङ, नाछिरिङ र लोहोरुङ गरी पाँच किरातीहरुको संस्था (बाकुलोचाना) बन्यो । ,

हुन त हामी सुरुमा किरात हँुदै कसरी खम्बु अनि कुलुङ, बाहिङ, मेवाहाङ, बान्तावा, आठपहरिया, याम्फु आदि भयौं ? भन्नेबारेमा इतिहासकार बाहेक हाम्रा पिर्ता–पूर्खा र पूर्वजहरुले मौखिक रुपमा भनी आएको र केही लिखित दस्तावेजहरुले पनि स्पष्ट हुन सहयोग गर्दछ कि, किरातीहरु आजको भारत, बंगलादेश, नेपाल, चीन, बर्मा, थाइल्यान्डका भूभागसम्म विकास र विस्तार भएका हुन् । भारतका प्रसिद्ध अनुसन्धानकर्ता तथा लेखक जीपी सिंहका अनुसार भारतको विकासमा किरातीहरको ठूलो योगदान रहेको छ । तर उनीहरुको योगदानलाई इतिहासमा उल्लेख गरिएन । (किरातः इन एनसियन्ट इण्डिया) । रामायण, महाभारत, उपनिषद आदि धार्मिक ग्रन्थहरुमा समेत किरातीहरुको उल्लेख हुनुबाट पनि किराती भूमि हालको भारतको ठूलो भूभाग रहेको थियो भन्ने जनाउंँछ । हाम्रा पूर्वज (बुढापाका) हरुले भन्ने गरेको कथा (जनश्रुति) तथा लिखित दस्तावेजहरुले पनि मद्रासी (तामिल), नागा, बंगलादेशका खासी, नेपालका गुरुङ, मगर, थारु, लाप्चा, मेचे, कोचे, धिमाल आदि लगायतका समूहहरु पनि किरातका हाँगाहरु हुन् ।

हाल कुलुङ, लिम्बू, सुनुवार, याक्खा, याम्फु, बान्तावा, साम्पाङ लगायतले मात्र किराती भनिआएका र किराती भनी चिनिएका छन् । समग्रमा किरातीहरु एकै हुन् । तर, भगौलिक क्षेत्र, समय, जनसंख्या बृद्धि, परिवार विस्तारसँंगै स्थान परिवर्तन तथा एक ठाऊँबाट अर्को ठाऊँमा विस्थापन भई रहनसहन र जीवनशैलीमा फरक आउनुका साथै भाषा, भेषभुषा, संस्कार, संस्कृति रीतिरिवाज आदि फरक–फरक अवलम्बन गरे ।

खम्बुका सन्तानहरु पनि विभिन्न क्षेत्रहरुमा बसे । जस्तै बान्तावा (बुनतावा ः पानीको मूल) हालको भोजपुर (दिहाहाङ बाखा, छियाहाङ बाखा) क्षेत्र, चाम्लिङ …. थुलुङ (वाछाप्पा, वाछामा), खालिङ (ख्याल÷खाल) दूधकोशी वारिका क्षेत्रहरुमा बसोबास गरी आफ्ना भाषा, संस्कृति, चालचलनहरु बसाए । राताप्खू, खप (पिल्मो, सोत्तो), छेम्सी, ताम्सीका सन्तानहरु दूधकोशी पारी हुङ्गु (हुङ्वा) उपत्यका आसपास बसी एकै भाषा, संस्कृति अपनाए । पछि गएर यी चार पूर्खाहरुको सन्तानहरुको सामूहिक पहिचान नै कुलुङ रहन गयो । उनीहरुको बसोवास क्षेत्रलाई हाल महा कुलुङ (ग्रेटर कुलुङ) भनेर चिनिन्छ । अझ कुलुङहरु त यो भू–क्षेत्रलाई आप्mनो मातृभाषामा ‘मा कूलू’ मात्रै भन्छन् ।

प्रतिक्रिया

सम्बन्धित