महिलालाई बिशेष प्राथमिकतामा राखेर सबै व्यावसयीको हकहितका लागि काम गर्ने छु : रञ्जु सिक्देल

असार १४ गते हुने उद्योग बाणिज्य संघ इटहरीको चुनावी सरगर्मी बढेको छ । सिग्मा सप्लार्यसकी संचालिका बिभिन्न सामाजिक संघ संस्थामा सक्रिय रञ्जु सिक्देलले सदस्य पदमा  शैलेस बिष्टको प्यानलबाट  उम्मेदवारी दिएकी छन् । अघिल्लो कार्यकालमा आफुले केहि सिक्ने माैका पाएकाे र त्यस कार्यकालकाे अनुभवका आधारमा धेरै अधुरा कार्यहरू पुरा गर्नका निम्ति उनले उम्मेदवारी दिएकाे बताइन् । महिलाहरुको हितमा धेरै काम गर्न बाकी रहेको भन्दै अब फेरी निर्वाचित हुन सके बिशेष उद्यमी महिलाहरुको व्यापार व्यवसाय बढाउन बिविध तालिम लगायतको योजनाहरु कार्यन्वयनमा ल्याउने बताइन् । यस्तै विविध सन्दर्भमा पूर्वेली न्यूजकालागि पवन सुवेदीले गरेको संक्षिप्त कुराकानी ।

चुनावको मिति नजिकै आएको छ, यसको तयारी कसरी गरीरहनु भएको छ ?

चुनाव प्रचार प्रसारका क्रममा घरदैलाे कार्यक्रमा अलि व्यस्त रहेकी छु, बिभिन्न व्यवसायीहरू संगकाे भेटघाटमा व्यस्तता अलि बढीनै रहेकाे छ । चुनावी दैरानकामा  अघिल्लो कार्यकालमा गरेका कामको व्यवसायीहरुलाई जानकारी दिदै र थप नयाँ एजेण्डामा प्रतिवधता जनाउदै सामान्य तरिकाले नै चुनावको तयारीमा जुटेकाे छु ।

तपाईले चुनाव जितेपछि व्यावसयीहरुलाई कस्ता काम गर्छु भनेर वाचा गर्नु भएको छ ?

हाम्रो टिमले ल्यायको १९ बुदे घोषणापत्र पुर्ण रुपमा कार्यानवन गर्ने छु । अघिल्लो कार्यकालमा आफुले केहि सिक्ने माैका पाएकाे र त्यस कार्यकालकाे अनुभवका आधारमा धेरै अधुरा कार्यहरू पुरा गर्न महिलालाई बिशेष प्राथमिकतामा राखेर सबै व्यावसयीको हकहितका लागि काम गर्ने वाचा गरेको छु ।

व्यावसयीहरूले तपाँइलाई नै मतदान गर्ने त्यस्ताे खास कारण ?

माथि भनेकाे जस्तै अधिल्लो कार्यकालमा काम गरेको राम्राे अनुभव छ । त्यही अनुभवकाे आधारमा नयाँ जोस जागर मिसाएर केही नयाँ गर्ने साेच राखेकी छु ।   त्यसैले  व्यवसायीहरूले मलाई मतदान गर्नुहुन्छ भन्नेमा विश्वस्त रहेकी छु ।

अन्त्यमा आम व्यावासयी मतदाताहरूलाई के भन्न चाहानुहुन्छ ?

यसअधिको कार्यकालमा केही कमजाेरी भए हाेलान्, केही राम्रा काम पनि गरेका छौँ , केही अझै गर्नु छ , नयाँ धेरै एजेन्डा हरू छन्, व्यवसायीहरूका निम्ति धेरै गर्नु छ। अन्त्यमा,  म लगायत सम्पुर्ण टिमलाई अत्याधिक बहुमतले बिजय गराउन आम व्यावासयीहरू सँग आग्रह गर्दछु ।

प्रतिक्रिया

सम्बन्धित

काठमाडाैंले गनेन ,अमेरिका गए : मधेसको विभेद देखेर फर्किएँ – डा.सिके राउत भन्छन

काठमाडाैंले गनेन ,अमेरिका गए : मधेसको विभेद देखेर फर्किएँ – डा.सिके राउत …

एपेक्स अस्पताललाई इटहरीकै उत्कृष्ट अस्पतालका रूपमा विकास गर्नेछु : लेखीराज शुब्बा

एपेक्स अस्पताललाई इटहरीकै उत्कृष्ट अस्पतालका रूपमा विकास गर्नेछु : लेखीराज शुब्…

विकास र समृद्धिका लागि मत दिएर हामीलाई साथ दिनुपर्छ : डा. सुनिलकुमार शर्मा

विकास र समृद्धिका लागि मत दिएर हामीलाई साथ दिनुपर्छ : डा. सुनिलकुमार शर्मा

यी ५ कुराले बढाउँछ उच्च रक्तचापको खतरा, हृदयघात हुनुअघि देखिन्छ यस्तो संकेत

यी ५ कुराले बढाउँछ उच्च रक्तचापको खतरा, हृदयघात हुनुअघि देखिन्छ यस्तो संकेत

बैज्ञानिक बन्ने लक्ष्य बोकेका दुर्गाको जीवनमा ‘पोइजन’ बन्यो बाल्यकालको बसाइँसराई

बैज्ञानिक बन्ने लक्ष्य बोकेका दुर्गाको जीवनमा ‘पोइजन’ बन्यो बाल्यकालको बसाइँसराई

बुवा रहुन्जेल कहिल्यै दुःखकाे महसुस नै भएन : कुन्ता शर्मा

बुवा रहुन्जेल कहिल्यै दुःखकाे महसुस नै भएन : कुन्ता शर्मा

‘काठमाडौंका प्रत्येक घर, खाली जग्गा र ‘फुटपाथ’मा रुख रोप्नुका साथै यस्ता छन् विकासका याेजना  : बालेन्द्र साह

‘काठमाडौंका प्रत्येक घर, खाली जग्गा र ‘फुटपाथ’मा रुख रोप्नुका साथै यस्ता छन् व…

सुन्दरहरैंचामा जसरी काम गरेँ, त्यसैगरी मतदाताले पनि न्याय गर्नु हुन्छ भन्ने विश्वासमा छु :    शिवप्रसाद ढकाल

सुन्दरहरैंचामा जसरी काम गरेँ, त्यसैगरी मतदाताले पनि न्याय गर्नु हुन्छ भन्ने वि…