म व्यावसयीको हक, हितकालागि काम गर्न सक्छु भन्ने साहस र हिम्मतका साथ चुनावी मैदानमा आएकाे हुँ : जीवन पराजुली

नजिकिँदै गरेकाे इटहरी उद्योग वाणिज्य संघको चुनावमा भीमबहादुर पौडेलको प्यानलबाट वाणिज्यतर्फ सदस्यमा उमेद्धार जिवन पराजुलीले उम्मेदवारी दिएका छन् । इटहरी संगित चाेक स्थित होटल इन टुसरस्ट प्यालेसका संचालक  समेत रहेका पराजुली बिभिन्न संघ संस्थाहरूमा कार्यरत रहेका पराजुली  होटल व्यवशायी संघको अध्यक्ष समेत रहेका छन् । यही असार १४ मा हुने इटहरी उद्योग वाणिज्य संघकाे चुनावका बिषयमा पूर्वेली न्यूजका लागि पवन सुवेदीले गरेको संक्षिप्त कुराकानी ।

चुनावको तयारी कसरी गरिरहनु भएको छ ?

म एउटा व्यावसायी प्रतिनिधित्व गरेर चुनावमा जादैछु । व्यवसायीक हक हितका लागि काम गर्न र व्यावसयीका समस्या समाधान गर्न सक्छु भनेर मैले उमेद्धारी दिएको हो । चुनौती, अवसर र अनुभवको आधारमा म चुनाव लड्दै छु । म व्यावसयीको हक हितमा काम गर्न सक्छु भन्ने साहस र हिम्मतका साथ चुनावको तयारी गर्दै छु ।

तपाईले चुनाव जितेपछि व्यावसयीक बिकासका लागि कस्ता काम गर्नु हुन्छ ?

पहिलो काम म करको समस्या समाधान गर्छु। सरकाले लगाएको करको बिषयमा कतिपयले व्यावसायी थाहा नपाएको अवस्था छ । त्यो सम्बन्धी विज्ञ ल्याएर तालिम गराउने मेरो सोँच छ । उद्योग वाणिज्य संघको चुनाव जिते लगत्तै व्यवसायीका लागी बिशेष तालिमको व्यवस्था गराउँछु ।

व्यावसयीहरूले तपाँइलाई नै मतदान गर्नु पर्ने खास कारण ?

व्यावसयीक हकहित का लागि काम गरेको छु । बिभिन्न संघ संस्थामा लामाे समय रहेर काम गरेको अनुभब छ । मैले काम गर्न सक्छु भन्ने कुरामा व्यावसायीहरु आसावादी हुनुहुन्छ त्यसैले मलाई मतदान गर्नुहुन्छ भन्नेमा विश्वस्त रहेकाे छु ।

अन्य प्रतिस्पर्धी भन्दा तपाई के कुरामा अब्वल हुनुहुन्छ ?

म जुन काम गर्छु त्यसको रिजल्ट चाहान्छु । म आफै पनि एक व्यवसायी हुँ । त्यसले गर्दा जुन कुरा मलाई थाहा छ त्यो कुरा राम्राे संग कार्यानयन गर्न सक्छु । मैले जे काम गर्छु त्यसमा म आफ्नो स्वार्थ हर्दिन बिशुद्ध व्यावसयीक हितका लागि काम गर्छु । त्यसैले प्रतिस्पर्धी भन्दा म नै व्यावसयीका लागि उपयुक्त छु भन्ने लागेकाे छ ।

अन्त्यमा आम व्यावासयीलाई के भन्न चाहानुहुन्छ ?

तीन वर्षे अवधिमा हामी आम व्यवसायीहरुले महसुस गर्नै गरी काम गर्छाै। तपाईहरुले हामिलाई त्यो मौका दिनु हुन्छ भन्ने कुरामा बिश्वस्त रहेकाे छु । अन्त्यमा म अध्यक्ष पदका उम्मेदवार भीम बहादुर पाैडेल लगायत यस प्यानलाई अत्याधिक बहुमतले बिजय गराउन सबै व्यवसायीहरू सँग आग्रह गर्दछु ।

प्रतिक्रिया

सम्बन्धित

काठमाडाैंले गनेन ,अमेरिका गए : मधेसको विभेद देखेर फर्किएँ – डा.सिके राउत भन्छन

काठमाडाैंले गनेन ,अमेरिका गए : मधेसको विभेद देखेर फर्किएँ – डा.सिके राउत …

एपेक्स अस्पताललाई इटहरीकै उत्कृष्ट अस्पतालका रूपमा विकास गर्नेछु : लेखीराज शुब्बा

एपेक्स अस्पताललाई इटहरीकै उत्कृष्ट अस्पतालका रूपमा विकास गर्नेछु : लेखीराज शुब्…

विकास र समृद्धिका लागि मत दिएर हामीलाई साथ दिनुपर्छ : डा. सुनिलकुमार शर्मा

विकास र समृद्धिका लागि मत दिएर हामीलाई साथ दिनुपर्छ : डा. सुनिलकुमार शर्मा

यी ५ कुराले बढाउँछ उच्च रक्तचापको खतरा, हृदयघात हुनुअघि देखिन्छ यस्तो संकेत

यी ५ कुराले बढाउँछ उच्च रक्तचापको खतरा, हृदयघात हुनुअघि देखिन्छ यस्तो संकेत

बैज्ञानिक बन्ने लक्ष्य बोकेका दुर्गाको जीवनमा ‘पोइजन’ बन्यो बाल्यकालको बसाइँसराई

बैज्ञानिक बन्ने लक्ष्य बोकेका दुर्गाको जीवनमा ‘पोइजन’ बन्यो बाल्यकालको बसाइँसराई

बुवा रहुन्जेल कहिल्यै दुःखकाे महसुस नै भएन : कुन्ता शर्मा

बुवा रहुन्जेल कहिल्यै दुःखकाे महसुस नै भएन : कुन्ता शर्मा

‘काठमाडौंका प्रत्येक घर, खाली जग्गा र ‘फुटपाथ’मा रुख रोप्नुका साथै यस्ता छन् विकासका याेजना  : बालेन्द्र साह

‘काठमाडौंका प्रत्येक घर, खाली जग्गा र ‘फुटपाथ’मा रुख रोप्नुका साथै यस्ता छन् व…

सुन्दरहरैंचामा जसरी काम गरेँ, त्यसैगरी मतदाताले पनि न्याय गर्नु हुन्छ भन्ने विश्वासमा छु :    शिवप्रसाद ढकाल

सुन्दरहरैंचामा जसरी काम गरेँ, त्यसैगरी मतदाताले पनि न्याय गर्नु हुन्छ भन्ने वि…