मेयर सा’व महिलालाई गाली गर्दा तपाँइकी आमा, श्रीमती, छोरी र बहिनीको याद आएन ?

पछिल्लो समय इटहरीको माहोल तातेको छ । स्थानिय सरकार प्रमुख तथा हाम्रा अभिभावक इटहरी उप महानगरपालिकाका मेयरको कारणले इटहरी तातेको समाचार राष्ट्रिय मुद्धा बनिरहेको छ । कहिले पत्रकारलाइ लोपार्ने, कहिले कर्मचारी कुट्ने त कहिले पत्रकारको नाकको मुल्य तोक्ने जस्ता अमानविय र अमर्यादिद अभिव्यक्ति र व्यवहारका कारण मेयर द्धारिकलाल चौधरी चर्चाको शिखरमा पुगेका छन् । एउटा कार्यक्रममा बोल्ने क्रममा उनको अभिव्यक्ति, महिलाप्रतिको उनको दृष्टिकोण र बोल्ने क्रममा प्रयोग गरेका शव्दावलीले उनी हाम्रा अभिभावक हुन भन्न पनि लज्जा बोध गरायो ।

उनको अभिव्यक्तिको शिलशिला हेर्दा पालिका भित्र भएका बेथितिहरुको बेलीबिस्तार लगाउदै गरेको देखिन्छ । जसको सुरुमा यौन व्यवसाय गर्ने महिलाहरुलाई इंकित गरेर रण्डिको उपमा दिएका छन । शाव्दिक रुपमा यो शव्दले यौन व्यवसायबाट जीविका चलाउने स्त्रीलाइ बुभाउँछ । अब भन्नुस यौन महिलाले मात्र गरिने विषय हो ? तपाँइको प्रहार पुरुषहरुप्रति किन लक्षित भएन ? महिला एक्लै रण्डि हुन्छे ? घरभाडा लगाउन, मनोरञ्जन गर्न,कण्डम बेच्न र पिल्स बेच्न पनि यिनै महिला चाहिने रहेछ । कस्मेटिक्सका साधनहरु पनि यिनिहरुले नै बढि प्रयोग गर्दा रहेछन । यसो भनेर पटक पटक सुन्न पनि असहज हुने शव्दावलीको प्रयोग गर्दा एक पटक पनि तपाँइकी आमा, श्रीमती, छोरी र बहिनीको याद आएन…..?

यौन व्यवसाय सभ्य समाजमा हुनुहुन्न । यसको निर्मुलीकरण हुनुपर्छ । जसले सम्वृद्ध नगरको ढोका खोल्ले कुरा निसन्देह छ । यहाँको अभिव्यक्तिको आयश ठिक छ । तर यौनजन्य गतिविधि बढिरहेको विषयप्रति गहिरो अनुसन्धान, तथ्यगत विश्लेषण नगरि एकपक्षि रुपले महिला माथि दोष थोपर्नु र भद्दा शब्दहरुकोप्रयोग गर्नु पदीय मर्यादा विपरित मात्र नभएर खेदजन्य छ । यसबाट ५१ % महिलाप्रति भएको अपमानको मुल्य तिर्न फेरीपनि कुनै घडेरी छुट्याउनु भएको छ ?पत्रकारको नाकको डाँडी भाँच्न छुट्याए जसरी ।

होटल व्यवसायमा काम गर्ने महिलाले चाँही बढी कपडा र लिपिस्टिक लगाउँदा रहेछन भन्ने यहाँको अभिव्यक्तिले होटल व्यवसायमा काम गर्ने महिलाले प्रयोग गर्ने सौन्दर्यका शाधनकोे मानक निर्धारण गरिदिएको छ । साथै सबै पेशालाई समान रुपमा हेने नसक्र्ने विभेदकारी दृष्टिकोण छर्लङ्ग हुन्छ । के तपाँइलाइ यो छुट छ ? कुनै पनि महिलालाइ यौन व्यवसाय गर्ने रहर हुदैन । किन होटल व्यवसायमा यस प्रकारका गतिविधिहरु भएका छन्? कसरी निर्मूल गर्न सकिन्छ ? यसका जरा कारण के हुन ? भन्ने विषयमा ध्यान जानु पर्ने हो कि हैन ?

नगरपालीकाले आफ्ना योजना त्यहि अनुरुप बनाउनु पर्ने हो कि हैन ?

म थारुको छोरो हुँ । मोही किसानको छोरो हुँ । मलाइ राम्रो संग बोल्न आउदैन भन्नुहुन्छ । तपाइँले मन्तव्यको क्रममा बोलेका शव्द महिलालाई सम्मान गरेर बोल्नुभएको हो…. हाम्रो मेयरलाइ बोल्न आउदैन भनेर बुझिदिनुपर्ने हामीले ? सार्वजनिक पद धारण गरेको व्यक्ति त्यसमाथि पनि स्थानिय सरकार प्रमुख मानव अधिकारका न्युनतम मान्यताप्रति सजग नहुनुले मानव अधिकार र महिला अधिकार सम्वन्धि बनेका कानुन तथा अन्तर्राष्ट्रिय सन्धि महासन्धिको समेत खिल्लि उडाएको छ । नेपाल सरकारले महिला विरुद्ध हुने सबै प्रकारको भेदभाव उन्मूलन सम्वन्धि महासन्धि(सिड) सन् १९९१ अनुमोदन गरेको छ । अब भन्नुस मेयर साब तपाँईको पालीकामा लैङ्गिक मैत्री कस्तो कानुन बनाउनुहुन्छ ? जवकि तपाँइले प्रयोगगर्ने शब्द समेत कानुनले वर्जित गरेका छन ।

हामीले भोट दिएर जिताएका हौं तपाईलाई । त्यो तपाँइप्रतिको नगरबासीको उच्चतम आस्थाको परिणाम पनि हो । त्यसैले हाम्रा गुनासा कान पाक्ने गरि सुन्नु पर्छ तपाँइले । हाम्रो खुसीमा छमछम नाच्नुपर्छ तपाँइले । किनकी लोकतन्त्रमा हामी जनता सर्वोपरीहौं ।मानिसले गल्ति नियोजित रुपमा गर्ला या नजानेर गर्ला । एक पटक गर्ला । तर पटक पटकश्रङखलावद्ध रुपमाआउने विवादित अभिव्यक्तिलाईकसरी लिने भन्ने प्रश्न गम्भिर छ ।

समाज निर्माणका सम्पुर्ण पक्षहरु अस्थिर छन । समयको माग अनुरुप हाम्रा संस्कार, परम्परा र संस्कृतिले हाम्रो मानसिकता कोर्दै जान्छ शायद ……रत महिलाप्रतिको हाम्रो दृटिकोण बदलिएको छ हिजोभन्दा । पोथी बास्न हुदैन भन्ने मानसिकताबाट गुज्रदै आएका छौं हामी । आइमाईले बढ्ता बोल्ल हुदैन भन्ने संस्कार सिकेर नै आएका हौंं । तर तपाँइ त यि सबै बदल्न सक्न,े नीतिगत परिवर्तन ल्याउन सक्ने पदीय हैसियतमा भएको मान्छे । तपाँइबाट यस्तो व्यवहारको अपेक्षा थिएन ।मेयरसाब पदको दुरुपयोग गर्नुपनि भ्रष्टचारकै परिभाषा भित्र पर्दछ भन्ने कुरा भ्रष्टाचार बिरोधी अभियन्तालाई मैले स्मरण गराईरहन नपर्ला । यद्यपि भ्रष्टचार मुक्त नगर बनाउन यहाँको निर्भिकता र निश्चलतापूर्ण आँटको हिजो पनि समर्थक थिए । आजपनि छु र भोलिपनि हुनेछु ।

बंगलादेसमा एम.बि.बि.एस पढ्दै गरेका छात्राहरुको विषयमा विवादास्पद अभिव्यक्ति दिएकै कारणले आफ्नो पदबाट कानुन मन्त्रि श्री शेर बहादुर तामाङ्गले १ वर्ष अगाडी राजिनामा दिनुपरेको थियो । मन्त्रिलाई राजिनामाको दवाब दिने तपाँइको राजनैतिक दलले यो विषमा लिने कदम कस्तो हुन्छ ….त्यो भने हेर्न बाँकि छ ।
(लेखक बजगाँई अधिकारकर्मी हुन । )

PURBELI TV

प्रतिक्रिया

सम्बन्धित