यस्ता छन् बेतना सिमसारका नयाँ कार्ययाेजनाहरू : डम्बर बस्नेत

मोरङको बेलबारी ४ मा रहेको बेतना सिमसार प्रकृतिको सुन्दर उपहार तथा प्रदेश १ कै प्रमुख पर्यटकीय गन्तव्यको रुपमा परिचित छ । धिमाल भाषामा वेताइनीकाे अर्थ वेत हुने भएकोले वेतबाट बेतना नाम रहेकाे मानिन्छ । बेलवारी नगरपालिकाको गहनाको रुपमा समेत रहेको यो सिमसारमा सिजनकाे समयमा घुमफीर गरेर अवलोकन गर्ने , वनभोज खाने तथा ढुङ्गा सयरको आन्नद लिने आन्तरिक तथा बाह् पर्यटकको संख्यामा उल्लेख्य बुद्धी भएको पाहिन्छ । बेतना सिमसार क्षेत्र विराटनगरबाट करिव ३० कि.मि. उत्तर पुर्व र इटहरीबाट लगभग १४ कि.मि. पूर्वमा पर्दछ । बेतनामा दुर्लभ प्रजातिका कछुवा संरक्षण र उद्धारको काम समेत गरिएको छ ।

करिब १ सय ७५ हेक्टर क्षेत्रफलमा फैलिएको बेतना सिमसारमा जलचर विभिन्न प्रजातिका कछुवा , माछाहरु तथा सयौं प्रजातिका वनस्पति , दर्जनौं किसिमका जङ्गली जनावरहरु , चिडियाखाना अवलोकन गर्न सकिने भएकाले जो कोही पनि एकपटक बेतना पुग्न लोभिन्छन् । चारकोसे झाडीको मनोरम दृश्यावलोकन, वनचरीको चिरविर, तालमा अनेकौं पौडीरहने रङ्गीचङ्गी माछा लगायत यस स्थानमा आरामसाथ बसेर दुःखसुखको रमाइलो कुराकानी एकअर्कामा साटासाट गर्न पाइने भएकाले बेतना सिमसार हिजोआज सबैको प्यारो आँखाको नानी जस्तै बनेको छ ।

बेलवारी नगरपालिकाले पर्यटकीय क्षेत्र बेलवारीलाई सिमसारकाे नगरका रुपमा विकास गरि पानीका स्रोत पहिचान गरेर खेतीयोग्य जमिनमा सिचाईकाे व्यवस्था समेत गरिने याेजना अघि सारेकाे छ । कमिलाकाे प्रतिक र कछुवाकाे प्रजनन केन्द्रकाे रुपमा रहेकाे बेतना सिमसारले पर्यटनबाट लिइएकाे शुल्क र अन्य समेत गरी अहिले बार्षिक रुपमा करिब १ कराेड भन्दा बढी अाम्दामी गर्ने गरेकाे छ । १४ जाना जति कर्मचारीलाई राेजगारी प्रदान गरेकाे बेतना सिमसारमा लाेकमार्ग दक्षिणका हाेटल व्यवसायी तथा पसल चलाउने परिवारहरु समेत लाभान्वीत भएको पाहिन्छ । सिमसारकाे संरक्षण बेतना सिससार सामुदायिक वन उपभाेक्ता समुहले गरेकाे छ ।

बेतना सिमसारले २० बर्षे गुरु याेजना तयार पारेर सार्वजनिक गरि यसकाे संरक्षण, स्तरउन्नती तथा विकासकाे कामलाई अघि सारेकाे छ । बेलबारीकाे बेतना सिमसारकाे सेराेफेराेमा रहेर यसकाे विविध गतिविधि र जानकारीका बारेमा बेतना सिमसार सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष डम्बर बस्नेतसँग गरिएको भिडियो कुराकानी …।

प्रतिक्रिया

सम्बन्धित

काठमाडाैंले गनेन ,अमेरिका गए : मधेसको विभेद देखेर फर्किएँ – डा.सिके राउत भन्छन

काठमाडाैंले गनेन ,अमेरिका गए : मधेसको विभेद देखेर फर्किएँ – डा.सिके राउत …

एपेक्स अस्पताललाई इटहरीकै उत्कृष्ट अस्पतालका रूपमा विकास गर्नेछु : लेखीराज शुब्बा

एपेक्स अस्पताललाई इटहरीकै उत्कृष्ट अस्पतालका रूपमा विकास गर्नेछु : लेखीराज शुब्…

विकास र समृद्धिका लागि मत दिएर हामीलाई साथ दिनुपर्छ : डा. सुनिलकुमार शर्मा

विकास र समृद्धिका लागि मत दिएर हामीलाई साथ दिनुपर्छ : डा. सुनिलकुमार शर्मा

यी ५ कुराले बढाउँछ उच्च रक्तचापको खतरा, हृदयघात हुनुअघि देखिन्छ यस्तो संकेत

यी ५ कुराले बढाउँछ उच्च रक्तचापको खतरा, हृदयघात हुनुअघि देखिन्छ यस्तो संकेत

बैज्ञानिक बन्ने लक्ष्य बोकेका दुर्गाको जीवनमा ‘पोइजन’ बन्यो बाल्यकालको बसाइँसराई

बैज्ञानिक बन्ने लक्ष्य बोकेका दुर्गाको जीवनमा ‘पोइजन’ बन्यो बाल्यकालको बसाइँसराई

बुवा रहुन्जेल कहिल्यै दुःखकाे महसुस नै भएन : कुन्ता शर्मा

बुवा रहुन्जेल कहिल्यै दुःखकाे महसुस नै भएन : कुन्ता शर्मा

‘काठमाडौंका प्रत्येक घर, खाली जग्गा र ‘फुटपाथ’मा रुख रोप्नुका साथै यस्ता छन् विकासका याेजना  : बालेन्द्र साह

‘काठमाडौंका प्रत्येक घर, खाली जग्गा र ‘फुटपाथ’मा रुख रोप्नुका साथै यस्ता छन् व…

सुन्दरहरैंचामा जसरी काम गरेँ, त्यसैगरी मतदाताले पनि न्याय गर्नु हुन्छ भन्ने विश्वासमा छु :    शिवप्रसाद ढकाल

सुन्दरहरैंचामा जसरी काम गरेँ, त्यसैगरी मतदाताले पनि न्याय गर्नु हुन्छ भन्ने वि…