इटहरीका मेयर चौधरीले भने : चियाको कपमा तुफान आयो (भिडियो सहित)

ईटहरी । सुनसरीको ईटहरीका मेयर द्धारिकलाल चौधरीले पछिल्ला घटनाक्रमलाई चियाको कपमा तुफान आएको बताएका छन । पुर्वेली न्यूज सँग आईतबार आफनै कार्यकक्षका कुराकानी गर्दै मेयर चौधरीले यस्तो बताएका हुन । उनले धैर्यताको बाँध फुटेपछि यो अबस्था आएको बताए । करिब एक घण्टाको कुराकानीका क्रममा उनले गलत नियत भएका पत्रकारहरुका कारण सिंगो पत्रकारिता क्षेत्र बदनाम भएको समेत बताए । आफ्नो स्वार्थ पुरा नभएपछि पत्रकारहरु आफनो पछि परेको र बदनाम गर्न खोजेको उनले गुनासो समेत गरेका छन ।

ईटहरीमा भईरहेका तिब्र बिकासमा कुरा नदेख्ने तर आफुलाई खुईल्याउन हात धोएर लागेको भन्दै केही पत्रकारहरुको आलोचना गरे । टिम नै बनाएर केही नेताहरुको स्वार्थपुर्तिका लागी पत्रकार समेत प्रयोग गरेको उनले खुलासा गरे । उनले भिडियो कुराकानीका क्रममा भ्रष्ट नेता,कर्मचारी र पत्रकारहरुको नाम नै लिएर गलत नियतका साथ आफनो बिरोधमा लागेको बताए ।

जेठ मसान्त भित्रमा भ्रष्ट कर्मचारीले राजीनामा नदिए उनीहरुलाई जनकारबाही गरेर कालोमोसो दल्ने बताए । कस्तो जनकारबाही भन्ने बिषयमा उनले आफु यी यी मानिस भ्रष्टचारी हुन भनेर प्रमाणसहित भन्ने र उनीहरुलाई गाली,कुटपिट गनुभन्दा पनि जनता आफैले कालोमोसो दल्ने बताए । पछिल्लो घटनाक्रमका बिषयमा उनले आफुलाई गलत गरेजस्तो कहिँ कतै नलागेको बरु आफुलृ राम्रो काम गरेको जस्तो लागेको बताए ।

चौधरीले ईटहरीमा आफुहरुले गरिरहेको बिकास निर्माणदेखि समग्र ईटहरीको बिकास निर्माणका कार्यक्रमलाई ओझेल पार्ने गरी हुँदै नभएको कुरालाई बदनाम गर्ने नियत राखी आफुमाथि खनिएको भन्दै उनले रोष प्रकट गरे । आफु मेयर हुनुभन्दा अघि देखि नै ईटहरीमा बिभिन्न शिर्षकमा भ्रष्टचार हुने गरेको र सोही भ्रष्टचार रोक्ने कदम शुरु गरेपछि आफुमाथि खनिएको उनले बताए । भ्रष्टचारमा संलग्न कर्मचारीलाई आफुले भ्रष्टचारका बिषयमा सोधेको र उनले आफनो सबै पोल खुल्ने डरका कारण उनले भ्रष्टचारमा संलग्नलाई बोलाएर आफुलाई तर्साउन खोजेको आरोप लगाए ।

भ्रष्टचारमा संलग्न र केही गलत पत्रकारहरुको समेत मिलेमोतो रहेको भन्दै उनले त्यस्तालाई जसरी पनि जनताको सामु नंग्याएरै छोडने बताए । उनले गलत बिचार बोकेका मानिसहरु आफुलाई सक्न लागेको भन्दै उनले त्यस्तालाई नछोडने समेत बताए ।

प्रतिक्रिया

सम्बन्धित

काठमाडाैंले गनेन ,अमेरिका गए : मधेसको विभेद देखेर फर्किएँ – डा.सिके राउत भन्छन

काठमाडाैंले गनेन ,अमेरिका गए : मधेसको विभेद देखेर फर्किएँ – डा.सिके राउत …

एपेक्स अस्पताललाई इटहरीकै उत्कृष्ट अस्पतालका रूपमा विकास गर्नेछु : लेखीराज शुब्बा

एपेक्स अस्पताललाई इटहरीकै उत्कृष्ट अस्पतालका रूपमा विकास गर्नेछु : लेखीराज शुब्…

विकास र समृद्धिका लागि मत दिएर हामीलाई साथ दिनुपर्छ : डा. सुनिलकुमार शर्मा

विकास र समृद्धिका लागि मत दिएर हामीलाई साथ दिनुपर्छ : डा. सुनिलकुमार शर्मा

यी ५ कुराले बढाउँछ उच्च रक्तचापको खतरा, हृदयघात हुनुअघि देखिन्छ यस्तो संकेत

यी ५ कुराले बढाउँछ उच्च रक्तचापको खतरा, हृदयघात हुनुअघि देखिन्छ यस्तो संकेत

बैज्ञानिक बन्ने लक्ष्य बोकेका दुर्गाको जीवनमा ‘पोइजन’ बन्यो बाल्यकालको बसाइँसराई

बैज्ञानिक बन्ने लक्ष्य बोकेका दुर्गाको जीवनमा ‘पोइजन’ बन्यो बाल्यकालको बसाइँसराई

बुवा रहुन्जेल कहिल्यै दुःखकाे महसुस नै भएन : कुन्ता शर्मा

बुवा रहुन्जेल कहिल्यै दुःखकाे महसुस नै भएन : कुन्ता शर्मा

‘काठमाडौंका प्रत्येक घर, खाली जग्गा र ‘फुटपाथ’मा रुख रोप्नुका साथै यस्ता छन् विकासका याेजना  : बालेन्द्र साह

‘काठमाडौंका प्रत्येक घर, खाली जग्गा र ‘फुटपाथ’मा रुख रोप्नुका साथै यस्ता छन् व…

सुन्दरहरैंचामा जसरी काम गरेँ, त्यसैगरी मतदाताले पनि न्याय गर्नु हुन्छ भन्ने विश्वासमा छु :    शिवप्रसाद ढकाल

सुन्दरहरैंचामा जसरी काम गरेँ, त्यसैगरी मतदाताले पनि न्याय गर्नु हुन्छ भन्ने वि…