अस्ट्रेलिया गएर उच्च शिक्षा हासिल गर्छु, आफ्नो करियर बनाउँछु भन्नेहरुलाई समेत घात परेको छ ।

पछिल्लो ६ महिना यता शैक्षिक परामर्श ब्यवसाय उतारचढावमा छ । ठूला लगानीमा खोलिएका ब्राण्डेड कन्सल्टेन्सीले समेत राम्ररी काम गर्न र विद्यार्थीलाई परामर्श गर्न सकिरहेका छैनन् । एक हिसाबले अहिले कन्सल्टेन्सी क्षेत्र धरासायी भएको छ । अस्ट्रेलियाको एआइविटी कलेजलाई त्यहाँको सरकारी निकायले खारेज गरेसँगै देखिएको विवाद र अन्यौलताले कन्सल्टेन्सी ब्यवसायीलाई प्रत्यक्ष रुपमा समस्या पार्यो ।

एआइविटी केसमा नेपाली शैक्षिक परामर्श ब्यवसायी मात्रै दोषि हुन् ? के नेपाली विद्यार्थीलाई कन्सल्टेन्सीहरुले जानीजानी खाडलमा हालेकै हुन् ? यसका विभिन्न फ्याक्टरहरुलाई नकेलाई दोष दिने काम मात्र भइरहेका छन् । जुन सरासर गलत हो ।

कन्सल्टेन्सीको भूमिका

मलाई लाग्छ नेपालका कुनैपनि कन्सल्टेन्सीले जबरजस्ती विद्यार्थी पठाएका छैनन् । जो विद्यार्थी अस्ट्रेलिया अध्ययन गर्न भनेर आएका छन्, उनीहरुले यहाँको कानुन, सिस्टम, शिक्षा, पढ्ने कलेजको प्रर्याप्त जानकारी लिएका हुन्छन् । कन्सल्टेन्सीले विद्यार्थी उच्च शिक्षाका लागि अस्ट्रेलिया आउनुपूर्व विद्यार्थी र कलेजका विच मध्यस्तता गर्ने काम मात्र गर्छन् । अस्ट्रेलियाको शिक्षा प्रणालीलाई नै दोष दिएर कन्सल्टेन्सीले नेपाली विद्यार्थीको भविष्य विगारे भन्ने सन्देश फैलाइयो यो एकदमै गलत भयो ।

सिसिर सिम्खडा

गलत अफवाहले निम्त्याएको समस्या

पछिल्लो समय अस्ट्रेलियाको भिसा रेट दिन प्रतिदिन खस्कँदो छ । पहिला नेपाली विद्यार्थीका लागि भिसा दिने प्रक्रिया निक्कै प्रशसनीय थियो । तर, केहीले ५–७ लाख रुपैंयामा अस्ट्रेलिया जान पाईने, तुरुन्तै भिसा आयो भन्ने गलत अफवाह फैलाउँदै सस्तो मार्केटिङ गर्न थाले । केही ब्यवसायीहरुले अनईथिकल काम गर्दा मर्यादित भएर काम गर्नेले समेत शिर झुकाउनुपर्ने अवस्था भयो । फेसबुकका वालमा यस्ता कुरा पोस्ट गर्दा अस्ट्रेलियाले यो कुरालाई सोसल मिडिया मार्फत ट्रयाक गरेर गलत प्रचार–प्रसार गरेको थाहा भएको हुनाले भिसामा कडाई गरेको देखिन्छ ।

अस्ट्रेलियामा नेपाली विद्यार्थी अलपत्र परे जस्ता गलत खबर आएपछि अस्ट्रेलियन सरकारलाई आफ्नो देशको नराम्रो प्रचारबाजी भयो भन्ने लागेर होला अहिले भिसामा कडाई गरेको । यो केसले अस्ट्रेलियालाई भन्दा नेपाली विद्यार्थीलाई असर गरेको छ । अस्ट्रेलिया गएर उच्च शिक्षा हासिल गर्छु, आफ्नो करियर बनाउँछु भन्नेहरुलाई समेत घात परेको छ ।

कन्सल्टेन्सीकै मात्र दोष हो त ?

अस्ट्रेलियाको केसमा कन्सल्टेन्सीको मात्र दोष छैन । मुख्यतः अस्ट्रेलियन निकायले विदेशी विद्यार्थीको भिसा नीतिमा गरेको परिवर्तनले समस्या निम्तिएको हो । पोखरा, चितवनका लागि बसको टिकट काटेजस्तो होईन अष्ट्रेलिया जाने कुरा । भिसाको लागि बाटो खुलाउने काम कन्सल्टेन्सीकै हो । अहिले जतिपनि नेपाली विद्यार्थीहरु अस्ट्रेलिया गएर त्यहाँको बिकास, त्यहाँको प्रविधि, त्यहाँको शिक्षा प्रणाली देख्ने अबसर पाएका छन् त्यो कन्सल्टेन्सीकै कारण भएको हो । तथापि, कन्सल्टेन्सी आफैँ विद्यार्थीको घरमा गएर ल्याएका छैनन् । विद्यार्थीको रुची चाहना बमोजिम कन्सल्टेन्सीले परामर्श मात्र दिने हो ।

विद्यार्थी जुन मुलुक जान चाहन्छ त्यो मुलुकको बारेमा ६ देखि १२ पेजको एसओपी (स्टेटमेन्ट अफ प्रपोज) लेख्नुपर्छ । उक्त देश किन जाँदैछु ? कुन विषय अध्ययन गर्दैछु ? कुन कलेज जाने ? अध्ययन पुरा गरिसकेपछि के गर्ने ? जस्ता महत्वपूर्ण विषयमा विद्यार्थी आफैंले एसओपी तयार गर्नुपर्ने पर्छ । सम्पुर्ण कुरा जानेर गइसकेपछि पनि कन्सल्टेन्सीले ललाई फकाई गरेको हो भनेर आरोप लगाउन कत्तिको जायज हो त ?

एसओपी पढ्नु पर्दैन ?

पैसा कमाउनकै लागि अरुको भविष्य धरापमा राख्ने प्रबृत्ति राम्रो होईन । विद्यार्थीले पनि आफ्नो काम गर्न खेताला लगाउनु भएन । घरमा बाबु–आमा थर्काएर खाएको जस्तो विदेशी भूमिमा हुँदैन । त्यहाँ त त्यो देशको नियम कानुन अनुसार पढ्ने, निश्चित समय काम गर्ने ।

प्रतिक्रिया

सम्बन्धित