प्रदेश नम्वर १ का दुई स्रष्टा एल.पि जोसी र धनकुटे कान्छा सम्मानित

पथरी / मोरङको पथरी शनिश्चरेमा प्रदेश नम्वर १ का साहित्य सृजनाका २ हस्ती सम्मानित भएका छन् । सी.एम. कन्दङ्वा प्रतिभा पुरस्कार २०७६ वाट झापाका वरिष्ठ लोक गायक एल.पी. जोशी र झापाकै साहित्यकार धनकुटे कान्छा (शंकर चापागाई) सम्मानित भएका हुन ।

सम्मान कार्यक्रममा प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले सी.एम. कन्दङ्वा राष्ट्रिय युवा प्रतिभा पुरस्कारबाट धनकुटे कान्छा र सी.एम. कन्दङ्वा विशिष्ट राष्ट्रिय प्रतिभा पुरस्कारबाट एल पि जोशी सम्मानित गर्नु भएको हो ।
जोसीलाई नगद ५० सहित दोसल्ला, ताम्रपत्रले सम्मान गरिएको छ भने धनकुटे कान्टालाई नगद ३५ हजार दोसल्ला र ताम्रपत्रले सम्मानित गरिएको हो ।

विहिबार पथरीमा कन्दङवाद्वारा स्थापित विद्यालय एभरेष्ट आवसीय माविको आयोजनामा कन्दङवा परिवारले जोसी र चापागाईलाई सम्मान गरेको हो । सम्मानित कार्यक्रममा स्व. सि एम कन्दङ्वाको व्यक्तित्व तथा जिवनी अनिल फागो र डा. रामनारायण कन्दङ्वाले प्रस्तुत गरेका थिए । वि.स. १९८५ चैत २९ गते भारतको दार्जिलिङमा जन्मिनु भएका कन्दङ्वाको ०६२ फागुन २५ गते पथरीशनिश्चरेमा निधन भएको थियो । उहाँका ४ कृतिहरु प्रकाशित छन् । कार्यक्रममा प्रदेश नम्वर १ का भाषा, साहित्य, कला, संस्कृति, शिक्षा, खेलकुद, पत्रकारिता, चिन्तन, समाजसेवा क्षेत्रका २ व्यक्तित्वलाई वर्षेनी पुरस्कार प्रदान गर्दै जाने वताईएको छ ।

कन्दङवाका छोरा तथा विद्यायलयका निर्देशक रविन कन्दङ्वाले अक्ष्यकोषको स्थापना गरि बाबुको जन्मोत्सवको अवसर पारेर प्रत्येक बर्ष २ स्रष्टा सम्मान गर्ने बताएका छन । सम्मान कार्यक्रममा प्रमुख अतिथी उप्रेति रहति साहित्यकारहरु बद्री भिखारी, विवश बलिभद्र, मधु पोखरेल, सुमित्रा वाङ्देल चेली, तेजराज खतिवडा, मिन कुमार ‘नवोदित’ लगायतले आफ्नो रचना बाचन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित