कुम्भ मेलाबाट नेपाली बिचकाे एकता र धार्मिक सद्भाव बढेर जान्छ : जगद्गुरु बालसन्त

सुनसरीको वराहक्षेत्र नगरपालिका स्थित प्राचीन हरिद्धार चतराधाम कुम्भ नगरीमा दोस्रो पिण्डेश्वर अर्द्व महाकुम्भ महोत्सव भव्य रुपमा सञ्चालन भै रहेकाे छ । देश विदेशका गरि एक करोड भन्दा बढी धार्मिक भक्तजनको सहभागिता रहने अर्द्व कुम्भमेला आयोजक समिती रहेको धार्मीक मेला चैत्र २३ देखि बैशाख २४ गते एक महिना सम्मका लागि सञ्चालन भएको हाे । यस पटकको अर्द्व कुम्भमेलाको १ नं प्रदेश सरकारले सम्पन्न गर्नको लागि जिम्मेवारी लिएको छ । धार्मिक हिसावले शास्त्रीय प्रमाणका आधारमा कुम्भ मेलालाई एकदमै महत्वपूर्ण मानिएको छ । नेपाल र नेपालीको गौरव अनि लामो समयको पर्खाईमा आउने धार्मीक रुपमा सम्मान पूर्वक हेरीएको कुम्भमेलामा हुने स्नानको समेत आध्यात्मिक पक्षमा ठूलो महत्व रहेको छ ।

अर्द्व कुम्भ मेलामा शाही स्नान कोटिहोम,वेदपाठ, पुराणवाचन ,सामुहिक व्रतबन्ध, स्वदेश तथा विदेशका जगद्गुरु, शङ्कराचार्यहरु , धर्माचार्य एवम चतुष्सप्रदायका वैष्णवाचार्यहरुबाट प्रवचन, साहित्यिक कार्यक्रम, झाकीहरु , भजनकीर्तन , शास्त्रार्थ सम्मेलन लगायतका विविध कार्यक्रमहरु सञ्चालन भै रहेका छन । नेपाल र नेपालीको छुटै पहिचान कायम गर्न सक्षम रहेको अर्द्व कुम्भमेलामा सहभागी भई पुष्य कमाउन आयोजकको अपिल रहेको छ ।भारतमा जाहां जाहां एक एक थोपा अमृत झरे त्याहां कुम्भ मेला भन्ने चलन रहेको तथा नेपालमा भने रुद्राक्षको सुन्दर वनमा अमृत तरलाई पिण्ड बनाएर स्थापना गरिए पछी कुम्भ मेला भन्ने गरिएको छ । बाह्रकुम्भ मध्ये नेपाल लगायत भारतका प्रयाग, नासीक ,उज्जैन र हरिद्धारमा कुम्भमेला लाग्ने गर्दछ ।

अर्द्व कुम्भ मेला आयोजनाको लागि नेपालका ऐतिहासिक प्रथम जगद्गुरु बालसन्तको संयोजकत्वमा मुल आयोजक समिति गठन गरिएको छ । धार्मिक तथा पर्यटकीय हिसावले समेत भव्य, सभ्य मानिएको कुम्भ मेलामा नेपाल र भारतका भक्तजनहरुकाे सहभागिता भएको छ । अध्यात्मिक हिसाबले अत्यन्त महत्वपूर्ण मानिएको अर्द्व महाकुम्भ मेला सञ्चालन भएपछि सम्पूर्ण क्षेत्र समेत उत्साहित भएको नेपालमा कुम्भमेलाका परिकल्पनाकार तथा प्रथम एेतिहासिक जगद्गुरु वालसन्त मोहनशरण देवाचार्य महाराजले बताउनुभयो । उहालें कुम्भ मेलाबाट नेपाल र नेपाली बिचको एकता तथा धार्मिक सद्भभावमा विकाश हुने हुंदा देश विदेशबाट कुम्भमेलाको दर्शनका लागि चतरा आउने भएकाले पनि यसको महत्व बढेर जाने उल्लेख गदै बर्सेनी धर्मका नाममा विदेशिने रकम रोकथाम गर्न कुम्भ मेला आवश्यक भएको उल्लेख गर्नुभयाे । उहाँ संग विशेष गरेर कुम्भ मेला लगायत धार्मिक तथा समाजिक विषयकाे सेराेफेराेमा रहेर गरिएको भिडियो कुराकानी ।

प्रतिक्रिया

सम्बन्धित

काठमाडाैंले गनेन ,अमेरिका गए : मधेसको विभेद देखेर फर्किएँ – डा.सिके राउत भन्छन

काठमाडाैंले गनेन ,अमेरिका गए : मधेसको विभेद देखेर फर्किएँ – डा.सिके राउत …

एपेक्स अस्पताललाई इटहरीकै उत्कृष्ट अस्पतालका रूपमा विकास गर्नेछु : लेखीराज शुब्बा

एपेक्स अस्पताललाई इटहरीकै उत्कृष्ट अस्पतालका रूपमा विकास गर्नेछु : लेखीराज शुब्…

विकास र समृद्धिका लागि मत दिएर हामीलाई साथ दिनुपर्छ : डा. सुनिलकुमार शर्मा

विकास र समृद्धिका लागि मत दिएर हामीलाई साथ दिनुपर्छ : डा. सुनिलकुमार शर्मा

यी ५ कुराले बढाउँछ उच्च रक्तचापको खतरा, हृदयघात हुनुअघि देखिन्छ यस्तो संकेत

यी ५ कुराले बढाउँछ उच्च रक्तचापको खतरा, हृदयघात हुनुअघि देखिन्छ यस्तो संकेत

बैज्ञानिक बन्ने लक्ष्य बोकेका दुर्गाको जीवनमा ‘पोइजन’ बन्यो बाल्यकालको बसाइँसराई

बैज्ञानिक बन्ने लक्ष्य बोकेका दुर्गाको जीवनमा ‘पोइजन’ बन्यो बाल्यकालको बसाइँसराई

बुवा रहुन्जेल कहिल्यै दुःखकाे महसुस नै भएन : कुन्ता शर्मा

बुवा रहुन्जेल कहिल्यै दुःखकाे महसुस नै भएन : कुन्ता शर्मा

‘काठमाडौंका प्रत्येक घर, खाली जग्गा र ‘फुटपाथ’मा रुख रोप्नुका साथै यस्ता छन् विकासका याेजना  : बालेन्द्र साह

‘काठमाडौंका प्रत्येक घर, खाली जग्गा र ‘फुटपाथ’मा रुख रोप्नुका साथै यस्ता छन् व…

सुन्दरहरैंचामा जसरी काम गरेँ, त्यसैगरी मतदाताले पनि न्याय गर्नु हुन्छ भन्ने विश्वासमा छु :    शिवप्रसाद ढकाल

सुन्दरहरैंचामा जसरी काम गरेँ, त्यसैगरी मतदाताले पनि न्याय गर्नु हुन्छ भन्ने वि…