अविरल जनसाहित्य यात्राको ५६ औं श्रृङ्खलामा सुवेदीका कविताहरु

सुन्दरहरैचा / जनसाहित्य मञ्चद्वारा हरेक महिनाको दोस्रो शुक्रवार काठमाण्डौंमा आयोजना गरिंँदै आएको अविरल जनसाहित्य यात्राको ५६ औं श्रृङ्खलामा माेरङ बेलबारीकी कवि रेखा सुवेदीका कविताहरु प्रस्तुत भएका छन ।

जनसाँस्कृतिक महासंघको सभाकक्ष बागबजारमा भब्यरूपमा कार्यक्रम भएको थियाे । सो कार्यक्रममा कवि सुवेदीले ‘नयांँ अनुहार’, ‘म जन्मिएकी थिएंँ भने’, ‘प्रश्नै प्रश्न धनपाल महाराजलाई’, ‘बेरुजु नयांँ वर्ष’, ‘रेड लाइट’ र ‘आगो पिएर’ गरी ६ ओटा कविताहरू वाचन गरेकी थिइन् । सुवेदीका अन्य कविता-वाचनमा विभिन्न कविहरुले सहयोग गरेका थिए । सो अबसरमा कविहरू अनिल पौडेलले ‘सादा कागज र कोहिनूर’, जयन्ता पोख्रेलले ‘म एकादेशको राजा थिएंँ’, रमेश शुभेच्छुले ‘निलो पहाड र तिम्रो निलै सर्ट’, यादव भट्टराईले ‘सपनाहरूको बिरुद्ध रेड कार्ड’, रामकुमार पण्डितले ‘गोलार्धतर्फ’ र वन्दना राईले ‘ऊ पागल छे’ जस्ता सुवेदीका थप ६ ओटा चर्चित कविताहरू वाचन गरिदिएर सहयाेग गरेका थिए ।

कार्यक्रममा प्रा. डा. बद्रीविशाल पोख्रेल, डा. भागवत आचार्य, डा. देवी नेपाल, डा. हेमनाथ पौडेल , पुरुषोत्तम सुवेदी, खगेन्द्र राई, सरल सहयात्री, चेतनाथ धमला, राजेश थापा, प्रेम अधिकारी, खेम नेपाली, रामप्रसाद ज्ञवाली, कवि इरन राई दीपेन्द्र वनेपाली, यशोदा अधिकारी,ज्योति जङ्गल, डम्बर पहाडी, शशी चालिसे, उत्तम पोख्रेल, लक्ष्मी अच्युत ढुङ्गाना, राधा दुलाल क्षेत्री, मिसन अधिकारी,हिरा थापामगर, अनिता लामा, लगायत ७० जनाभन्दा बढी कवि, सर्जक तथा साहित्यकारहरुको उपस्थिति रहेकाे थियो ।

कार्यक्रममा प्रमुख अतिथि डा. केशव सुवेदीले कवि सुवेदीका वाचित कविताहरू माथि टिप्पणी गरेका थिए । कार्यक्रम प्राज्ञ राम विनयको अध्यक्षता र डा. विन्दु शर्माको सञ्चालनमा भएको थियाे । दाम्पत्य जीवनका जोडी रेेेखा सुवेदी र इरन राई दुवैजना सो कार्यक्रममा उपस्थित थिए । उनिहरु दुवै साहित्य क्षेत्रमा सक्रीय छन् । सुुुुवेदी बेेेलबारी साहित्य समाजकी अध्यक्ष छिन । सुवेदी मोरङकाे बेलबारीलाई कर्मथलो बनाएर माेफसलमा रहेर नेपाली प्रगतिवादी साहित्यमा सशक्त रूपमा कलम चलाइरहेकी छिन ।

Subscribe PURBELI TV

प्रतिक्रिया

सम्बन्धित