ब्यबसायी भीम पौडेलको प्रश्न : ब्यबसाय गर्दा माफिया हुन्छ र ?
ईटहरी । प्रदेश १ मा ब्यबसायी भीम पौडेल कुनै नौलो नाम होईन । बेलाबेला उनको चर्चा परिचर्चा भई नै रहन्छ । पछिल्लो समय ईटहरी उद्योग बाणिज्य संघको अध्यक्षमा उम्मेदवारी दिने घोषणा सँगै उनको चर्चा शुरु भएको छ । करिब ३ दशक अघि तेह्रथुमको बसन्तपुरबाट ब्यबसाय शुरु गरेका उनको ब्यबसाय यतिबेला प्रदेश १ भरि बिस्तार भईसकेको छ । उनका दर्जनौ ब्यापार ब्यबसाय यतिबेला प्रदेशभरि फैलिएका छन ।
आयोडिनयुत्त नुन को ब्यबसाय शुरु गरेर ब्यबसाय क्षेत्रमा होमिएका उनका यतिबेला बिभिन्न क्षेत्रमा ब्यबसाय फैलिएको छ ।पछिल्लो समय सुनसरीको ईटहरीमा स्थायी बसोबास रहेका पौडेलका टिपर, क्रसर, अटोमोबाईल्स, साल्ट ट्रेडिङ लगायतका ब्यबसाय सञ्चालित रहेका छन । प्रदेश १ का सबै जिल्लामा मार्केटिङ गर्दै पुगेका र हरेक दुःख सुखका सारथी बनेका पौडेल आफुले निर्बाचन जितेमा ईटहरीमा सार्बजनिक शौचालय,सफा र स्वच्छ ईटहरी,सुरक्षित ब्यबसाय लगायतका बिषयमा आफुले काम गर्ने बताएका छन । पौडेल सँगको भिडियो कुराकानी :
प्रतिक्रिया