विनाशकारी भुकम्प र पूर्वेली न्यूजको टर्निङ पोईन्ट

नेपालमा महाबिनाशकारी भुकम्प आएको आज बर्ष बर्ष पुगेको छ । २०७२ बैशाख १२ गते नेपालमा बिनाशकारी भुकम्प गयो । भुकम्पका कारण हजारौँ मानिसहरुले ज्यान मात्र गुमाएनन, अर्बौको क्षति सँगै हजारौँ भौतिक संरचनाहरु क्षणभरमै नष्ट भए । भुकम्पका कारण देशमा ठुलो धनजनको क्षति भयो । भुकम्पपछि महिनौसम्म निरनतर आईरहेको पराकम्पका कारण देशलै झनै क्षति बेहोर्नुपर्यो । क्षणभरमै देशका सयौँ भौतिक संरचनाहरु ढले, भुकम्पले ढालेका संरचनाहरु सँगै ढलेको मानिसको मन अझैसम्म पुर्ण रुपमा उठ्न सकेको छैन । अझै मनमा त्रास हटेको छैन । भुकम्पका कारण मानिसको मनमा जुन घाऊ लाग्यो त्यो अझैपनि पुर्णरुपमा निको भएको छैन । जब जब बैशाख १२ गते आँउछ तबतब मानिसहरुको मन एकाएक काप्छ र त्यहि दिनको सम्झनाले मानिसलाई पुनः एकपटक अत्याउँछ ।

सोही समयमा प्रदेश १ को केन्द्रबिन्दु ईटहरीबाट शुरु भएको पूर्वेली न्युज डटकम (अनलाईन पोर्टल) लाई पनि बिनाशकारी भुकम्पले अपुरणिय क्षति पुर्यायो । शुरुवाती दिन भएका कारण चुनौति त छँदै थियो त्यसमाथि भुकम्पले झन ठुलो चुनौति थपिदियो । मध्यान्ह ११.५७ मिनेटमा गएको भुकम्पका कारण इन्टरनेट र टेलिफोन सेवा समेत बिच्छेद भएपछि सारा मानिसहरु त्राहिमाम भएका थिए । सुचनाको प्राप्त गर्ने कुनै साधन र पहुँच नभएपछि मानिसहरुमा एक किसिमको त्रास त छँदै थियो । त्यसमाथि आफन्तको खोजी र कहाँ के भईरहेको छ भन्ने कुराबाट समेत मानिसहरु अनभिज्ञ बनेका थिए । देशमा कुन ठाँउमा के भयो,कति मानिसलाई क्षति पुर्यायो र कुन ठाँउमा के भयो भन्ने कुराको जानकारी लिन मानिसहरुलाई सुचनाको भोक झनै जागेको थियो । घरभित्र बसेर टेलिभिजन हेर्ने, रेडियो सुन्ने कुनै अबस्था थिएन । अझ बिदेशमा रहेका नेपालीहरुलाई झन ठुलो समस्या थियो । नेपालमा भएका घटनाहरु तुरुन्तै उपलब्ध नभएपछि झने समस्या थियो ।

सञ्चारमाध्यायमहरुले सडकबाटै भएपनि सुचना प्रकाशन र प्रसारण गर्न सकेसम्म भुमिका निर्बाह गरिरहेकै थिए । पर्याप्त नभएपनि सञ्चार माध्यामहरुको भुमिका र धर्म निर्बाह गरिरहेका थिए । पटक पटक आईरहेको पराकम्पका कारण मानिसहरुमा कतिबेला के हुने हो भन्ने त्रास बढेको थियो । सबै मानिसहरु आफनो घर ,ब्यबसाय सबै छोडेर सुरक्षित स्थानको खोजीमा थिए ।

आफन्तको खोजी र कहाँ के भईरहेको छ भन्ने ताजा जानकारी र जनताको सुसुचित हुने अधिकारको रक्षा गर्न पूर्वेली न्युजले सोही समयमा एउटा ठुलो चुनौतिको सामना गरेको थियो । आफु र आफ्नो परिवार भन्दा पनि देश र जनताको सुचनालाई जनसमक्ष पुर्याउन जुन भुमिका निर्बाह गरेको छ त्यो पूर्वेली न्युजका पाठक र शुभचिन्तहरुलाई बुझाईरहनु आबश्यक छैन । भुकम्पका बेला नेपालका सञ्चारमाध्यायमहरुले खेलेको भुमिका अत्यन्तै महत्वपुर्ण छ । त्यसमाथि स्रोत साधनका अभावका बिच पनि पुर्वेलीले निभाएको भुमिका मनन्योग्य छ ।

राजधानी काठमाण्डौमा रहेका अनगिन्ती अनलाईन मिडियाहरुले समेत यथार्थ समाचार पस्कन नसकिरहेका बेला पुर्बेलीले आफना स्रोत र साधनहरुलाई प्रयोग गर्दै धरहरा भत्किएकोे, राजधानीमा भएको हताहती र पुर्वका गाँउदेखि शहर सम्म भएका क्षति र ताजा अपडेटहरुलाई जुन तरिकाले उठाएर , बिश्वभर पुर्यायो त्यो कम चुनौतिपुर्ण थिएन । भुकम्पको धक्काले जति हल्लाईरहँदा पनि आफनो जिवनको प्रवाह नगरी जनताको सुसुचित हुन पाउने अधिकारको रक्षार्थ जुन भुमिका निर्बाह गरेको छ, त्यो अतुलनिय रहेको छ । सायद त्यहि भएर पाठक र शुभचिन्तकहरुले माया र बिश्वास गरेर मोफसलबाट सञ्चालित एउटा अनलाईन पोर्टललाई यतिबेला देशको महत्वपुर्ण अनलाईहरुको सुचीमा स्थापित गरिदिनुभयो ।

जतिजति भुकम्पले पृथ्वी हल्लाउथ्यो, त्यतित्यति पूर्वेली न्युजको टिम हिम्मत कस्थे र ताजा जानकारीको खोजीमा लाग्दथे । टिमसँग त्यसबेला कुनै दक्ष जनशत्ति थिएन । सानो तर कर्मठ जनशत्ति,त्यही साहास र ज्ञान सदुपयोग गर्दै जानेर वा नजानेर निरन्तर अपडेटमा जुटिरहँदा आम पाठकहरुले माया र बिश्वास दर्शाउनुभयो । जस्को फलस्वरुप मेहनतले सार्थकता पायो । त्यही मेहनतका कारण यो अनलाईन आज देशका प्रमुख उत्कृष्ट अनलाईनको सुचिमा पर्यो । भुकम्पबाट बिचलित भएको भए यो उचाई नाप्न आज पक्कै कठिन हुनेथियो । त्यहि मेहनत र आम पाठक प्रतिको उत्तरदायित्वका कारण ४ बर्षको छोटो अबधिमा यो अनलाईन पुर्वको लिडिङ अनलाईन र सफल अनलाईन बन्न सफल भयो । पूर्वेली न्युजले ४ बर्षको अबधिमा जुन उचाई हासिल गर्न सफल भएको छ त्यो सबै मेहनतको प्रतिफल हो । मेरो मतलब पुर्बेली न्युज सबैभन्दा सफल,यस्ले उचाई नापिसक्यो भन्ने होईन । यस्ले अझै गर्न धेरै बाँकी छ । सफलताको चुचुरो चुम्न बाँकी नै छ । तथापि यस बिचमा यस्ले गरेका कामहरु र जनताको सुसुचित हुन पाउने अधिकारप्रति खेलेको भुमिका भने अनुकरणीय छ ।

हाम्रो टिमले सफलताका कुरा गरिरहँदा भुकम्प गएको ४ बर्ष बितिसकेको छ । तथापी भुकम्प पिडितले अझै राहत पाऊन सकेका छैनन । भुकम्प पिडित हजारौ परिवारहरुको अहिले पनि बिचल्ली भईरहेको छ । देश तथा बिदेशबाट आएको राहत समेत गोदाममै कुहिएका छन तर पिडितसम्म पुग्न सकेको छैन । अझैपनि आकाशको छानो हालेर खुल्ला चौरमा पिडितहरु बस्न बाध्य भएका छन । भुकम्पले ठुलो धनजनको क्षति भएको छ । भुकम्पले ढलेको धरहरादेखि सयौँ संरचनाहरु अहिलेसम्म निर्माण हुन सकेको छैन । राजनीतिक अस्थिरता सँगै पुननिर्माणको काम समेत लथालिंग अबस्थामा रहेको छ ।

यतिबेला हामी सबैले स्थायी शान्ति र देश बिकासमा जुट्ने बेला भएको छ । पिडितले सदैब पिडित हुने दिन नआओस । आशा गरौँ पिडितले न्याय पाऊन, देशमा शान्ति र अमनचयन होस हामी यहि कामनाका साथ अगाडी बढौँ । ढलेका धरहरा र अन्य भौतिक संरचना मात्र होईन आम मानिसका मन पनि सगरमाथा झै उच्च भएर उठन सकोस,चाउरिएको मुहारमा फेरी हाँसो फर्किन सकोस,र यस्ता प्राकृतिक बिपत्तिको सामना गर्दै अघि बढने प्रण गर्न सकियोस,देश र सरकार भएको आभाष मिलोस,पिडितले सधै पिडामा बस्ने दिन नआसोस देशमा र सबैको मुहारमा उज्यालो छाऊन सकोस ।

Subscribe PURBELI TV

प्रतिक्रिया

सम्बन्धित