घिमिरेकाे माटाकाे आस्था कविता संग्रह विमाेचन

सुन्दरहरैचा / कवि छवि वैरागी घिमिरेको कृति माटाको अास्था कविता संग्रह काठमाडौ डिल्लीरमण पुस्तकालय लाजिम्पाटको सभाहलमा विमोचन गरिएको छ । साे कृति विमाेचनमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगा प्रसाद उप्रेतीले पानसमा बत्ती बालेर कार्यक्रमकाे उदघाटन गरेका थिए । १ सय २० वटा छन्दका कविता समावेस गरिएको साे माटाेकाे अास्था कविता संग्रहमा कृति विमोचन लगत्तै प्रा डा भीम खतिवडा र युवराज मैनालीले कृतिका वारेमा विशद् चर्चापरिचर्चा गरेका थिए । कवि छवि वैरागी घिमिरेको यो छन्द कविता सङ्ग्रह अत्यन्तै शिक्षा प्रद तथा आजको आवश्यकता रहेको भन्दै अन्य सबै अतिथि दीर्घामा रहेकाले शुभकामना मन्तव्य दिए । स्वयं कृतिकार छवि वैरागीले नेपाली साहित्यका लागि आगामी दिनहरूमा अरू कृति दिँदै जाने प्रण समेत गरे ।

समाराेहमा नेपाली भाषा व्याकरणका प्रखर व्यक्तित्व मुकुन्दशरण उपाध्यायको विशिष्ट आतिथ्य, रामबहादुर पहाडी, शेषराज दीक्षित, विदुर चालिसे, विवश पोखरेल, कृष्णप्रसाद उपाध्याय,पुष्परञ्जित,हरिभक्त सिग्देल ,अाचार्य अमृतप्रसाद, ज्ञानुवाकर पौडेल, विद्या घिमिरे, युवराज मैनाली, दामोदर पुडासैनीकाे अातिथ्यमा कार्यक्रम सञ्चालन भएको थियाे । कृति विमाेचनकाे कार्यक्रममा प्रभा श्रेष्ठले स्वागत भाषण गरेकी थिईन । सरस्वती गौतमको सभापतित्व राजन न्यौपानेको उद्घघाेषणमा कार्यक्रम सम्पन्न भएको थियाे ।

Subscribe PURBELI TV

प्रतिक्रिया

सम्बन्धित