निजि बिद्यालयको योगदानको अबमुल्यन नगर्न सरकारलाई प्याबसन अध्यक्ष पुरीको चेतावनी (भिडियोसहित)

टीकाराम पुरी|अध्यक्ष, निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन)

ईटहरी । निजि बिद्यालयको हक हितका लागी काम गर्ने एउटै संगठन हुने र आफनो पालामा प्याबसन र एन प्याबसन भएर बिभाजित हुने भन्दा पनि साझा मुद्धा लिएर अघि बढने निजि तथा आवासीय बिद्यालय संगठन प्याबसनका नबनिर्बाचित केन्द्रिय अध्यक्ष टिकाराम पुरीले बताएका छन ।

अध्यक्ष निर्बाचित भएपछि पहिलोपटक पुर्वेली न्यूज सँग भिडियो कुराकानी गर्दै उनले साझा मुद्धामा सबै संगठन एक भएर अघि बढने र बिभाजित समुहहरुलाई एकत्रित गर्ने समेत उनले बताए । मोफसलबाट पहिलोपटक केन्द्रिय अध्यक्ष बनेका पुरीले निजि बिद्यालयहरुको योगदान सरकारले भुल्न नहुने र अंकुश लगाउने काम बन्द गर्नुपर्ने समेत बताए ।

सरकारले निजि बिद्यालयहरुलाई गुठीका रुपमा चलाउने रणनीति लिएको प्रति बिरोध गर्दै निजि बिद्यालयले शिक्षा क्षेत्रमा पुर्याएको योगदानको अबमुल्यन नगर्न उनले सुझाब समेत दिए । निजि बिद्यालयहरुमा भईरहेको महंगो शुल्क निर्धारणलाई कम गर्ने र गुणस्तरीय शिक्षामा जोड दिनुपर्ने उनले बताए । कमजोर आर्थिक अबस्था र कम भौतिक पुर्बाधार भएका बिद्यालयहरुलाई मर्जर गरी अघि बढने निति समेत लिने उनले बताए ।

निजि क्षेत्रको बिद्यालयहरुको संगठन प्यावसनको नेतृत्व तहमा उपत्याका बाहिरबाट कोही नपुगेका कारण पनि मोफसलका कतिपय निजि बिद्यालय संकटमा परेको भन्दै अब त्यस्ता बिद्यालयहरुको गुणसतर बृद्धि गर्नेमा समेत आफनो ध्यान जाने उनले बताए । निजि बिद्यालय प्रति सरकारले लगाईरहेको अंकुशका बारेमा प्रधानमन्त्री ,शिक्षामन्त्री लगायत सम्बन्धित पक्षसँग कुराकानी अघि बढिरहेको र सरकार समेत सोही कुरामा सकरात्मक रहेका कारण निजि बिद्यालय प्रति सरकार उदार बन्ने समेत उनले धारणा राखे ।

पाथिभरामा पुरीको भब्य स्वागत

कुराकानी अघि उनलाई सुनसरीको ईटहरीमा रहेको पाथीभरा इङिलस स्कुलमा बिद्यालय सञ्चालक,शिक्षकशिक्षिका लगायतले स्वागत गरेका थिए । उनी सोही बिद्यालय सञ्चालक समितिका अध्यक्ष समेत हुन । पुरी केन्द्रिय अध्यक्षमा निर्बाचित भएपछि निजि बिद्यालयको हकहितमा काम गर्ने बिश्वास पलाएको र आफनो बिद्यालयको नाम समेत उच्च भएको बिद्यालयका म्यानेजिङ डाईरेक्टर निर्मल रिजालले बताए । पुरी बिराटनगरमा रहेको एभरेष्ट बोर्डिङ स्कुलका समेत सञ्चालक हुन ।

प्रतिक्रिया

सम्बन्धित

काठमाडाैंले गनेन ,अमेरिका गए : मधेसको विभेद देखेर फर्किएँ – डा.सिके राउत भन्छन

काठमाडाैंले गनेन ,अमेरिका गए : मधेसको विभेद देखेर फर्किएँ – डा.सिके राउत …

एपेक्स अस्पताललाई इटहरीकै उत्कृष्ट अस्पतालका रूपमा विकास गर्नेछु : लेखीराज शुब्बा

एपेक्स अस्पताललाई इटहरीकै उत्कृष्ट अस्पतालका रूपमा विकास गर्नेछु : लेखीराज शुब्…

विकास र समृद्धिका लागि मत दिएर हामीलाई साथ दिनुपर्छ : डा. सुनिलकुमार शर्मा

विकास र समृद्धिका लागि मत दिएर हामीलाई साथ दिनुपर्छ : डा. सुनिलकुमार शर्मा

यी ५ कुराले बढाउँछ उच्च रक्तचापको खतरा, हृदयघात हुनुअघि देखिन्छ यस्तो संकेत

यी ५ कुराले बढाउँछ उच्च रक्तचापको खतरा, हृदयघात हुनुअघि देखिन्छ यस्तो संकेत

बैज्ञानिक बन्ने लक्ष्य बोकेका दुर्गाको जीवनमा ‘पोइजन’ बन्यो बाल्यकालको बसाइँसराई

बैज्ञानिक बन्ने लक्ष्य बोकेका दुर्गाको जीवनमा ‘पोइजन’ बन्यो बाल्यकालको बसाइँसराई

बुवा रहुन्जेल कहिल्यै दुःखकाे महसुस नै भएन : कुन्ता शर्मा

बुवा रहुन्जेल कहिल्यै दुःखकाे महसुस नै भएन : कुन्ता शर्मा

‘काठमाडौंका प्रत्येक घर, खाली जग्गा र ‘फुटपाथ’मा रुख रोप्नुका साथै यस्ता छन् विकासका याेजना  : बालेन्द्र साह

‘काठमाडौंका प्रत्येक घर, खाली जग्गा र ‘फुटपाथ’मा रुख रोप्नुका साथै यस्ता छन् व…

सुन्दरहरैंचामा जसरी काम गरेँ, त्यसैगरी मतदाताले पनि न्याय गर्नु हुन्छ भन्ने विश्वासमा छु :    शिवप्रसाद ढकाल

सुन्दरहरैंचामा जसरी काम गरेँ, त्यसैगरी मतदाताले पनि न्याय गर्नु हुन्छ भन्ने वि…