कल्पना वाहिरको ईटहरी, जसले हामीलाई घिसार्दै अघि बढाईरहेको छ : राजेश श्रेष्ठ

कुनैपनि ब्यबसायमा सफलता हात पार्नु र सफल बन्नु पक्कैपनि सहज कुरा होईन । निरन्तरको मेहनत र अथक प्रयासबाट मात्र कुनैपनि कुरामा सफलता हात पार्न सकिन्छ । अथक मेहनत र परिश्रमबाट प्राप्त भएको सफलतालाई बचाई राख्न र समाजको हितमा खर्च गर्न पक्कैपनि चुनौतिपुर्ण काम हो । ईटहरीको ब्यापार ब्यबसाय देखि सामाजिक कार्यमा समेत अभिभावकको भुमिका निर्वाह गरिरहनुभएका एकजना सफल ब्यत्तित्व हुनुहुन्छ राजेश श्रेष्ठ ।

बि.स २०१३ साल भाद्र १७ गते तेह्रथुमको सम्फरजुङमा मातापिता गणेशबादुर र लिलामाया श्रेष्ठको कोखबाट एक्लो सन्तानका रुपमा जन्मिनुभएका उहाँ २०२० सालमा बुबाआमा साथ बसाई सरी मोरङको महेश्वरझोडामा (हाल सन्दकपुर ६) आउनुभएको थियो । साजीलाल माध्यमिक बिद्यालय दुलारीबाट २०२९ सालमा एसएलसी उर्तिण गर्नुभएका उहाँ बिराटनगर महेन्द्र मोरङ क्याम्पसमा उच्च शिक्षा अध्यायन गर्न थाल्नुभयो । बिराटनगरमा उच्च शिक्षा अध्यायन गर्दै उहाँले २०३८ सालदेखि ब्यबसाय शुरु गर्नुभयो ।

राजेश श्रेष्ठ, ब्यबसायी तथा समाजसेवी

यसरी शुरु भयो ब्यबसाय

शुरुमा खाद्यउपज खरीद बिक्रि केन्द्र (काँटा) बाट शुरु भएको उहाँको ब्यबसाय ठेक्कापट्टा  संचालन गर्दै  चिउरा मिल, जग्गाजमीन  लगायतका कारोबार गर्दै उहाँले ब्यबसायलाई अघि बढाउनुभयो । कुनैबेला जुटको जुट खरीद तथा बिक्री गर्ने जिम्मा पाएका बेला राम्रो नाफा कमाएपनि एउटा ठग ब्यापारी संगको संगतमा सबै पैसा खाईदिएको र आफु फेरी जिरोमा पुगेको तितो यथार्थ उहाँले सुनाउनुभयो । जतिसुकै बिपत्तिमा पनि आफुले हार नखाई ब्यबसायलाई निरन्तरता दिएको कारण आफु आज यो स्थानसम्म आईपुगेको उहाँ सुनाउनुहुन्छ । उहाँले हाल ईटहरीको मुख्य चौकमा सञ्चालित सेन्ट्रल प्लाजाको समेत सञ्चालन गरिरहनुभएको छ ।

सामाजिक सक्रियता

२०४३ सालमा रेडक्रस सोसाईटी ईटहरीको संस्थापक संयोजक, ईटहरी जेसिजको संस्थापक, रोटरी क्लब, नागरिक समाज लगायत दर्जनौ संघसंसस्थाको समेत नेतृत्व गर्नुभएका वहाँ हाल ती संस्थाहरुमा सल्लाहकारका रुपमा रहनुभएको छ । उहाँ पिस फाउन्डेसन इटहरीकाे मातहतमा संचालन भएकाे सुष्मा ईन्जिनियरिङ कलेज, गोदावरी कलेज तथा सुष्मा सेकेण्डरी स्कुलका समेत अध्यक्ष रहनुभएको छ । ब्यबसाय सँगै समाजसेवामा अग्रणी भुमिका निभाईरहनुभएका श्रेष्ठ ईटहरीका कुशल अभिभावक समेत हुनुहुन्छ ।

राजनीतिक बितृष्णा

कुनैबेला ब्यबसाय सँगै राजनीतिमा समेत सक्रिय उहाँ जनप्रतिनिधिका रुपमा पनि निर्बाचन लडेको र आफु पराजित भएको उहाँले सुनाउनुभयो । ईमान्दार र कर्तब्यनिष्ट भएर राजनीति गर्दा आफु सफल नभएको र आफ्नो स्वभाव अनुसार राजनीति गर्न नसक्ने निष्कर्षका साथ आफु राजनीति बाट टाढा भएको र सामाजिक काममा ब्यस्त भएको उहाँले सुनाउनुभयो ।

ईटहरीको स्वरुप कल्पना भन्दा बाहिर

उहाँले ब्यबसाय शुरु गर्दा ईटहरी एउटा सानो चौक थियो । गाबिस,नगरपालिका बन्दै उपमहानगरपालिकाको स्वरुप ईटहरलिे ग्रहण गर्दा ब्यबसाय बिस्तार भएपनि ईटहरीको स्वरुप कल्पना भन्दा बाहिर रहेको उहाँ सुनाउनुहुन्छ । अहिले अग्रजहरूले  इटहरीलाई डाेर्याउने भन्दा पनि स्वतस्फुर्त आफै अगाडी बढीरहेकाे अर्थात ईटहरीले सबैलाई घिसारिरहेको उहाँको बुझाई छ । तिब्र रुपमा भएको शहरीकरणका कारण ईटहरी देशकै एक उत्कृष्ट शहर बन्न सफल भएको उहाँ बताउनुहुन्छ ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित

काठमाडाैंले गनेन ,अमेरिका गए : मधेसको विभेद देखेर फर्किएँ – डा.सिके राउत भन्छन

काठमाडाैंले गनेन ,अमेरिका गए : मधेसको विभेद देखेर फर्किएँ – डा.सिके राउत …

एपेक्स अस्पताललाई इटहरीकै उत्कृष्ट अस्पतालका रूपमा विकास गर्नेछु : लेखीराज शुब्बा

एपेक्स अस्पताललाई इटहरीकै उत्कृष्ट अस्पतालका रूपमा विकास गर्नेछु : लेखीराज शुब्…

विकास र समृद्धिका लागि मत दिएर हामीलाई साथ दिनुपर्छ : डा. सुनिलकुमार शर्मा

विकास र समृद्धिका लागि मत दिएर हामीलाई साथ दिनुपर्छ : डा. सुनिलकुमार शर्मा

यी ५ कुराले बढाउँछ उच्च रक्तचापको खतरा, हृदयघात हुनुअघि देखिन्छ यस्तो संकेत

यी ५ कुराले बढाउँछ उच्च रक्तचापको खतरा, हृदयघात हुनुअघि देखिन्छ यस्तो संकेत

बैज्ञानिक बन्ने लक्ष्य बोकेका दुर्गाको जीवनमा ‘पोइजन’ बन्यो बाल्यकालको बसाइँसराई

बैज्ञानिक बन्ने लक्ष्य बोकेका दुर्गाको जीवनमा ‘पोइजन’ बन्यो बाल्यकालको बसाइँसराई

बुवा रहुन्जेल कहिल्यै दुःखकाे महसुस नै भएन : कुन्ता शर्मा

बुवा रहुन्जेल कहिल्यै दुःखकाे महसुस नै भएन : कुन्ता शर्मा

‘काठमाडौंका प्रत्येक घर, खाली जग्गा र ‘फुटपाथ’मा रुख रोप्नुका साथै यस्ता छन् विकासका याेजना  : बालेन्द्र साह

‘काठमाडौंका प्रत्येक घर, खाली जग्गा र ‘फुटपाथ’मा रुख रोप्नुका साथै यस्ता छन् व…

सुन्दरहरैंचामा जसरी काम गरेँ, त्यसैगरी मतदाताले पनि न्याय गर्नु हुन्छ भन्ने विश्वासमा छु :    शिवप्रसाद ढकाल

सुन्दरहरैंचामा जसरी काम गरेँ, त्यसैगरी मतदाताले पनि न्याय गर्नु हुन्छ भन्ने वि…