पत्रकार नेपाल र भाषा विज्ञ एवं साहित्यकार पोखरेल पुरस्कृत विराटनगर

माेरङ / दधिराज सुवेदी पुरस्कार प्रतिष्ठानले बरिष्ठ पत्रकार किशोर नेपाल र भाष विज्ञ एवं साहित्यकार प्राडा माधवप्रसाद पोखरेललाई शनिबार विराटनगरमा पुरस्कृत गरेको छ । २५ हजार नगद राशिको दधिराज सुवेदी पत्रकारिता पुरस्कारबाट नेपाल र ५१ हजार राशिको दधिराज सुवेदी राष्ट्रिय भाषा साहित्य पुरस्कारबाट भाषाविद् एवं साहित्यकार प्राडा पोखरेल पुरस्कृत भएका हुन् । उनीहरुलाई कांग्रेस नेता अर्जुन नरसिंह केसीले पुरस्कार प्रदान गरे ।

साहित्यले, समाजमा सिर्जना गर्नुका साथै समाजिक एकता बढाउने र पत्रकाकारितले समाजको विकासमा सहयोग पु¥याउने नेता केसीले बताए । कार्यक्रममा प्रदेश १ का प्रदेशसभा सदस्य केदार कार्की, जयराम यादव र विन्ध्या कार्कीले मुलुकमा साहित्य र पत्रकारिताको महत्वका बारेमा चर्चा गरेका थिए । पुरस्कृत प्राडा पोखरेल र बरिष्ठ पत्रकार नेपालले समाजबाट लाभ लिनका लागि नभई समाज र राष्ट्रलाई बलियो बनाउन आफुूहरुले काम गरिरहेको बताए । कार्यक्रम प्रतिष्ठानका अध्यक्ष एवं प्राज्ञ विवश पोखरेलको अध्यक्षतामा भएको थियो ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित