मलाई चिन्ता छ !! ( कविता)

छुल्याहा मालीले
फुलेको लालीगुराँस
जोगाउला नजोगाउला
मलाई चिन्ता छ !!

नारा कृषिक्रान्तिको
मजदुरी अबुधाबीमा
धाबीखेत बाँझै
मलाई चिन्ता छ !!

भ्यागुताको धार्नी
र आर्थिक समृद्धि
उस्ताउस्तै हो नानू
भन्नू पर्ने पो हो कि ??
मलाई चिन्ता छ !!!

सारीचोलीको दोकान
साइनबोर्ड टागेर
हजुरआमालाई
हिपहप पेन्ट
भविष्यको दोकानले
बेच्ला भन्ने
मलाई चिन्ता छ !!!!

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित