आफनो ठाँउको बिकासका लागी जति पनि लगानी गर्न तयार छु ।
सफल ब्यबसायी तथा समाजसेवीका रुपमा परिचित रघुनाथ पुरी मोरङको बेलबारी १० मा निर्माणधिन सिर्जना पार्कको निर्माणका लागी १५ लाख रुपैँया सहयोग गर्ने घोषणापछि चर्चामा आउनुभएको छ ।
बि.स २०३४ सालमा भारतको आसाममा जन्मिएर मातापिता नैनप्रसाद र उपमाया पुरी सँगै २०३७ सालमा मोरङको तत्कालीन डाँगीहाट गाँउ बिकास समिति वडा नम्बर १ मा बसाई सरी आएपछि स्थानीय धिरनाथ संफुल बिश्वास माबिबाट प्रबेशिका र दमक बहुमुखी क्याम्पस दमक झापाबाट प्रबिणता प्रमाण पत्र तह उर्तिण गरी उहाँ २०५७ सालमा काठमाण्डौ छिर्नुभएको थियो ।
स्थानीय एम्ब्रियो युवा क्लबका संस्थापक र कुशल फुटबल खेलाडी समेत रहनुभएका उहाँ काठमाण्डौ छिरेपछि रेष्टुरेण्ट ब्यबसायमा संलग्न हुँदै बि.स २०५९ देखि द रिभर ओभरसिज सञ्चालन गर्न थाल्नुभयो । म्यानपावर ब्यबसायीको रुपमा परिचय बनाउनुभएका उहाँ पछिल्लो समय हाईड्रोपावर ब्यबसायमा समेत संलग्न हुनुहुन्छ ।
हेवाखोला जलबिद्युत आयोजनाको वोर्ड डाईरेक्टर,सुपर माडी जलबिद्युत आयोजनाको फाईनान्स डाईरेक्टर,गोरक्ष जलबिद्युत आयोजनाको म्यानेजिङ डाईरेक्टर लगायत अन्य जलबिद्युत आयोजनामा समेत उहाँको लगानी रहेको छ । देशका बिभिन्न क्षेत्रमा सामाजिक सेवा अन्र्तगत शिक्षा,स्वास्थ्य,खेलकुद लगायत गरिब र असाहयहरुका लागी समेत उहाँले ठुलो धनराशि खर्च गरिरहनुभएको छ । उहाँको समाजसेवा र बिबिध क्षेत्रमा लगानीका बिषयमा उहाँसँग गरिएका कुराकानीका सम्पादित अंशहरु ः
तपाई त फुटबल खेलाडी हुनुहुँदो रहेछ,कसरी ब्यबसाय र समाजसेवामा होमिनुभयो ?
हाम्रो पालामा अहिले जस्तो थिएन । आर्थिक अभावका बिच रहर भएर पनि त्यो क्षेत्रलाई निरन्तरता दिन सकिएन । राज्यले पनि खेलाडीहरुलाई सहयोग गरेको अबस्था थिएन । आफनै बलबुतोले खेल्नुपर्ने अबस्था थियो । खेल क्षेत्रमा रहर थियो तरपनि बाध्यताका कारण यो क्षेत्र छोडेर ब्यबसाय तिर लाँगे,पछि समय अपुग हुँदै गयो खेलकुद क्षेत्रलाई निरन्तरता दिन सकिँन ,
अनि समाजसेवामा चाँहि ?
समाजसेवा गर्ने रहर सानै देखिको थियो । गरिब र असाहय देख्दा मन कटक्क खान्थ्यो तरपनि के गर्नु आफै गरिबीको पिडामा हुर्किएको मान्छे । मन थियो धन थिएन,चाहेर पनि समाजसेवा गर्न सकिएन । पछि आफै ब्यबसायमा आबद्ध भएपछि कमाईको केही प्रतिशत समाजसेवामा लगानी गर्न थालियो । कोही कसेबाट प्रभावित भएर,अरुलाई देखाउन भन्दा पनि मनैबाट समाजसेवाको भावनाले समाजसेवा गरिरहेको छु ।
कहाँ –कहाँ कुन–कुन क्षेत्रमा लगानी गर्नुभएको छ ?
मैले बिषेशगरी आफै हुर्किएको बढेको,र पढेको क्षेत्रमा लगानी गरेको छु । मेरो ठाँउ अलिक बिकट रहेको र भनेको बेलामा बिरामीहरुले उपचार समेत पाउन सक्ने अबस्था नरहेका कारण एउटा एम्बुलेन्स त्यो क्षेत्रका लागी प्रदान गरेको छु । बिद्यालयहरुमा कम्प्युटर तथा ल्याबका लागी आर्थिक सहयोग,भाउन्ने,लक्ष्मीमार्ग,जहदा लगायतका ठाँउमा भएका गोल्डकपहरुमा सहयोग लगायत झापाको दमक लगायत देशका अन्य क्षेत्रमा पनि सकेजति लगानी गरेको छु ।
आफनो क्षेत्र भन्दा अन्यत्र लगानी गर्नुहुन्न भन्ने आरोप छ नी ?
तपाईले भनेको कुरा सत्य हो । किनकी म सँग मेरो क्षेत्रका मानिसहरु बढी आफनो समस्या लिएर,गाँउका समस्या लिएर पुग्नुहुन्छ त्यसकारण म आफनो ठाँउमा लगानी गरिरहेको छु । अन्यत्र ठाँउका मानिसहरु पनि मेरोमा समस्या लिएर पुग्दा उहाँहरुलाई पनि असहयोग गरेको छैन । तरपनि मेरो ठाँउको बिकास निर्माणका लागी बढी सहयोग गरेको पक्कै पनि सही हो ।
तपाईले सिर्जना पार्क निर्माणका लागी यति ठुलो सहयोग किन घोषणा गर्नु भयो ?
सबैभन्दा पहिलो कुरा त मेरो क्षेत्रमा,मेरो गाँउमा अन्तराष्ट्रिय स्तरको पार्क निर्माण हुने कुराले म अत्यन्त हर्षित छु । मेरो गाँउको र ठाँउको बिकासका लागी स्थानीय साथीहरुले म सँग यो प्रस्ताव लिएर आउनुभयो तसर्थ मैले यो कुरा नकार्न सकिँन त्यसैले सहयोग गरेको हुँ ।
पछिल्लो समय यहाँको लगानीका क्षेत्रहरु फरक भएका हुन ?
पक्कै पनि मैले शुरुवातमा रेष्टुरेन्ट ब्यबसाय गरेँ,त्यसपछि म्यानपावर ब्यबसाय गरेँ ,यी ब्यबसायहरुका साथमा पछिल्लो समय चाँहि म जलबिद्युत आयोजनाहरुमा लगानी गरिरहेको छु । यो सबै सामाजिक सेवा नै भएका कारण मैले यी क्षेत्रहरुमा लगानी गरेको हुँ ।
आगामी योजनाहरु के छन ?
अब चाँहि म एउटा फाउण्डेशन निर्माण गर्ने सोचमा छु । फाउन्डेशन नै निर्माण गरी एउटा क्षेत्र मात्र भन्दा पनि देशका बिभिन्न क्षेत्रहरुमा सामाजिक काम गर्ने सोच बनाईरहेको छु । सायद मेरो नियमित कामहर सँगे यो काम पनि अघि बढने छ । प्रस्तुति ः नरेन्द्र बस्नेत
प्रतिक्रिया