विराटनगरमा अन्तर्राष्ट्रिय नाटक महोत्सव हुँदै

विराटनगर / प्रदेश १ को अस्थायी मुकाम विराटनगरमा पहिलोपटक अन्तर्राष्ट्रिय नाटक महोत्सव हुने भएको छ ।
त्यसका लागि तयारी तीव्र पारिएको छ । फागुन १५ गतेदेखि २४ गतेसम्म १० दिन आयोजना हुने महोत्सवमा नेपालसहित छ वटा मुलुकको सहभागिता रहने छ । नेपालको नेत्रृत्व विराटनगरस्थित सुशीला कोइराला नाट्य घर आरोहरण गुरुकुलले गर्ने छ । गुरुकुलले सोमबार विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गर्दै महोत्सवलाई भव्य र सभ्य बनाउन सबै पक्षबाट सहयोगको अपेक्षा गरेको छ ।

गुरुकुलका अध्यक्ष भैरव क्षेत्रीले नाट्य क्षेत्रलाई जीवित बनाइराख्नका लागि आरोहणले नयाँ थालनी गरेको जानकारी दिए । ‘विराटनगरमा विभिन्न नाटकहरु हुँदै आएका थिए । तर यस खालको नाटक विल्कुलै नौलो हो,’ उनले भने, ‘पहिलो पटक अन्तर्राष्ट्रियस्तरको कलाकार मञ्चमा उत्रिदाँ विराटनगरवासीले नौलो अनुभव गर्न पाउने छन् । प्रस्तुति पनि नौलै रहने छ ।’
विराटनगर महानगरपालिकाको संरक्षण रहेको महोत्वसका लागि खर्च करिब ४५ लाख रुपैयाँ लाग्ने अपेक्षा गरिएको छ । १० दिनसम्म चल्ने महोत्वसका लागि एक सयको संख्यामा विदेशी र त्यतिनै संख्यामा नेपाली कलाकारको प्रत्यक्ष उपस्थिती रहने गुरुकुलका महासचिव विवश पोखरेलले बताए ।

उनका उनका अनुसार गुरुकुलले महोत्वसको सुरुवात ‘विराट पर्व’ नामक नाटक बाट गर्ने भएको छ । विराटनगरको भेडियारीमा रहेको विराट राजाको दरबारसँग जोडिएको नाटक विराट पर्व गुरुकुलले मञ्चन गर्ने भएको हो । त्यसैगरी, बङ्गलादेशबाट ‘मातब्रिङ’, इटालीबाट ‘डिसापारासिड ओएस ४३’, भारतबाट ‘चम्पावती’, श्रींलकाबाट ‘लभ एण्ड लाइफ’, आफ्गानिस्तानबाट ‘ता राहाये’ नामक नाटक मन्चन हुनेछ । त्यसै गरी झोराहाट नाट्य समूह, परिवर्तन थिएटर काँकडभिट्टा, थिएटर नेपाल उदयपुर र कदम थिएटर दमकको प्रस्तुति रहने कलाकार अशोक गौतमले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित