भ्यालेन्टाईन डे मा शरिर कि प्रेम ???

रातीको ११ बज्नै लागेको थियो, म दिनभरीको अफिसको कामको थाकाईले निदाउनै लागेको थिएँ । झट्पट् एउटा आवाज कानमा प¥यो, ‘बेबी भ्यालेन्टाईन डे का दिन हामी कहाँ भेट्ने ?’ एउटा २०÷२१ बर्षको जस्तो लाग्ने केटाको आवाज थियो त्यो । उताबाट मधुरो स्वरमा जवाफ सुनियो ‘उम खोई बजार तिर कतै भटौँ न, बसेर ब्रेकफास्ट गरौँ ।’ सोचेँ, अर्काको व्यक्तिगत जिवनका कुराहरु के कान थापेर सुन्नु , फेरी मनले मानेन । मनमा झन उत्सुकता बढ्न थाल्यो । फेरी केटाको आवाज सुनियो ‘हे त्यसरी हुन्न के, दिउँसो तिर भेटौला, अस्ति हामीले कुरा गरेको ठाउँतिर घुमौँला, फोटो खिचौँला अनि बेलुका कुनै होटल तिर बसौँ न ।’

‘नाई, घरमा कसरी कुरा मिलाउनु ??? राती त कतै हिड्न दिँदैनन् ।’ केटीको कडा जवाफ आयो ।’ मेरो मनमा भने अझै उत्सुकता र कौतुहलता बढ्दै जान थाल्यो । कान ठाडा ठाडा भए । यताबाट केटा बिस्तारै बोल्यो ‘मिलाउन के त्यति, साथीकोमा बर्थ डे छ भन्दा भैहाल्यो नी ।’ उसले फकाउने शैलीमा भन्यो । उताबाट मधुरो स्वरमा जवाफ आयो ‘राती त दिँदैनन् होला, त्यहि पनि मिलाउने कोशिस गर्छु, राती आउन दिएनन् भने नरिसाउनु ल ?’ केटाले जवाफ फर्कायो ‘सकेसम्म मिलाउन, झन भ्यालेन्टाईन डे मा भेटेर अबिष्मरणिय क्षण बनाउँ भनेको, उसलाई चाहिँ केहि मतलब छैन ।’ केटा केहि आक्रोश सहितको भावमा बोल्यो । ‘अब घरबाट दिदैनन् त के गर्नु त ? माया त म पनि गर्छु नी तपाईलाई ।’ केटिको जवाफ आयो । केटाले फकाउँदै भन्यो ‘सकेसम्म मिलाउन, नत्र दिउँसो मेरो कोठामा आउन त ।’

केटीको केहि चर्को स्वर सुनियो ‘किन नी तपाईको कोठा चाहिँ, बाहिर भेटे हुन्न र ?’ केटा कड्किियो ‘भो भो भेट्नुपर्दैन मलाई, तिम्रो आखिर म को रहेछु र ? मैले मात्रै रहेछ तिम्लाई माया गर्ने, तिम्लाई त के वास्ता मेरो ? केहि समयसम्म केटीको जवाफ आएन वा मैले सुनिन । तर मेरा कान अझै तिखा हुन थाले । केहि समयपछि केटिको मधुर स्वरमा जवाफ सुनियो ‘ ल ल हुन्छ, म आउँछु ।’ मसिनो स्वरमा उनीहरुको कुरा हुँदै थियो । मलाई भने निन्द्राले च्यापो, निदाएँ ।

राकेश नेपाली

भोलीपल्ट अफिसमा व्यस्त रहँदा पनि अघिल्लो रात ति जोडीहरुले गरेको कुराकानीले मनमा ढ्याङ्ग्रो बजाईरह्यो । मनमा अनेक तर्कनाहरु सुरु भए । हुन त अर्काको निजी जिवनको मामिलामा त्यति चासो राख्नु पटक्कै राम्रो थिएन । तर भ्यालेन्टाईन डे का नाममा शारिरिक सम्बन्धको प्रस्ताव राख्ने ति युवकको आचरणले झस्काईरहेको थियो । पछिल्लो समय भ्यालेन्टाईन डे प्रेमजोडीहरुका लागी शारिरिक सम्बन्ध स्थापित गर्ने एउटा गतिलो बाहानाकोे रुपमा बिकास हुँदै गएको छ । प्रबिधि, पश्चिमा संस्कृति, सामाजिक संजालको प्रभाव तथा फेरिदो जिवनशैलीको कारण नेपाली समाजमा यौन प्रतिको धारणा फराकिला हुँदै त गएको छ तर अप्रत्यक्ष रुपमा यसले बिकृती भित्र्याईरहेको छ । झाँगिदै गएको यौन सम्बन्धहरुले प्रेमको परिभाषा नै संकुचित बनाईदिएको छ ।

भ्यालेन्टाईडे प्रेम गर्नेहरुका लागी पबित्र दिन हो । जुन दिन एक अर्कामा प्रेम, सद्भाव र आत्मियता बाँडिन्छ । प्रेम सम्बन्धलाई प्रगाढ बनाउने अनेकन उपायहरु हुन सक्छन । एक अर्काका बिगतका रमाईला र रोचक कुराकानी सेयर गर्ने, आफ्नो पार्टनरको कुरा बढी सुन्ने, उसको बिषयमा सहमती जनाउने, एकअर्काको सकारात्मक आचरण र व्यबहारको चर्चा गर्ने, भबिष्यको योजनाका बिषयमा कुरा गर्ने, आफ्नो गल्ति कमजोरीहरुमा माफि माग्ने, आफ्नो पार्टनरलाई आदार तथा सम्मान गर्ने । यस्ता बिषयमा ध्यान दिनुभयो भने पक्कै तपाईहरुको प्रेम जिवन सफल हुन सक्छ ।

भ्यालेन्टाईन डे मा शारिरिक सम्बन्ध नै स्थापित गर्नुपर्छ भन्ने हैन । तपाईको पार्टनरले तपाईलाई ईमानदार तथा जिम्मेवार व्यक्तिको रुपमा सोँचिरहेको हुन सक्छ तर उसको भावना बिपरित तपाईले शारिरिक सम्पर्क राख्नुभयो भने तपाई प्रतिको उसको विश्वास र दृष्टिकोण नै परिवर्तनत भैदिन्छ । यदि तपाई आफ्नो पार्टनरको मन जित्न चाहनुहुन्छ भने उ सँगै रहँदा उसको मन जित्ने कुरा गर्नुस । जुन कुरा उसलाई मन पर्छ त्यसको खोजी गर्नुस अनि जुन मन पर्दैन त्यो कदापी गर्ने प्रयास नर्गनुस ।

यदि तपाईबाट कुनै गल्ति भयो भने तत्काल माफि माग्नुस । आफ्नो पार्टनर रिसाउँदा त्यति नै बेला कहिल्यै नरिसाउनुस् । तत्काल तपाई पनि आवेशमा आउनुभयो भने तपाईको सम्बन्ध टुक्रिन कुनै समय लाग्दैन । बरु उ तनाबमुक्त भएको बेला सभ्य भाषामा त्यसको चर्चा गर्नुस । जसले एकअर्काको गल्तिको महसुस हुन्छ र सम्बन्धमा प्रगाढता थपिन्छ ।

यहि बिचमा एउटा घटनालाई जाडि हालौँ । भ्यालेन्टाईन डे को सप्ताह सुरु भैसकेको थियो । म खोज पत्रकारीतामा चासो राख्ने भएकाले समसामयिक बिषयमा रिपोर्टिङका लागी बजार निस्किएको थिएँ । आफ्नो काम सम्पन्न गरि दिउँसो नास्ताको समयमा बजारको एउटा होटेलमा छिरेँ । मेरो टेबल छेउमै तिन जना २०÷२१ बर्ष जतिका देखिने २ जना युवाहरु चुुरोट र ममको स्वादमा गफ लडाईरहेका थिए । उनीहरु तिर झलक्क नजर गएपनि भोकले गर्दा त्यति ध्यान गएन । एक प्लेट चिकेन मम मगाएँ र कपाकप खान सुरु गरेँ । प्लेटमा भएका १० वटा ममका डल्ला मध्ये ८ वटा पेट भित्र पुगिसकेका थिए । तर २ वटा डल्ला निक्न मलाई निकै समय लाग्यो । कारण ति युवाहरुको गफमा एक्कासी तानिएछु म ।

ति मध्येको एउटाले भन्यो ‘ओई केटा यसपाली प्रपोज डेमा कति जना केटीहरुलाई प्रपोज गरिस ?’ पहेँलो टिसर्ट लगाउने केटा एकछिन मज्जाले हाँस्यो अनि हाँस्दै जवाफ दियो ‘१५÷२० वटीलाई प्रपोज गरेको ८ जनाले मात्रै ‘एक्सेप्ट’ गरे यार । प्रश्न सोध्ने केटाले फेरी प्रश्न ग¥यो ‘अनि यतिका धेरै केटीहरुलाई कसरी ‘म्यानेज’ गर्छस त ??’ त्यो केटाले निकै फुर्तिका साथ जवाफ दियो ‘अब हेर २÷३ वटा सिमकार्ड छन्, मिलाई मिलाई कल गर्छु । त्यसै गरी मिलाएर भेट्छु । फेसबुक आईडी पनि ४ वटा छन् । अब तिनिहरु सबैलाई बिहे गर्ने हैन क्यारे, टाईम पास त हो नी ।’ त्यो केटाले आफ्नो शब्द सक्न नपाउँदै मेरो नवौँ गाँसको रुपमा भित्रन लागेको ममको डल्लो मुखबाट उछिट्एर फुत्त बाहिर निस्कियो । म अक्क न बक्क भएँ । ति केटाहरु भने मलाई देखेर मरी मरी हाँसे एकछिन सम्म । मेरो दृश्यलाई लिएर त्यसरी हाँसेपछि झनक्क रिस उठ्यो मलाई । मैले सोधेको ‘किन हाँसेको भाईहरु ??’

उनीहरुले हाँसेरै जवाफ दिए ‘हाम्रो गर्लफ्रन्डको कुराले दाई पनि छक्क पर्नु भयो कि के हो ?’ हामी त यस्तै हो दाई ।’ आफुभित्र भएका कोतुहलतालाई उनीहरुको सामु पोख्न खोजेँ ‘ अनि यसरी जिन्गी चल्छ त भाई ?’ त्यो केटाले एकै शब्दमा जवाफ दियो ‘खै अहिले सम्म चलिरेकै छ दाई ।’ ‘अनि यति धेरै गर्लफ्रेन्ड बनाउनुको कारण चाहिँ के नी ?’ मेले फेरी प्रश्न गरेँ । उसले त्यगरी जवाफ फर्कायो ‘रमाईलो नी दाई, दुई दिनको जिन्दगीमा रमाईलो गर्नुपरेन त ?’ मेरो दिमागमा आश्चर्यता झनै बढ्यो । मैले अन्तिम डल्लो मम मुखमा राख्दै सोधेँ ‘अनि अर्काको छोरीको जिन्दगी त्यसरी बिगार्न पाईन्छ ??’ उसले अलि भावुक शैलीमा जवाफ फर्कायो ‘अहिलेको जमानामा साँचो प्रेम गर्ने जोडी कोहि छैनन् । यो कलियुग हो दाई कलियुग । यहाँ कसैको विश्वास छैन, तपाई के केटीको भबिष्यको कुरा गर्नुहुन्छ ? हिजोआजका केटीहरुलाई त यस्ता कुराहरुको वास्तै हुन्न ।’

त्यो केटाको जवाफ सुनेर मलाई फेरी रिस उठ्यो । रिस मिश्रित आवाजमा मैले भने, ‘ए भाई तिमि चाहिँ २० वटी गर्लफ्रेन्ड बनाउदै हिन्छौ, अनि कसरी असल र ईमानदार केटीहरु पाईन्नन भन्छौ ? लाज लाग्दैन ? एउटा कुनै युवाले तिम्रो बहिनी सहित अरु पनि ठाउँ ठाउँमा केटीहरु झुलाउँदै राखेको चाल पाए के गर्छौ ??’ मेरो प्रश्नले उ केहि हच्किए झै लाग्यो । उसले एकचोटी लामो शास तान्यो र भन्यो, ‘त्यो त हो दाई तर के गर्नु जमाना नै त्यस्तै छ, म एक्लैले सुर्धेर हुँदैन ।’ उसको अनुहारमा पहिला जस्तो चमक र हाँसो थिएन, अनुहार केहि निन्याउरो देखिन्थ्यो ।

मैले सम्झाउने भावमा भने ’भाई हामी यस्तै सोच्छौँ र त समाज परिवर्तन हुन सक्दैन । हामी परिवर्तन सबैजना चाहन्छौँ तर आफु परिवर्तन हुन कहिल्यै चाहँदैनौँ । अनि हामीले सोँचेको र खोजेको संस्कार कसरी प्राप्त हुन्छ ? समाजिक चेतनाको बिस्तार कसरी हुन्छ ? संसार परिवर्तन गर्न सुरुवात आफुबाट गर्नुपर्छ । जब हामी उ खराब छ म किन असल बन्नु भन्ने मान्यता राख्छौँ, तब हामी जहाँको तहीँ रहन्छौँ, तपाई एकजना असल र ईमान्दार बन्नुहोस, कम्तिमा ईमानदार मान्छे खोज्ने कसैको ईच्छा त तपाईबाट पुर्ति हुन्छ ।’ उसले केहि बोलेन । मात्रै भुईँतिर हेरे टाउको निहु¥याई रह्यो । त्यति भनेर म नास्ताको बिल तिर्न काउन्टर तर्फ लम्किएँ । फर्किदा उनीहरु त्यहाँबाट निस्किसकेछन् । उनीहरुलाई त्यति भनेर गल्ति त गरिँन भन्ने महसुस भयो । फेरी सोँचे आखिर त्यो बिचार सामाजिक चेतना अभिबृद्धिकै लागी त थियो । जे गरेँ ठिक गरेँ भन्ने बिचार मनमा राखेँ । अफिसमा कामको चाप निकै भएकाले मैले पनि त्यहाँबाट पाईला लम्काएँ ।

धन, रुप, जातभातका आधारमा सुरु भएका प्रेम सम्बन्धहरु स्वार्थ रहुन्जेल सम्म रहन्छन् । ति सम्बन्धहरु स्वार्थ पुरा भएपछि या पुरा नहुने अवस्था नदेखिएपछि आफै टाढिन्छन् । चाहे त्यो भ्यालेनटाईन डे बाट सुरु भएका हुन या अरु दिनबाट । प्रेम र सम्बन्ध दुबै फरक बिषयहरु हुन् । प्रेम जो कोहिलाई पनि एकतर्फि रुपमा पनि गर्न सकिन्छ तर सम्बन्ध एकजनाबाट मात्र सम्भव छैन । अर्थात यसलाई यसरी बुझौँ सम्बन्धका लागी दुबैको जरुरी छ । एकतर्फी प्रेम हुन सक्छ तर सम्बन्ध हुन सक्दैन । मान्छेहरु भन्छन् ‘तिम्रो मेरो प्रेम आजबाट सकियो ।’ गलत, प्रेम कहिल्यै सकिदैन, अन्त्य हुँदैन । सकिने, टुक्रिने तर नाता हो सम्बन्ध हो । सम्बन्ध छुटेपछि के हामी उसलाई एकरत्ती पनि माया गर्दैनौँ, याद गर्दैनौ र ? पक्कै गर्छौ । किनकी त्यहाँ प्रेम हैन सम्बन्ध मात्र सकिएको हुन्छ । प्रेम त एकतर्फि पनि सम्भव छ ।

तर तिनै सम्बन्धहरुलाई हामीले प्रेम सँग जोडेर प्रेमको महिमालाई घटाईरहेका छौँ । सम्बन्ध सँग सँगै हामी एक व्यक्तिबाट अर्को व्यक्ति सँग सम्बन्ध सार्न खोज्छौँ तर त्यो कदापी सम्भव छैन । किनकी प्रेम, सम्बन्ध जस्तै सजिलै अर्को व्यक्तिमा पनि उत्तिकै समर्पित हुन्छ भन्ने छैन । एक पछिका अर्को सम्बन्धहरुमा आफ्नो साँचो प्रेमलाई पनि सार्न थाल्यौँ भने प्रेमको अस्थित्व, महिमा र महत्व ह्वात्तै घट्छ । किनकी पहिलो प्रेमसम्बन्ध जस्तो सुमधुर अरु कुनै सम्बन्धहरु हुन सक्दैनन् ।

प्रेम गर्न जति सजिलो छ निभाउन त्यहिकै गाह्रो पनि छ । प्रेममा एकअर्कामा सम्मान, सुखदुख साटासाट, सहयोग, लचकता, धैर्यता र परिपक्कता भएन भने त्यो सम्बन्ध सँधैभरी टिकिरहन सक्दैन । त्यसैले आफ्नो पार्टनरबाट प्रेंमको अपेक्षा गर्नुहुन्छ भने सुरुमा उसलाई प्रेम गर्नुस, सम्मान गर्नुस, उसको भावना र बिचारलाई बुझ्ने कोसिस गर्नुहोस । एकअर्काको मन, भावना, बिचार र भबिष्यका सपनाहरु मिल्छन् भने मात्र प्रेम सम्बन्धको सुरुवात गर्नुहोस । यदि कसैको रुप र धनको आधारमा सम्बन्धको सुरुवात गर्नुभएको छ भने एकदिन त्यो सम्बन्ध छुट्छ, टुक्रिन्छ । जसको तपाईको भबिष्य र आगामी सम्बन्धमा समेत असर पार्छ । तपाईको जिवनमा केहि सम्बन्धहरु जोडिएर छुटिसकेका छन् भने अर्को सम्बन्धका लागी पहला जस्तै निश्चल प्रेम कहिल्यै हुँदैन । चुडिँदै, टुक्रिँदै, ठक्कर खाँदै तपाई भित्र भएका चोखो प्रेमका मुनाहरु रित्तिसकेका हुनेछन् । त्यो बेला तपाई चाहेर पनि आफ्नो अम्तिम जिवनसाथीलाई चोखो माया र खुसी दिन सक्नुहुनेछैन र उ बाट समेत त्यस्तो अपेक्षा व्यर्थ हुनेछन् ।

जिवन सफल बनाउने की बिफल ६० प्रतिशत भन्दा बढी भुमिका तपाईको प्रेम सम्बन्धको आधारमा हुन्छ । संसारका युगल जोडीहरुको प्रेम कहानीको ईतिहाँस हेर्दा पनि असल प्रेमकै कारण संसार जितेका र प्रेमकै कारण जिवन त्याग गरेका उदाहरणहरु प्रशस्त भेटिन्छन् । त्यसैले आफ्नो जिवन सफल बनाउन दिगो र विश्वासिलो प्रेमसम्बन्धको आवश्यक्ता छ । भएको सम्बन्धलाई विश्वासिलो र व्यबस्थित बनाउनु नै सबैका लागी फलदायी हुनेछ । प्रेममा शारिरिक सम्बन्धलाई भन्दा भावना, बिचार, एकअर्का प्रतिको सम्मान र विश्वासलाई प्राथमिकता दिनुस । जसले तपाईकै जिवन सफल र उज्जवल बनाउँछ । अन्तमा यसपालिको भ्यालेन्टाईन डे सभ्य र मर्यादित होस, सबैलाई शुभकामना ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित