पाथिभरा एडभरटाईजिङ सँगै बेरोजगार हरुका लागी पाथिभरा जब लिंक शुरु गर्दै छु : पवन अधिकारी

पवन अधिकारी (कार्यकारी प्रमुख, पाथिभरा एडभरटाईजिङ प्रा.लि सुनसरी )

प्रदेश १ मा छोटो समयमा सफल ब्यबसायीको परिचय बनाउन सफल ब्यक्ति हुनुहुन्छ सुनसरीको ईटहरीका पवन अधिकारी । करिब ३ दशक अघि सुनसरीको ईटहरी २ शान्तिनगरमा जन्मिनुभएका उहाँ एक दशक बढी समयदेखि पत्रकारिता क्षेत्रमा क्रियाशिल हुनुहुन्छ । पत्रिकाको हकर देखि शुरु भएको उहाँको यात्रा करिब एक दशकमा सफल ब्यबसायी र सञ्चार उद्यमीका रुपमा परिचित बन्न सफल भएको छ । राष्ट्रिय स्तरका सञ्चार माध्यायमा समेत क्रियाशिल उहाँ स्थानीय स्तरमा सञ्चार उद्यमीका रुपमा समेत परिचित हुनुहुन्छ । पाँच बर्षअघि स्थापना भएको पाथिभरा एडभरटाईजिङ प्रा.लि ईटहरीको कार्यकारी प्रमुखका रुपमा रहनुभएका उहाँ छोटो अबधिमा राजधानी बाहिर सर्बोत्कृष्ट कारोबार गर्ने बिज्ञापन एजेन्सीका रुपमा परिचित भईसकेको छ । यतिबेला काठमाडौ बाहिरमा उत्कृष्ट कारोबार गर्ने एजेन्सीका रुपमा समेत परिचित बनेको छ । एजेन्सीको पाँचौ बर्ष प्रबेशको अबसरमा श्रीपञ्चमी अर्थात सरस्वती पुजाको अबसरमा यहि माघ २७ गते आईतबार बाट पाथिभरा जब लिंक समेत शुरुवात गर्दै हुनुहुन्छ । एजेन्सी,जब लिंक लगायत समग्र मिडिया क्षेत्रका बारेमा अधिकारी सँग गरिएको कुराकानीका अंशहरु :

पछिल्लो समय के मा ब्यस्त हुनुहुन्छ ?

पछिल्लो समय नियमित काममै ब्यस्त छु । बिज्ञापन ब्यबसायीको हिसाबले भन्दा नियमति रुपमा सरकारी तथा निजि क्षेत्रका बिज्ञापनहरु प्रकाशन तथा प्रसारण नै पहिलो प्राथमिकता हो । केही सञ्चार माध्यायमहरुमा आबद्ध भएका कारण जनताको सुसुचित हुने अधिकारको सम्मान गर्र्दै सुचना प्रबाह गर्ने काम गरिरहेको छु । साथै पाथिभरा एडभरटाईजिङ प्रा.लि को पाँचौ बार्षिकोत्सको अबसरमा पाथिभरा जब लिंक को समेत बिधिवत उदघाटन गर्दै छु ।

पाथिभरा जब लिंक के हो र यस्का उद्धेश्य के हुन ?

मैले पत्रकारिता शुरु गरे देखि नै बिभिन्न सामाजिक क्रियाकलापमा पनि उत्तिकै सक्रिय भएँ । पछि एजेन्सी सञ्चालन गरेपछि जनसम्पर्क झनै बढेर गयो । त्यसै पनि हाम्रो देशमा बेरोजगारीको संख्या निकै ठुलो छ । रोजगारीकै अभावमा दैनिक सयौँ युवायुवतीहरु बिदेश जान्छन । पहिलो कुरा त नेपालमा रोजगारीको अबसर छैन । भएपनि बिभिन्न पार्टीको सिफारिस र अनेक भनसुन गर्नुपर्ने कारण रोजगारीका अबसरबाट बञ्चित भएका कारण दक्ष जनशत्ति बिदेश तर्फ पलायन भईरहेको छ । त्यो दक्ष जनशक्तिलाई रोक्न र यहि पनि रोजगारको अबसर सिर्जना गर्ने उद्धेश्यका साथ पाथिभरा जब लिंक शुरु गर्ने सोच बनाएको हुँ ।

अरु पनि त जब लिंक छन ईटहरीमा नयाँ चाँहि किन ?

अरु पनि छन,किन भन्नु भन्दा पनि पाथिभरा जब लिंक किन भन्दा चाँहि पहिलो कुरा त म ब्यबसायी मात्र नभएर यहाँको नागरिक पनि हुँ । म अरुबेला पनि बिभिन्न ठाँउका युवायुवतीहरुलाई जागिरमा दिइएकोे छु । कति दिन यसरी भनसुन मात्र गरेर जागिर लगाउने भन्ने सोचका साथ बैधानिक रुपमा कम्पनी नै दर्ता गरेर यो प्रक्रिया शुरु गरेको हुँ । म जागिर मात्र भन्दा पनि उनीहरुलाई कुनै पनि कामका बिषयमा तालिम दिई दक्ष बनाएर उनीहरुलाई जागिर दिलाउने हो ।

तपाईको एजेन्सीको अबस्था चाँहि के छ ?

मेरो एजेन्सी अहिले सम्म राम्रै छ । स्थापनाको पाँचौ बर्षमा पुग्दा राजधानी बाहिरबाट उत्कृष्ट कारोबार गर्ने एजेन्सीका रुपमा स्थापित भएको छु । देशका ३ वटा प्रदेशमा म यतिबेला काम गरिरहेको छु । अन्य प्रदेशमा पनि काम गर्ने तयारी गरिरहेको छु ।

अबका योजनाहरु के छन ?

सबैभन्दा पहिला त ब्यबसायलाई नै पहिलो प्राथमिकता दिने छु । ब्यबसायलाई थप मर्यादित र ब्यबस्थित बनाउने कुरामा समेत पहिलो प्राथमिकता हुने छ र साथै पाथिभरा जब लिंक लाई समेत बिस्तार गरी रोजगारीको खोजीमा रहेका दक्ष ब्यक्तिहरुलाई तालिम र रोजगारको समेत ब्यबस्था मिलाउने कुरामा जोड दिने छु । साथै बिभिन्न बित्तिय संस्था र माईक्रोफाईनान्स हरु सँग समन्वय गरी बित्तिय सचेतना सम्बन्धी तालिम र गोष्ठीहरु समेत आयोजना गर्ने तयारीमा छु । ब्यबसाय गरेर नाफा मात्र भन्दा पनि सामाजिक क्रियाकलापमा समेत नाफाको केही प्रतिशत खर्च गर्ने प्रण समेत गर्दछु ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित

काठमाडाैंले गनेन ,अमेरिका गए : मधेसको विभेद देखेर फर्किएँ – डा.सिके राउत भन्छन

काठमाडाैंले गनेन ,अमेरिका गए : मधेसको विभेद देखेर फर्किएँ – डा.सिके राउत …

एपेक्स अस्पताललाई इटहरीकै उत्कृष्ट अस्पतालका रूपमा विकास गर्नेछु : लेखीराज शुब्बा

एपेक्स अस्पताललाई इटहरीकै उत्कृष्ट अस्पतालका रूपमा विकास गर्नेछु : लेखीराज शुब्…

विकास र समृद्धिका लागि मत दिएर हामीलाई साथ दिनुपर्छ : डा. सुनिलकुमार शर्मा

विकास र समृद्धिका लागि मत दिएर हामीलाई साथ दिनुपर्छ : डा. सुनिलकुमार शर्मा

यी ५ कुराले बढाउँछ उच्च रक्तचापको खतरा, हृदयघात हुनुअघि देखिन्छ यस्तो संकेत

यी ५ कुराले बढाउँछ उच्च रक्तचापको खतरा, हृदयघात हुनुअघि देखिन्छ यस्तो संकेत

बैज्ञानिक बन्ने लक्ष्य बोकेका दुर्गाको जीवनमा ‘पोइजन’ बन्यो बाल्यकालको बसाइँसराई

बैज्ञानिक बन्ने लक्ष्य बोकेका दुर्गाको जीवनमा ‘पोइजन’ बन्यो बाल्यकालको बसाइँसराई

बुवा रहुन्जेल कहिल्यै दुःखकाे महसुस नै भएन : कुन्ता शर्मा

बुवा रहुन्जेल कहिल्यै दुःखकाे महसुस नै भएन : कुन्ता शर्मा

‘काठमाडौंका प्रत्येक घर, खाली जग्गा र ‘फुटपाथ’मा रुख रोप्नुका साथै यस्ता छन् विकासका याेजना  : बालेन्द्र साह

‘काठमाडौंका प्रत्येक घर, खाली जग्गा र ‘फुटपाथ’मा रुख रोप्नुका साथै यस्ता छन् व…

सुन्दरहरैंचामा जसरी काम गरेँ, त्यसैगरी मतदाताले पनि न्याय गर्नु हुन्छ भन्ने विश्वासमा छु :    शिवप्रसाद ढकाल

सुन्दरहरैंचामा जसरी काम गरेँ, त्यसैगरी मतदाताले पनि न्याय गर्नु हुन्छ भन्ने वि…