पोखरेल र नेपाल सम्मानित हुँदै

माेरङ / दधिराज सुवेदी राष्ट्रिय भाषा साहित्य पुरस्कार–२०७५ यो वर्ष प्राडा माधवप्रसाद पोखरेल र दधिराज सुवेदी राष्ट्रिय पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार किशोर नेपाललाई प्रदान गरिने भएको छ ।

प्रतिष्ठानका अध्यक्ष प्राज्ञ विवश पोखरेलको अध्यक्षतामा आइतबार बसेको वैठकले सो निर्णय गरेको हो । भाषा सहित्यतर्फ ५१ हजार तथा पत्रकारितातर्फ २५ हजार राशि रहेको सो पुरस्कार फागुन अन्तिममा विराटनगरमा एक कार्यक्रमको आयोजना गरेर प्रदान गरिने प्रतिष्ठानका कोष व्यवस्थापक सरदराज सुवेदीले जानकारी दिए । विराटनगरका वरिष्ठ साहित्यकार दधिराज सुवेदीका छोराद्धय सरदराज सुवेदी र रुपकराज सुवेदीले बुवाको नाममा १५ लाखको अक्षयकोष स्थापना गरेका हुन् ।

विभिन्न क्षेत्रमा योगदान पु¥याउनेहरुलाई विगत तीन वर्षदेखि प्रतिष्ठानले पुरस्कार वितरण गर्दै आएको छ । प्रतिष्ठानले यस अघि प्राडा गोविन्दराज भट्राई तथा डा.अभि सुवेदीलाई तथा राष्ट्रिय पत्रकारिता पुरस्कारबाट अन्नपूर्ण पोस्टका प्रधान सम्पादक हरिबहादुुर थापा र पत्रकार महासंघ मोरङका पूर्व सभापति शिववहादुर कार्कीलाई पुरस्कृत गरिसकेको छ ।

Purbeli TV< /h2>

प्रतिक्रिया

सम्बन्धित