विद्यालयस्तरीय निवन्धमा अस्मिता प्रथम

माेरङ / विराटनगरमा आयोजित विद्यालयस्तरीय निवन्ध प्रतियोगितामा मोरङको बुढीगंगा गाउँपालिकास्थित नरग्राम माध्यमिक विद्यालयकी छात्रा अस्मिता कटवाल प्रथम भएकी छिन । रोटरी क्लब अफ विराटनगर तथा रोट्रयाक्ट क्लब अफ विराटनगरको संयुक्त आयोजनामा भएको प्रतियोगितामा ४५ जना प्रतिष्पर्धीलाई उछिन्दै उनी प्रथम भएकी हुन् । बालहिंसा न्यूनीकरण सम्बन्धी निवन्ध प्रतियोगितामा विजयी भएसंगै कटवालले १५ हजार नगद, शील्ड र प्रमाणपत्र प्राप्त गरेकी छिन् । प्रतियोगितामा नमुना विद्या मन्दिर विराटनगरका छात्र सत्यम पाठक दोश्रो र सेन्ट जोसेफ सेकेण्डरी स्कुलकी छात्रा एलिसा साह तेश्रो भएका छन् । उनीहरुले क्रमशः १० हजार र पाँच हजार नगद राशी, शील्ड र प्रमाणपत्र प्राप्त गरे ।

त्यस्तै सत्यनारायण माध्यमिक विराटनगरका छात्र मौसम विश्वकर्माले सान्त्वना स्थान हाँसिल गर्दै दुई हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गरेका छन् । विजयीहरुलाई आर वन डिस्ट्रीक ३२९२ नेपाल–भुटानका निर्वतमान अध्यक्ष बासुदेव गोल्यानले पुरस्कार प्रदान गरे । प्रतियोगिताले छात्राछात्रालाई बालहिंसा विरुद्ध खुलेर बोल्न र लड्न अभिप्रेरित गर्ने रोटरी क्लब अफ विराटनगरका अध्यक्ष बद्री कटवालले बताए । फाइनल प्रतियोगिता अघि अन्तरविद्यालय निवन्ध प्रतियोगिता आयोजना गरिएको र त्यसमा विजयी भएका विभिन्न विद्यालयका ४५ जना विद्यार्थीलाई सहभागी गराएर पुरस्कृत गरिएको आयोजकले जनाएको छ ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित